bipad-1691926127.jpg
Monday, 02 Oct, 2023
368434171_615037517201311-1692942851.jpg

पर्यटन

थाहानगरको धार्मिक पर्यटकिय गन्तव्य पाथीभरा पदयात्रा

FB_IMG_1685883508651-1685883573.jpg

फोटो,शब्द गणेश बिष्ट / मकवानपुरको प्रसिद्ध पर्यटकीय नगरी थाहामा नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन थालिएको छ । धार्मिक क्षेत्रको रुपमा पहिचान रहेको थाहा नगरपालिका वडा नम्बर ३ को पाथीभराले क्षेत्र पछिल्लो समय पैदल यात्राको आकर्षणको रुपमा पनि परिचय स्थापित गर्न थालेको छ । धार्मिक दृष्टिकोणले आक्कलझुक्कल मानिसहरु मस्किलले पुग्ने पाथीभरामा स्थानीय क्षेत्रलगायत काठमाण्डौ र धादिङबाट आउने पर्यटकहरु निहुँ जस्तै पुग्न थालेका छन् ।

३ नम्बर वडाको प्रसिद्ध गोरखनाथ मन्दिरबाटै पैदलयात्रमा निश्कन सकिने उक्त मार्गको एकातफी बाटो करिब ६ किलोमीटरको छ । थाहानगरको शिखरकोटबाटै पनि पैदलयात्रा शुरु गर्न सकिन्छ । काठमाण्डौं तथा हेटौंडाबाट आउँदा पनि शिखरकोटमा सवारी साधन छोडेर यात्रामा निश्कन सकिने यो पैदलमार्गमा अहिले धार्मिक आस्था भएकाहरु पनि उत्तिकै पुग्छन् । वडा नम्बर ३ को देउराली गाउँबाट पूरापुर जंगल यात्रा हुँदै पाथीभरा पुग्न सकिन्छ । ठाउँठाउँमा आरम गर्ने प्राकृतिक चौतारी, रुखको छायाँको शित्तलता यो यात्राको विशेषता हो । ति ठाउँठाउँमा भारी बिसौनीबाट दामनपालुङको सुन्दर फाँटहरु अवलोकन गर्न सकिन्छ । यात्रामा जंगलको सिरसिर बहने हावा, ठाउँठाउँको बिसौनी (चौतारी) उकालो सम्झदा मन्दिरको याद, तलतिर हरिया फाँट आहा, मनै लोभ्याउँछ पाथिभरा यात्राले । यात्रा गर्दा ठाडै उकालो मात्र पनि छैन, ठाउँठाउँमा तेर्सो बाटोले उकालोमा खलखली बगेको पसिना सर्लक्कै ओभाउँछ ।

यो ख्याल गरौं। यात्रामा निश्कँदा बाटोमा कुनैपनि पसलहरु छैनन् । खानेपानी र हलुका खानेकुराहरु आफैले बोक्नु पर्दछ । करिब २२ सय मीटरभन्दा बढिको उचाइसम्म पुगिने भएकोले आराम गर्दै यात्रा गर्दा थप फलदायी हुनेछ । देउराली गाउँ छोडपछि सबै जंगलकै यात्रा हो । संरक्षित सामुदायिक वन क्षेत्र भएपनि यहाँ वन्यजन्तुको आक्रमणको कुनै डर छैन, मृग माउपाठाहरु भने भेटिन सक्छन् । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा विभिन्न वनस्पतीको अध्ययन अनुसन्धानका लागि समेत अध्ययन अनुसन्धानका पर्यटकहरु पुग्ने गर्दछन् ।

धेरै पहिले गाउँलेहरुले पुजाआजा गर्दै आएको पाथीभरा क्षेत्रमा अहिले गोरखनाथ कल्याण केन्द्रले मन्दिर नै स्थापित गरिदिएको छ । मन्दिर नजिकै गोरखनाथ कल्याण केन्द्रले नै एउटा ट्रष्ट बनाइदिएको छ । यहि ट्रष्टले घामपानीमा यात्रुहरुलाई रहत दिइरहेको छ । एकपल्ट पुग्नै पर्ने यो यात्रा जति धार्मिक छ उत्तिनै जैविक विविधताले पनि ख्याति प्राप्त रहेको छ ।

 

shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं :- गृहमन्त्री श्रेष्ठ
FB_IMG_1696243472248-1696243495.jpg

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने...

राजा बन्न आवेदन खुल्यो,असोज २५ सम्म फारम भरिसक्नुपर्ने।
FB_IMG_1696170483584-1696170509.jpg

  गोरखामा दाैडिएर राजा बनेको इतिहास हामीले विद्यालयका पुस्तकमा पढेका छाैं । जुन इतिहासको विम्बात्मक रूपमा...

आयल निगमद्वारा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता
FB_IMG_1696156716863-1696156728.jpg

नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको भाउ फिर्ता लिएको छ। यो...

एसियन गेम क्रीकेटमा नेपाल क्वाटर फाइनलमा प्रवेश
FB_IMG_1696137498891-1696137510.jpg

माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ...

कस्तो छ आजको मौसम ?
FB_IMG_1691910023736-1693-1696129640.jpg

हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको...

आजको तरकारीको बजार भाउ,
tarkari-bazar-29092076-16-1696129310.jpg

कृषि उपज न्यूनतम     गोलभेडा ठूलो(भारतीय) (केजी) रू ४० गोलभेडा ...

नेपाल सिएमए संघ मकवानपुरमा अमर लामा स्याङतान
FB_IMG_1696129000381-1696129091.jpg

नेपाल सि.एम.ए संघ मकवानपुर को चौथो अधिबेशनले अमरलामा स्याङतानको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको छ । आज...

चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार र उद्यमी सदस्य बनाउने
FB_IMG_1696128742166-1696128787.jpg

हेटौंडा, १३ असोज  हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका...