Saturday, 04 May, 2024
थाहा नगर

थाहानगरमा यि महिला, जसले पालिकाको शाखादेखि स्कूलसम्म हाँक्दैछन्

1709890863094-1709890912.jpg

मकवानपुरको थाहा नगरपालिकाको ६ वटा शाखा महिलाले नेतृत्व गरिरहेका छन् । जिल्लाको एक मात्र नगरपालिका थाहामा २ वटा महाशाखा र २५ वटा शाखाहरु मध्ये ६ वटा शाखा महिलाले नेतृत्व गर्दै आएको प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । थाहानगरको राजश्व, महिला बालबालिका, उद्यम विकास, सहकारी, न्यायिक र सामी जस्ता महत्वपूर्ण शाखा महिलाको नेतृत्वमा छ । पालिकाको संगठन संरचनामा रहेको दुई महाशाखा प्रशासन र योजना महाशाखा भने पुरुषको नेतृत्वमा छ ।

थाहा नगरपालिकाको राजश्व शाखा डोल्मा लामाको नेतृत्वमा रहेको छ । राजश्व शाखाले पालिकाबाट स्वीकृत शीर्षकको कर तथा महशुल संकलन तथा नियमन गर्ने गर्दछ । राजश्व अनुमान, प्रगतीको विवरण पालिकामा यहि शाखाले पेश गर्दछ भने पालिकाको स्वीकृत आर्थिक ऐन कार्यान्वयनको यहि शाखाबाट हुने गर्दछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचय पत्र वितरण शाखा प्रतिमा मोक्तानको नेतृत्वमा रहेको छ । यस शाखाले नगरका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगताको क्षेत्रमा सशक्तीकरणको कार्य गर्दछ । उनीहरुको क्षमता अभिवृद्धि, आयआर्जन, अधिकार, कर्तव्यलगायतको सावलमा यहि शाखाले काम गर्ने गरेको छ ।

थाहाको उद्यम विकास शाखाको नेतृत्व रोजिना खड्काले गर्दै आएकी छिन । यो शाखाले नगरपालिका भित्रको उद्योग विकास क्षेत्रमा कार्य गर्दछ । उद्योग तथा व्यवसाय, दर्ता, नवीकरण, नियमनलगायतको काम यहि शाखाबाट हुने गर्दछ । सहकारी शाखा अस्मिता तिवारीको नेतृत्व छ । नगरपालिका भरीको सहकारी दर्ता, अनुगमन, नियमनलगायतको कार्य यहि शाखाबाट हुने गरेको छ । नगरपालिकाको न्यायिक शाखाको नेतृत्व गोपी कुमारी कार्कीले गर्दै आएकी छिन् । थाहा नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिको कार्य सम्पादन यहि शाखाबाट हुने गर्दछ । उजुरी, न्यायिक छिनोफानो, मेलमिलापलगायतको अभिलेख समेत यहि शाखाले राख्ने गर्दछ । सुरक्षित आप्रवासन परियोजना (सामी) मेलिना केसीको नेतृत्वमा छ । संघीय सरकारको सहयोगमा थाहा नगरमा सञ्चालनमा रहेको सामी मार्फत सुरक्षित वैदेशिक रोजगारी, मनोसामाजिक विमर्श लगायतको क्षेत्रमा यस शाखाले काम गर्दैै आएको छ ।

थाहा नगरपालिकाको १२ मध्ये ३ वटा वडा कार्यालयमा महिला वडा सचिवले नेतृत्व गरिरहेकाछन् । वडा नम्बर १ मा अनु रुपाखेती, ३ मा टुईसा राइ र ११ मा मोती रोका क्षेत्रीले वडाको नेतृत्व गरिहेका छन् । अधिकांश वडाध्यक्ष पुरुष हुँदा थाहामा ३ वटा वडा सचिवको जिम्मेवारीमा महिला रहेका हुन् । वडा कार्यालयबाट व्यक्तिगत घटना दर्ता गर्न पनि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले वडा सचिवलाई नै स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी तोकिएको छ । वडा कार्यालयबाटै ३७ प्रकारका सिफारिस समेत हुने कानूनी प्रावधान छ ।

