Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

थाहा नगर

थाहाको स्थानीय बन महासंघ जिल्लामै उत्कृष्ट

1723215295384-1723215327.jpg


थाहा नगरपालिकामा क्रियाशील सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय समिति(स्थानीय वन महासंघ) मकवानपुर जिल्लामै उत्कृष्ट ठहरिएको छ । मकवानपुरका पालिका स्तरीय स्थानीय वन महासंघका अध्यक्षहरुसहित बसेको जिल्ला महासंघको बैठकले थाहा नगरपालिका स्थानीय वन महासंघलाई जिल्लाका १० वटा पालिकास्तरीय स्थानीय महासंघहरुमध्ये उत्कृष्ट ठहर गरेको हो । 
जिल्ला महासंघले थाहानगर स्थानीय वन महासंघलाई उत्कृष्ट ठहर गरेसँगै प्रशंसापत्रसहित पुरस्कृत गरेको छ । २५ साउनमा नवौं सामुदायिक वन दिवसको अवसरमा हेटौंडामा आयोजित एक कार्यक्रममा स्थानीय वन महासंघ थाहानगरलाई प्रशंसापत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सामुदायिक वन उपभोक्ता महासंघ थाहानगरका अध्यक्ष गणेशमान श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरेका थिए । 
संगठन सुदृढीकरण अन्तर्गत् स्थानीय महासंघलाई क्रियाशील बनाएको, सामुदायिक वनहरुको अभिलेखीकरण गरेको, नियमित रुपमा कार्यसमिति बैठक तथा परिषद बैठक सञ्चालन गरेको, स्थानीय वन ऐन पारित गराउन भूमिका खेलेको तथा स्थानीय वन ऐनबारे सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गरेको, लेखा तथा कार्यालय व्यवस्थापन तालिम सञ्चालन गरेको जस्ता प्रशंसनीय कार्यक्रम गरेकोले थाहा नगरस्थित स्थानीय महासंघलाई पुरस्कृत गरिएको जिल्ला महासंघका अध्यक्ष साधुराम चौलागाईले बताए ।    
मकवानपुरमा उत्कृष्ट भई पुरस्कृत भएपछि सामुदायिक वन उपभोक्ता महासंघ थाहानगरका अध्यक्ष श्रेष्ठले आगामी दिनमा अझ सशक्त हुन अवसर र चुनौति दुवै थपिएको बताए । उनले उत्कृष्ट ठहर गरेकोमा जिल्ला महासंघलाई धन्यवाद दिँदै यस स्थानमा पुग्नको लागि थाहा नगरपालिका, स्थानीय महासंघका पदाधिकारीहरु, सामुदायिक वन उपभोक्ता समूहहरु सबैको हात रहेको उल्लेख गरे ।
यस वर्ष ‘सामुदायिक वनको प्रभावकारिताः तीनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ नवौं सामुदायिक वन दिवस मनाइएको हो । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा रहेको वनलाई व्यवस्थापनका लागि स्थानीय समुदायलाई हस्तान्तरण गरिएको २०३० सालको साउन २५ गतेलाई स्मरण गर्दै हरेक वर्ष २५ साउनमा सामुदायिक वन दिवसको रूपमा मनाउने गरिन्छ ।
यस अवसरमा मकवानपुरमा स्थानीय वन महासंघसहित सामुदायिक वनको विभिन्न विद्यामा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन समूह तथा संचारकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको हो । यस क्रममा हेटौडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन हेटौडा–८ मा रहेको चित्रेपानी सामुदायिक वन हेटौडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन, हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन र मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वनलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । यसैगरी समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, सञ्चारकर्मी भीमसेन पौडेल र वनडढेलो नियन्त्रणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बुद्धिप्रसाद पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

जिल्ला वन महासंघका अध्यक्ष तिमल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख घलानले सामुदायिक वनले वनको संरक्षणका साथै सामाजिक, शैक्षिक, स्वास्थ्य तथा धार्मिक क्षेत्रकोे विकासमा महत्वपूर्ण काम गरेको बताए । वातावरण सन्तुलन, हरियाली प्रवर्धनमा गरेको काम विश्वले प्रशंसा गरेको बताउदै उनले वन क्षेत्रको समग्र विकासमा तीन वटै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...