pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहानगरको धार्मिक पर्यटकिय गन्तव्य पाथीभरा पदयात्रा

FB_IMG_1685883508651-1685883573.jpg

फोटो,शब्द गणेश बिष्ट / मकवानपुरको प्रसिद्ध पर्यटकीय नगरी थाहामा नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन थालिएको छ । धार्मिक क्षेत्रको रुपमा पहिचान रहेको थाहा नगरपालिका वडा नम्बर ३ को पाथीभराले क्षेत्र पछिल्लो समय पैदल यात्राको आकर्षणको रुपमा पनि परिचय स्थापित गर्न थालेको छ । धार्मिक दृष्टिकोणले आक्कलझुक्कल मानिसहरु मस्किलले पुग्ने पाथीभरामा स्थानीय क्षेत्रलगायत काठमाण्डौ र धादिङबाट आउने पर्यटकहरु निहुँ जस्तै पुग्न थालेका छन् ।

३ नम्बर वडाको प्रसिद्ध गोरखनाथ मन्दिरबाटै पैदलयात्रमा निश्कन सकिने उक्त मार्गको एकातफी बाटो करिब ६ किलोमीटरको छ । थाहानगरको शिखरकोटबाटै पनि पैदलयात्रा शुरु गर्न सकिन्छ । काठमाण्डौं तथा हेटौंडाबाट आउँदा पनि शिखरकोटमा सवारी साधन छोडेर यात्रामा निश्कन सकिने यो पैदलमार्गमा अहिले धार्मिक आस्था भएकाहरु पनि उत्तिकै पुग्छन् । वडा नम्बर ३ को देउराली गाउँबाट पूरापुर जंगल यात्रा हुँदै पाथीभरा पुग्न सकिन्छ । ठाउँठाउँमा आरम गर्ने प्राकृतिक चौतारी, रुखको छायाँको शित्तलता यो यात्राको विशेषता हो । ति ठाउँठाउँमा भारी बिसौनीबाट दामनपालुङको सुन्दर फाँटहरु अवलोकन गर्न सकिन्छ । यात्रामा जंगलको सिरसिर बहने हावा, ठाउँठाउँको बिसौनी (चौतारी) उकालो सम्झदा मन्दिरको याद, तलतिर हरिया फाँट आहा, मनै लोभ्याउँछ पाथिभरा यात्राले । यात्रा गर्दा ठाडै उकालो मात्र पनि छैन, ठाउँठाउँमा तेर्सो बाटोले उकालोमा खलखली बगेको पसिना सर्लक्कै ओभाउँछ ।

यो ख्याल गरौं। यात्रामा निश्कँदा बाटोमा कुनैपनि पसलहरु छैनन् । खानेपानी र हलुका खानेकुराहरु आफैले बोक्नु पर्दछ । करिब २२ सय मीटरभन्दा बढिको उचाइसम्म पुगिने भएकोले आराम गर्दै यात्रा गर्दा थप फलदायी हुनेछ । देउराली गाउँ छोडपछि सबै जंगलकै यात्रा हो । संरक्षित सामुदायिक वन क्षेत्र भएपनि यहाँ वन्यजन्तुको आक्रमणको कुनै डर छैन, मृग माउपाठाहरु भने भेटिन सक्छन् । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा विभिन्न वनस्पतीको अध्ययन अनुसन्धानका लागि समेत अध्ययन अनुसन्धानका पर्यटकहरु पुग्ने गर्दछन् ।

धेरै पहिले गाउँलेहरुले पुजाआजा गर्दै आएको पाथीभरा क्षेत्रमा अहिले गोरखनाथ कल्याण केन्द्रले मन्दिर नै स्थापित गरिदिएको छ । मन्दिर नजिकै गोरखनाथ कल्याण केन्द्रले नै एउटा ट्रष्ट बनाइदिएको छ । यहि ट्रष्टले घामपानीमा यात्रुहरुलाई रहत दिइरहेको छ । एकपल्ट पुग्नै पर्ने यो यात्रा जति धार्मिक छ उत्तिनै जैविक विविधताले पनि ख्याति प्राप्त रहेको छ ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...