pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

थाहा नगर

थाहामा एकसाथ जापानिज भाषा, कोरियन भाषा र आयल्सको कक्षा शुरु

1721390323178-1721390458.jpg

मकवानपुरको थाहा नगरपालिकामा एकसाथ जापानिज भाषा, कोरियन भाषा र आयल्सको कक्षा शुरु गरिएको छ । काठमाडौंको बानेश्वर र कलंकीमा कार्यालय रहेको ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले थाहा नगरपालिकाको वडा नं. ३ थानाबजारमा कार्यालय स्थापना गरेर यी तीन थरीको कक्षा शुरु गरेको हो । 

तीनवटै कक्षा २ साउनबाट शुरु गरिएको ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत जीवन बस्नेतले जानकारी दिए । थाहा नगरपालिकामा कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षाका लागि अमेरिका, युके, अष्ट्रेलिया, जापान, कोरिया, क्यानडा जस्ता मुलुकहरुमा जानेहरुको सङ्ख्या बढ्दै गरेको तर स्थानीय स्तरमा भाषा अध्ययनको अबसर नहुँदा खर्च, समय र पारिवारिक हिसाबले समस्या भोगिरहेकोले थाहामै कक्षा शुरु गरिएको बस्नेतको भनाइ रहेको छ । 

ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले थाहामा जापानिज भाषा र कोरियन भाषाको दैनिक ३÷३ वटा कक्षा सञ्चालन गरिरहेको छ भने आयल्सको एउटा कक्षा सञ्चालन गरिरहेको छ । विदेशमा अध्ययन गर्न जाँदा कुनै पनि विद्यार्थीको अँग्रेजी भाषाको क्षमता परीक्षणका लागि आयल्स पढ्नुपर्ने हुन्छ । यी कक्षाहरु सञ्चालनको लागि थाहानगर र नगरबाहिरबाट दक्ष तथा अनुभवी शिक्षकहरुको व्यवस्था गरिएको ग्लोबलका अर्का सञ्चालक रचना बस्नेतले जानकारी दिइन् । ‘हामीलाई थाहाका विभिन्न भेगहरुबाट जापानिज, कोरियन, आयल्स अध्ययनका लागि फोन आइरहेको छ, उहाँहरुको समय अनुकूलता हेरेर थप कक्षाहरुको पनि व्यवस्था गर्दैछौं’ उनले भनिन् ।

कुनैबेला काठमाडौंमा गएर जापानिज भाषाको कोर्श पुरा गरेकी थाहा–२ की रुपा विष्ट अहिले थाहानगरस्थित सोही इन्स्टिच्युटमा काम गर्छिन् । थाहा टाइम्ससित कुरा गर्दै उनले भनिन्–‘काठमाडौंमा गएर पढ्नुपर्दा खानबस्न, गाडीभाडा लगायत अन्य कुरामै बढी खर्च हुने, घरपरिवारबाट पनि टाढा । स्थानीय क्षेत्रमा निकै सहज अनि सुलभ पनि ।’ यही कारण इन्स्टिच्युटमा विद्यार्थीहरुको आकर्षण बढिरहेको उनले बताइन् । 

प्रमुख कार्यकारी अधिकृत बस्नेतका अनुसार ग्लोबल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले विदेशमा उच्च शिक्षाको लागि आवश्यक आधार, प्रक्रिया, लगानी आदिका बारेमा परामर्श पनि प्रदान गर्दै आइरहेको छ ।  संस्थाले अष्ट्रेलिया, अमेरिका, जापान, युके, कोरिया, फिनल्याण्ड, डेनमार्क लगायत ४० भन्दा बढी देशहरुमा ‘स्टुडेन्ट भिसा’ का लागि प्रक्रियामा सहजीकरण गरिरहेको उनले जानकारी दिए । 

chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...