pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरमा सुरक्षित आप्रवासन(सामी) कार्यक्रमकोअन्तरक्रिया

FB_IMG_1707580367686-1707580381.jpg

थाहा नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रमको दिगोपनाको विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया भएको छ । थाहा नगरपालिकाको आयोजनामा २६ माघमा कार्यक्रम भएको हो । थाहाका नगर प्रमुख विष्णुबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, वडा अध्यक्ष तथा कार्यपालिकाका सदस्यहरु, सम्बन्धित शाखा प्रमुखहरु, पत्रकार, प्रहरी, कार्यक्रमका लाभग्राहीहरु सहित हेल्भेटास नेपाल सामी कार्यक्रम सहयोग इकाइ बागमती प्रदेश प्रमुख, कार्यक्रम प्रवन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम सामीका लाभग्राहीहरु कमला घले, शिवकुमारी अधिकारी, उर्मिला अधिकारी, चन्द्रकुमारी बस्नेत, सरिता स्याङ्तान, शिलाकुमारी गुरुङ लगायतले कार्यक्रम निकै प्रभावकारी रहेको र उक्त कार्यक्रमबाट आफूहरुमा निकै ठूलो परिवर्तन भएको अनुभव सुनाएका थिए । सो अवसरमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, हेल्भेटास नेपालका बागमती प्रदेश प्रमुख पुरुषोत्तम अधिकारी, कार्यक्रम प्रवन्धक उमा पौडेल, रोजगार संयोजक कुमार नेगी र सामी मकवानपुरका सामाजिक परिचालन अधिकृत प्रतिक्षा खड्काले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका प्रमुख विष्टले सुरक्षित आप्रवासनको सवालमा सामी कार्यक्रम निकै प्रभावकारी रहेको उल्लेख गरे । उनले नेपाल सरकारको सम्झौताअनुसार सामी कार्यक्रमले निरन्तरता नपाए पनि थाहा नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता, मनोपरामर्श, सूचनामा पहुँच, न्यायमा पहुँच र सीप विकास तालिम कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘वित्तीय साक्षरताको कार्यक्रम यहाँका सहकारी, बैंक, लघु वित्त वित्तीय संस्थाहरुसँग सहकार्य गरेर पनि सञ्चालन गर्न सकिन्छ । त्यसैगरी मनोसामाजिक परामर्शको कार्यक्रम निरन्तर हुन जरुरी छ ।’

यसैबीच २६ माघमै सम्पन्न सामी कार्यक्रम कार्यान्वयनका लागि स्थानीय सरकार कार्यक्रम व्यवस्थापन समितिको बैठकले सामी अन्तर्गत आर्थिक वर्ष २०८०÷८१ को हालसम्मको गतिविधिहरुको समीक्षा गर्दै सुरक्षित आप्रवासन कार्यक्रम कार्यान्वयन कार्यविधि पारित गर्ने, नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापित गर्ने र श्रम तथा रोजगारको विषयलाई आवधिक योजनामा समावेश गर्ने निर्णय गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...