Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थाहानगरका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

317565504_707600017161467-1670035205.jpg

 मकवानपुर थाहा नगरपालिकाका कर्मचारीहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । पालिकाको आयोजनामा १५ र १६ मंसिरमा बज्रवाराहीमा भएको तालिममा थाहा नगरपालिका नगरकार्यपालिकाको कार्यालय अन्तर्गतका महाशाखा तथा शाखा प्रमुखहरु र वडा सचिवहरुको सहभागिता रहेको थियो । पालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवाप्रवाहलाई प्रभावकारी बनाउने र योजना कार्यान्वयनमा गुणस्तरीयता ल्याउने सीप र अभिलेख व्यवस्थापनलगायतको विषयमा केन्द्रित गरी तालिम संचालन गरिएको थियो । तालिमका सहभागीहरुलाई कम्प्युटरको आधारभूत जानकारी, प्रस्तुतीकरण निर्माण, इमेल इन्टरनेटको प्रयोगको विषयमा थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, सूचना प्रविधि अधिकृत भगिरथ कार्की, एमआइएस अपरेटर लक्ष्मण कण्डेलले सहजीकरण गरेका थिए । त्यसैगरी व्याकरण शुद्धाशुद्धीको विषयमा शिक्षा शाखाका शाखा अधिकृत माधवविक्रम मल्ल, आर्थिक प्रशासन तथा खरिद कानूनको विषयमा लेखम अधिकृत हरिब बहादुर खपाङ्गी, निर्णय निर्माण तथा स्थानीय तहमा सेवा प्रवाहको सवालहरुको विषयमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले सहजीकरण गरेका थिए । तालिमका सहभागीहरुले कार्यालय व्यवस्थापन र सरकारी कार्यालयहरुमा ‘डिजिटल प्लेटफार्म’ को विषयमा भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले दैनिक कार्यलय संचालन र सेवा प्रवाहका लागि तालिमले सजिलो बनाएको प्रतिक्रिया दिए । तालिम ‘कन्टेण्ट’ अनुसार अवधि कम भएकोले यसलाई वृहत्त रुपमा संचालन गर्नुपर्ने सहभागीहरुको भनाइ थियो । युसअघि १५ मंसिरमा तालिमको थाहानगर उपप्रमुख भरत गोपालीले उद्घाटन गरेका थिए । थाहा नगरपालिका सुशासन तथा संस्थागत विकास समितिका संयोजक विष्णु बहादुर गुरुङको सभाध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा प्रमुख अतिथी गोपालीले कर्मचारीलरुले प्रभावकारी सेवा प्रवाह गर्नसके मात्र जनप्रतिनीधिको शिर उचो रहने बताउँदै कर्मचारीको क्षतामा अभिवृद्धि सम्बन्धी कार्यक्रम आवश्यकता अनुसार संचालन गर्न आग्रह गरे । उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि जनप्रतिनीधिको् र्फबाट कुनै रोकावट नहुने बताए । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले तालिमको उद्देश्य बताएका थिए । उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष रोजेन्द्रभक्त श्रेष्ठलगायतकाको आतिथ्यता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg