pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

पर्यटन

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ

FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो पर्यावरण पर्यटनको सम्भावना भएकोले यस्को बिकासमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ।
थाहा नगरपालिकाको वडा न २ मा रहेको हिमचुली सामुदायिक बन उपभोक्ता समितिले आयोजना गरेको "पर्यटन प्रवर्द्धनमा सरोकारवाला निकाय तथा समुदायको भुमिका" बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले उक्त भनाइ राखेका हुन।
हिमचुली सामुदायिक बन क्षेत्र भित्र रहेको जिल्लाकै अर्को उच्च स्थान अस्पताल डाँडामा आयोजित कार्यक्रममा सभापति बानियाँले अस्पताल डाँडामा आउनको निम्ति पैदलमार्ग बनाउन सके थाहा नगरपालिकाको पर्यटन विकासमा अर्को टेवा पुग्ने बताउदै उक्त कार्यको लागि प्रदेश पर्यटन मन्त्रालय बाट आगामी आर्थिक बर्षमा ५० लाख रुपैयाँ प्रदेश सरकार बाट बजेट हाल्ने प्रतिवद्द्ता व्यक्त गरे।
उनले निर्वाचनको बेला आफुलाइ मनपरेको पार्टी र उमेदवारलाई भोट हाल्न पाइने तर बिकासमा सबैको एउटै साथ हुनुपर्नेमा जोड दिदै गणतन्त्र,समाबेशी र संघियताले सबै बर्ग र क्षेत्रको बिकास गर्ने बताउदै गणतन्त्र र संघियताको संस्थागत बिकासमा जोड दिए।
हिमचुली सामुदायिक बनका अध्यक्ष जित बहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,वडा न २ का अध्यक्ष बम बहादुर सिन्तान,वडा न ७ का अध्यक्ष शिवराज थिङ,वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तान,नेकपा एमालेका पुर्व नगर अध्यक्ष अच्युतम प्रसाद ढकाल,नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी,काङ्ग्रेस महाधिवेशन प्रतिनिधि भरत लामा,राप्रपा नगर अध्यक्ष कुलमान तामाङ,पालुङ जेसीजका अध्यक्ष माधव कार्की,संचारकर्मी शम्भु अधिकारी लगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो।
थाहा नगरपालिकाको २ न वडामा अवस्थित अस्पताल डाँडा एक रमणीय र एतिहासिक स्थल हो।
समुन्द्र सतहदेखी २५ सय २५ मिटर उचाई र १२४ हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल डाँडामा किंवदन्ती अनुसार तेत्रायुगमा राम-रावण युद्द हुँदा लक्ष्मण घाइते हुँदा हनुमानले हिमाली क्षेत्रबाट संजिवनी बुटी ल्याउदा यस स्थानमा बुटि खसेकोले यहाँ विश्राम गर्दा पुराना रोग निको हुने बिश्वास रहेकोले यो डाडाको नाम अस्पताल डाँडा रहन गएको जनश्रूति छ।
डाँडाबाट थाहा नगरपालिकाको अधिकांश भाग,भिमफेदी गाउँपालिकाको केही भाग र कैलाशको रमणिय दृश्य सहित काठमाडौको धरहरा समेत देखिने हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि पदयात्रा र पर्यटकीय मार्गको निर्माण,स्थानीय किंवदन्ती र सांस्कृतिक महत्वको प्रचार,दृश्यावलोकन टावर र विश्राम स्थल निर्माण र पर्यावरण संरक्षण र सामुदायिक सहभागिता हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए।
तेसैगरी पालुङ जेसीजले पालुङ गढिको पर्यटन बिकास,संरक्षण र सम्बर्द्धनको लागि बजेट सुनिश्चितताको लागि बागमती प्रदेश सभासद इन्द्र बानियाँलाई कार्यपत्र समेत प्रदान गरेको थियो।

 

FB_IMG_1746892659773-1746895331.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...