pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा एकसाथ जापानिज भाषा, कोरियन भाषा र आयल्सको कक्षा शुरु

1721390323178-1721390458.jpg

मकवानपुरको थाहा नगरपालिकामा एकसाथ जापानिज भाषा, कोरियन भाषा र आयल्सको कक्षा शुरु गरिएको छ । काठमाडौंको बानेश्वर र कलंकीमा कार्यालय रहेको ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले थाहा नगरपालिकाको वडा नं. ३ थानाबजारमा कार्यालय स्थापना गरेर यी तीन थरीको कक्षा शुरु गरेको हो । 

तीनवटै कक्षा २ साउनबाट शुरु गरिएको ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत जीवन बस्नेतले जानकारी दिए । थाहा नगरपालिकामा कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षाका लागि अमेरिका, युके, अष्ट्रेलिया, जापान, कोरिया, क्यानडा जस्ता मुलुकहरुमा जानेहरुको सङ्ख्या बढ्दै गरेको तर स्थानीय स्तरमा भाषा अध्ययनको अबसर नहुँदा खर्च, समय र पारिवारिक हिसाबले समस्या भोगिरहेकोले थाहामै कक्षा शुरु गरिएको बस्नेतको भनाइ रहेको छ । 

ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले थाहामा जापानिज भाषा र कोरियन भाषाको दैनिक ३÷३ वटा कक्षा सञ्चालन गरिरहेको छ भने आयल्सको एउटा कक्षा सञ्चालन गरिरहेको छ । विदेशमा अध्ययन गर्न जाँदा कुनै पनि विद्यार्थीको अँग्रेजी भाषाको क्षमता परीक्षणका लागि आयल्स पढ्नुपर्ने हुन्छ । यी कक्षाहरु सञ्चालनको लागि थाहानगर र नगरबाहिरबाट दक्ष तथा अनुभवी शिक्षकहरुको व्यवस्था गरिएको ग्लोबलका अर्का सञ्चालक रचना बस्नेतले जानकारी दिइन् । ‘हामीलाई थाहाका विभिन्न भेगहरुबाट जापानिज, कोरियन, आयल्स अध्ययनका लागि फोन आइरहेको छ, उहाँहरुको समय अनुकूलता हेरेर थप कक्षाहरुको पनि व्यवस्था गर्दैछौं’ उनले भनिन् ।

कुनैबेला काठमाडौंमा गएर जापानिज भाषाको कोर्श पुरा गरेकी थाहा–२ की रुपा विष्ट अहिले थाहानगरस्थित सोही इन्स्टिच्युटमा काम गर्छिन् । थाहा टाइम्ससित कुरा गर्दै उनले भनिन्–‘काठमाडौंमा गएर पढ्नुपर्दा खानबस्न, गाडीभाडा लगायत अन्य कुरामै बढी खर्च हुने, घरपरिवारबाट पनि टाढा । स्थानीय क्षेत्रमा निकै सहज अनि सुलभ पनि ।’ यही कारण इन्स्टिच्युटमा विद्यार्थीहरुको आकर्षण बढिरहेको उनले बताइन् । 

प्रमुख कार्यकारी अधिकृत बस्नेतका अनुसार ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले विदेशमा उच्च शिक्षाको लागि आवश्यक आधार, प्रक्रिया, लगानी आदिका बारेमा परामर्श पनि प्रदान गर्दै आइरहेको छ ।  संस्थाले अष्ट्रेलिया, अमेरिका, जापान, युके, कोरिया, फिनल्याण्ड, डेनमार्क लगायत ४० भन्दा बढी देशहरुमा ‘स्टुडेन्ट भिसा’ का लागि प्रक्रियामा सहजीकरण गरिरहेको उनले जानकारी दिए । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...