महिलाकै नेतृत्वमा थाहाका ५ स्वास्थ्य संस्था

थाहा नगरपालिकामा रहेका १२ वटा स्वास्थ्य संस्था मध्ये ५ वटा स्वास्थ्य संस्थाको नेतृत्व महिलाले गरिरहेका छन् । स्वास्थ्य जस्तो महत्वपूर्ण संस्थाको नेतृत्व महिलाको जिम्मेवारीमा रहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

थाहा नगरपालिका वडा नम्बर १ मा रहेको नयाँबस्ती आधारभूत स्वास्थ्य केन्द्रको प्रमुखमा सिसम विडारी छिन् । वडा नम्बर २ मा रहेको पालुङ स्वास्थ्य चौकी सुशिला अधिकारीको नेतृत्वमा सञ्चालन भैरहेको छ । वडा नम्बर ६ को बज्रवाराही स्वास्थ्य चौकीको नेतृत्व जिनु डंगालेलले सम्हालीरहेकी छिन्, ८ नम्बर वडामा पुनम पाख्रिनले नेतृत्व लिइरहेकी छिन भने वडा नम्बर १२ मा चमेली स्याङ्तानले नेतृत्वमा लिति आधारभूत स्वास्थ्य केन्द्र रहेको छ ।

थाहानगरमा रहेका स्वास्थ्य संस्थाहरुबाट उपचारात्मक, प्रतिकारात्मक, प्रवद्र्धनात्मक, पुर्नस्थापनाकीय, प्रशामकलगायतको सेवा प्रवाह हुने गरेको स्वास्थ्य शाखा प्रमुख बलामीले बताए । महिलाले नै नेतृत्व गरेको थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा जिल्लामै उत्कृष्ट भई पुरस्कृत समेत भएको छ ।

थाहाका १६ विद्यालयको नेतृत्वमा महिला

थाहा नगरपालिकाका दुई  संस्थागतसहित १७ वटा विद्यालयको प्रधानाध्यापकको नेतृत्वमहिलाले सम्हाल्दै आएका छन् । महिलाको नेतृत्वमा रहेको अधिकांश विद्यालय आधारभूत तहको रहेको थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

थाहा नगरपालिकाको वडा नम्बर १ को कालिदेवी प्राविको प्रधानाध्यापक भई विद्यालयको नेतृत्व कल्पना सिंह ठकुरीले गर्दै आएकी छिन् भने वडा नम्बर १ कै पञ्चकन्या प्राविको नेतृत्व कविता कडेलले गर्दै आएकी छिन् । वडा नम्बर २ को मंगलेश्वर प्राविको नेतृत्वमा निमा केसी छिन् । वडा न २ पालुङमा रहेको पालुङ अङ्ग्रेजी आवासिय विद्यालयमा जुनु उप्रेतीले नेतृत्व गरिरहेकी छिन।थाहा नगरपालिका वडा नम्बर ३ को सेतिगणेश आधारभूत विद्यालयको नेतृत्वमा उर्मिला गोपाली छिन् । पालुङ भ्याली हर्ट एकेडेमीको प्रधानाध्यापकमा सरस्वती पौडेलले नेतृत्व गरिहेकी छिन् । वडा नम्बर ४ को कल्याण प्राविको सुजाता तामाङ, महांकाल प्राविको सस्मिता बल, वडा नम्बर ४ कै ऋषेश्वर प्राविको नेतृत्व ममता थिङ रहेकी छिन् ।

थाहा नगरपालिकाको वडा नम्बर ५ को वसन्त प्राविको नेतृत्वमा मनमायाँ गुरुङ, ५ नम्बर वडाकै बालकुमारी प्राविको कोपिला भेटवालले नेतृत्व गरिरहेकी छिन् । वडा नम्बर ६ को उदय प्राविको तुलसा न्यौपाने, गणेश प्राविको सोनु श्रेष्ठले प्रधानाध्यापक भई नेतृत्व गरिरहेकी छिन् । वडा नम्बर ९ को महालक्ष्मी प्राविको उषा श्रेष्ठले, जलदेवी प्राविको प्रतिमा लामिछानेले नेतृत्व गदै आएकी छिन् । थाहा ११ नागछेडामा रहेको जनता प्राविको लक्ष्मी धामीले नेतृत्व गरिरहेकी छिन् भने थाहा १२ को टिष्टुङ देउराली नेपाल चेम्बर प्राविको नेतृत्व सुन्तीमायाँ बलले प्रधानाध्यापक भई नेतृत्व गर्दै आएकी छिन।


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...