Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

थाहा नगर

थाहामा ग्रामीण खानेपानी मर्मत गर्न १७ जनाले लिए तालिम

FB_IMG_1727793500685-1728010253.jpg

मकवानपुर थाहा नगरपालिकाका १७ जनाले खानेपानी सम्बन्धी ३ दिने ग्रामिण मर्मत संभारकर्ताको तालिम लिएका छन् । उनीहरुले १५ असोजबाट शुरु भएको तालिम लिएका हुन् । थाहाको थानाबजार स्थित गंगा होटलमा भएको तालिम १७ असोजमा सकिएको छ ।

तालिमका सहभागीहरुलाई खानेपानी प्राविधिकहरु मेनुका थापा र सुभाष मरहट्टाले प्रशिक्षण दिएका थिए । च्वाइस नेपाल, थाहा नगरपालिका र स्थानीय समुदायको साझेदारीमा निर्माण भएको र निर्माणाधीन खानेपानी पारियोजनाको दिगो संचालन एवम् व्यवस्थापनका लागि तालिम दिइएको हो । डोटरा हिलिङहेन्ड फाउन्डेसन, रोटरी क्लब अफ काठमान्डौको सहयोगमा उक्त तालिम सञ्चालन भएको थियो ।

   

थाहा नगरपालिकाका कार्यपालिका सदस्य जनक विक समेत उपस्थिती रहेको तालिम समापन कार्यक्रममा सहभागीहरुलाई च्वाइस नेपालका मकवानपुर कार्यक्रम संयोजक सुकराम दुलाल, पालुङ टिम लिडर प्रताप घिमिरे, ग्रामिण विकास विशेषज्ञ कुल प्रसाद तिवारी, इन्जिनियर प्रकाश बास्तोलालगायतले प्रमाणपत्र वितरण गरेका थिए । तालिममा सहभागीहरुले ध्यान दिएर सिकेकाले व्यवहारतः काम गर्न सक्ने च्वाइस नेपालका खानेपानी प्राविधिक सुभाष मरहट्टाले विश्वास व्यक्त गरे । समापन कार्यक्रममा सिकेको सिपलाई व्यवहारमा उतार्नका लागि कार्यक्रम संयोजक दुलालसहित सबैलाई सहभागीहरुलाई आग्रह गरेका थिए ।

यसअघि १५ असोजमा थाहा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा ११ नम्बर वडाअध्यक्ष दिनेश बलले तालिमको उद्घाटन गरेका थिए । कार्यक्रममा च्वाइस नेपालका पालुङ टिम लिडर प्रताप घिमिरेले अतिथीहरु तथा सहभागीलाई तालिमको उद्देश्य जानकारी गराउँदै सबैलाई स्वागत गरेका थिए । उनले खानेपानी आयोजनाको दिगो सञ्चालनका लागि सामुदायिक मर्मत संभारकर्ताको भूमिका महत्वपूर्ण हुने बताए ।

सो अवसरमा ११ नम्बर वडाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष दिनेश बलले थाहानगरको खानेपानी तथा अन्य विकासको कार्यमा च्वाइस नेपालको योगदान महत्पूर्ण रहेको बताए । बलले टिष्टुङ आग्रा जस्ता पालिकाको दुर्गम भनिएका क्षेत्रमा खानेपानी सुविधा पु¥याएर निकै सहयोग गरेको उल्लेख गरे ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकालले च्वाइस नेपालले महिलाहरुलाई आयआर्जन तथा कृषि क्षेत्रमा सहयोग गर्दै आएकोमा व्यक्तिलाई सीपसहित दक्ष बनाउने काम गरेकोमा आभार व्यक्त गरे । मानिसको दैनिकी पानी बिना अघि बढ्न नसक्ने उल्लेख गर्दै यति धेरै संवेदनशील विषयको दीगोपनको लागि काम गर्नु प्रशंसनीय भएको बताए । उनले च्वाइस नेपाल थाहानगरमा काम गर्ने उदाहरणीय गैरसरकारी संस्था भएको उल्लेख गरे ।

थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेलले थाहा नगरपालिकाको खानेपानी पूर्वाधार विकासका लागि च्वाइस नेपालको योगदान उच्च रहेको बताए । निर्माण भएका योजनाहरुलाई दीगोपनाको लागि सामुदायिक मर्मत संभारकर्तालाई सिपालु बनाउने काम अझ महत्वपूर्ण रहेको उनको भनाइ थियो । आयआर्जन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै आएको च्वाइस नेपाल नगरपालिकाको विकास साँझेदारकै रुपमा रहेको उनको भनाइ थियो । थाहा नगरपालिकाका सूचना अधिकारी समेत रहेका भुजेलले नगरपालिकाले एकद्वार प्रणालीबाट खानेपानी व्यवस्थापन गर्नका लागि बोर्ड गठन गरिएकोले छरिएर रहेका खानेपानी समितिहरुलाई बोर्डमा हस्तान्तरणका लागि अपील गरे । आफ्ना नागरिकहरुलाई शुद्ध खानेपानी वितरण गर्ने सोच हुँदाहुँदै पनि खानेपानी परीक्षण गर्ने ‘मिनी ल्याब’ समेत स्थापना गर्न नसक्दा सबै मुहानको पानी परीक्षण गर्न कठिनाइ भएको बताए । उनले काठमाण्डौ तथा हेटौंडा लगेर खानेपानी परीक्षण गर्दा खर्चिलो र कठिनाइ भएको बताउँदै खानेपानी परीक्षण गर्नका लागि पालिकास्तरमा ‘मिनी ल्याब’ स्थापनाका लागि च्वाइस नेपाललाई सहयोग गरिदिन आग्रह गरे ।

च्वाइस नेपालका ग्रामिण विकास विशेषज्ञ कुल प्रसाद तिवारीले संचालन गरेको कार्यक्रममा थाहा नगरपालिकाका कार्यपालिका सदस्य जनक विक, प्रशिक्षकहरु, खानेपानी उपभोक्ता संस्थाका पदाअधिकारीहरु लगायतकाको उपस्थिती रहेको थियो । च्वाइस नेपालले थाहा नगरपालिकामा ७ वटा खानेपानी योजना निर्माणका लागि सहयोग गरेको छ भने शिक्षा, स्वास्थ्य, कृषि तथा विभिन्न आयआर्जनका कार्यक्रमहरुलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...