pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरमा यि महिला, जसले पालिकाको शाखादेखि स्कूलसम्म हाँक्दैछन्

1709890863094-1709890912.jpg

मकवानपुरको थाहा नगरपालिकाको ६ वटा शाखा महिलाले नेतृत्व गरिरहेका छन् । जिल्लाको एक मात्र नगरपालिका थाहामा २ वटा महाशाखा र २५ वटा शाखाहरु मध्ये ६ वटा शाखा महिलाले नेतृत्व गर्दै आएको प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । थाहानगरको राजश्व, महिला बालबालिका, उद्यम विकास, सहकारी, न्यायिक र सामी जस्ता महत्वपूर्ण शाखा महिलाको नेतृत्वमा छ । पालिकाको संगठन संरचनामा रहेको दुई महाशाखा प्रशासन र योजना महाशाखा भने पुरुषको नेतृत्वमा छ ।

थाहा नगरपालिकाको राजश्व शाखा डोल्मा लामाको नेतृत्वमा रहेको छ । राजश्व शाखाले पालिकाबाट स्वीकृत शीर्षकको कर तथा महशुल संकलन तथा नियमन गर्ने गर्दछ । राजश्व अनुमान, प्रगतीको विवरण पालिकामा यहि शाखाले पेश गर्दछ भने पालिकाको स्वीकृत आर्थिक ऐन कार्यान्वयनको यहि शाखाबाट हुने गर्दछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचय पत्र वितरण शाखा प्रतिमा मोक्तानको नेतृत्वमा रहेको छ । यस शाखाले नगरका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगताको क्षेत्रमा सशक्तीकरणको कार्य गर्दछ । उनीहरुको क्षमता अभिवृद्धि, आयआर्जन, अधिकार, कर्तव्यलगायतको सावलमा यहि शाखाले काम गर्ने गरेको छ ।

थाहाको उद्यम विकास शाखाको नेतृत्व रोजिना खड्काले गर्दै आएकी छिन । यो शाखाले नगरपालिका भित्रको उद्योग विकास क्षेत्रमा कार्य गर्दछ । उद्योग तथा व्यवसाय, दर्ता, नवीकरण, नियमनलगायतको काम यहि शाखाबाट हुने गर्दछ । सहकारी शाखा अस्मिता तिवारीको नेतृत्व छ । नगरपालिका भरीको सहकारी दर्ता, अनुगमन, नियमनलगायतको कार्य यहि शाखाबाट हुने गरेको छ । नगरपालिकाको न्यायिक शाखाको नेतृत्व गोपी कुमारी कार्कीले गर्दै आएकी छिन् । थाहा नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिको कार्य सम्पादन यहि शाखाबाट हुने गर्दछ । उजुरी, न्यायिक छिनोफानो, मेलमिलापलगायतको अभिलेख समेत यहि शाखाले राख्ने गर्दछ । सुरक्षित आप्रवासन परियोजना (सामी) मेलिना केसीको नेतृत्वमा छ । संघीय सरकारको सहयोगमा थाहा नगरमा सञ्चालनमा रहेको सामी मार्फत सुरक्षित वैदेशिक रोजगारी, मनोसामाजिक विमर्श लगायतको क्षेत्रमा यस शाखाले काम गर्दैै आएको छ ।

थाहा नगरपालिकाको १२ मध्ये ३ वटा वडा कार्यालयमा महिला वडा सचिवले नेतृत्व गरिरहेकाछन् । वडा नम्बर १ मा अनु रुपाखेती, ३ मा टुईसा राइ र ११ मा मोती रोका क्षेत्रीले वडाको नेतृत्व गरिहेका छन् । अधिकांश वडाध्यक्ष पुरुष हुँदा थाहामा ३ वटा वडा सचिवको जिम्मेवारीमा महिला रहेका हुन् । वडा कार्यालयबाट व्यक्तिगत घटना दर्ता गर्न पनि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले वडा सचिवलाई नै स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी तोकिएको छ । वडा कार्यालयबाटै ३७ प्रकारका सिफारिस समेत हुने कानूनी प्रावधान छ ।

महिलाकै नेतृत्वमा थाहाका ५ स्वास्थ्य संस्था

थाहा नगरपालिकामा रहेका १२ वटा स्वास्थ्य संस्था मध्ये ५ वटा स्वास्थ्य संस्थाको नेतृत्व महिलाले गरिरहेका छन् । स्वास्थ्य जस्तो महत्वपूर्ण संस्थाको नेतृत्व महिलाको जिम्मेवारीमा रहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

