pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ

FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो पर्यावरण पर्यटनको सम्भावना भएकोले यस्को बिकासमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ।
थाहा नगरपालिकाको वडा न २ मा रहेको हिमचुली सामुदायिक बन उपभोक्ता समितिले आयोजना गरेको "पर्यटन प्रवर्द्धनमा सरोकारवाला निकाय तथा समुदायको भुमिका" बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले उक्त भनाइ राखेका हुन।
हिमचुली सामुदायिक बन क्षेत्र भित्र रहेको जिल्लाकै अर्को उच्च स्थान अस्पताल डाँडामा आयोजित कार्यक्रममा सभापति बानियाँले अस्पताल डाँडामा आउनको निम्ति पैदलमार्ग बनाउन सके थाहा नगरपालिकाको पर्यटन विकासमा अर्को टेवा पुग्ने बताउदै उक्त कार्यको लागि प्रदेश पर्यटन मन्त्रालय बाट आगामी आर्थिक बर्षमा ५० लाख रुपैयाँ प्रदेश सरकार बाट बजेट हाल्ने प्रतिवद्द्ता व्यक्त गरे।
उनले निर्वाचनको बेला आफुलाइ मनपरेको पार्टी र उमेदवारलाई भोट हाल्न पाइने तर बिकासमा सबैको एउटै साथ हुनुपर्नेमा जोड दिदै गणतन्त्र,समाबेशी र संघियताले सबै बर्ग र क्षेत्रको बिकास गर्ने बताउदै गणतन्त्र र संघियताको संस्थागत बिकासमा जोड दिए।
हिमचुली सामुदायिक बनका अध्यक्ष जित बहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,वडा न २ का अध्यक्ष बम बहादुर सिन्तान,वडा न ७ का अध्यक्ष शिवराज थिङ,वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तान,नेकपा एमालेका पुर्व नगर अध्यक्ष अच्युतम प्रसाद ढकाल,नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी,काङ्ग्रेस महाधिवेशन प्रतिनिधि भरत लामा,राप्रपा नगर अध्यक्ष कुलमान तामाङ,पालुङ जेसीजका अध्यक्ष माधव कार्की,संचारकर्मी शम्भु अधिकारी लगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो।
थाहा नगरपालिकाको २ न वडामा अवस्थित अस्पताल डाँडा एक रमणीय र एतिहासिक स्थल हो।
समुन्द्र सतहदेखी २५ सय २५ मिटर उचाई र १२४ हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल डाँडामा किंवदन्ती अनुसार तेत्रायुगमा राम-रावण युद्द हुँदा लक्ष्मण घाइते हुँदा हनुमानले हिमाली क्षेत्रबाट संजिवनी बुटी ल्याउदा यस स्थानमा बुटि खसेकोले यहाँ विश्राम गर्दा पुराना रोग निको हुने बिश्वास रहेकोले यो डाडाको नाम अस्पताल डाँडा रहन गएको जनश्रूति छ।
डाँडाबाट थाहा नगरपालिकाको अधिकांश भाग,भिमफेदी गाउँपालिकाको केही भाग र कैलाशको रमणिय दृश्य सहित काठमाडौको धरहरा समेत देखिने हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि पदयात्रा र पर्यटकीय मार्गको निर्माण,स्थानीय किंवदन्ती र सांस्कृतिक महत्वको प्रचार,दृश्यावलोकन टावर र विश्राम स्थल निर्माण र पर्यावरण संरक्षण र सामुदायिक सहभागिता हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए।
तेसैगरी पालुङ जेसीजले पालुङ गढिको पर्यटन बिकास,संरक्षण र सम्बर्द्धनको लागि बजेट सुनिश्चितताको लागि बागमती प्रदेश सभासद इन्द्र बानियाँलाई कार्यपत्र समेत प्रदान गरेको थियो।

 

FB_IMG_1746892659773-1746895331.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...