थाहा नगरपालिका वडा नम्बर १ मा रहेको नयाँबस्ती आधारभूत स्वास्थ्य केन्द्रको प्रमुखमा सिसम विडारी छिन् । वडा नम्बर २ मा रहेको पालुङ स्वास्थ्य चौकी सुशिला अधिकारीको नेतृत्वमा सञ्चालन भैरहेको छ । वडा नम्बर ६ को बज्रवाराही स्वास्थ्य चौकीको नेतृत्व जिनु डंगालेलले सम्हालीरहेकी छिन्, ८ नम्बर वडामा पुनम पाख्रिनले नेतृत्व लिइरहेकी छिन भने वडा नम्बर १२ मा चमेली स्याङ्तानले नेतृत्वमा लिति आधारभूत स्वास्थ्य केन्द्र रहेको छ ।

थाहानगरमा रहेका स्वास्थ्य संस्थाहरुबाट उपचारात्मक, प्रतिकारात्मक, प्रवद्र्धनात्मक, पुर्नस्थापनाकीय, प्रशामकलगायतको सेवा प्रवाह हुने गरेको स्वास्थ्य शाखा प्रमुख बलामीले बताए । महिलाले नै नेतृत्व गरेको थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा जिल्लामै उत्कृष्ट भई पुरस्कृत समेत भएको छ ।

थाहाका १६ विद्यालयको नेतृत्वमा महिला

थाहा नगरपालिकाका दुई  संस्थागतसहित १७ वटा विद्यालयको प्रधानाध्यापकको नेतृत्वमहिलाले सम्हाल्दै आएका छन् । महिलाको नेतृत्वमा रहेको अधिकांश विद्यालय आधारभूत तहको रहेको थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

थाहा नगरपालिकाको वडा नम्बर १ को कालिदेवी प्राविको प्रधानाध्यापक भई विद्यालयको नेतृत्व कल्पना सिंह ठकुरीले गर्दै आएकी छिन् भने वडा नम्बर १ कै पञ्चकन्या प्राविको नेतृत्व कविता कडेलले गर्दै आएकी छिन् । वडा नम्बर २ को मंगलेश्वर प्राविको नेतृत्वमा निमा केसी छिन् । वडा न २ पालुङमा रहेको पालुङ अङ्ग्रेजी आवासिय विद्यालयमा जुनु उप्रेतीले नेतृत्व गरिरहेकी छिन।थाहा नगरपालिका वडा नम्बर ३ को सेतिगणेश आधारभूत विद्यालयको नेतृत्वमा उर्मिला गोपाली छिन् । पालुङ भ्याली हर्ट एकेडेमीको प्रधानाध्यापकमा सरस्वती पौडेलले नेतृत्व गरिहेकी छिन् । वडा नम्बर ४ को कल्याण प्राविको सुजाता तामाङ, महांकाल प्राविको सस्मिता बल, वडा नम्बर ४ कै ऋषेश्वर प्राविको नेतृत्व ममता थिङ रहेकी छिन् ।

थाहा नगरपालिकाको वडा नम्बर ५ को वसन्त प्राविको नेतृत्वमा मनमायाँ गुरुङ, ५ नम्बर वडाकै बालकुमारी प्राविको कोपिला भेटवालले नेतृत्व गरिरहेकी छिन् । वडा नम्बर ६ को उदय प्राविको तुलसा न्यौपाने, गणेश प्राविको सोनु श्रेष्ठले प्रधानाध्यापक भई नेतृत्व गरिरहेकी छिन् । वडा नम्बर ९ को महालक्ष्मी प्राविको उषा श्रेष्ठले, जलदेवी प्राविको प्रतिमा लामिछानेले नेतृत्व गदै आएकी छिन् । थाहा ११ नागछेडामा रहेको जनता प्राविको लक्ष्मी धामीले नेतृत्व गरिरहेकी छिन् भने थाहा १२ को टिष्टुङ देउराली नेपाल चेम्बर प्राविको नेतृत्व सुन्तीमायाँ बलले प्रधानाध्यापक भई नेतृत्व गर्दै आएकी छिन।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...