pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको लिति गाउँमा ‘द पियानो गायज’का सेलोवादक स्टेभन शार्प नेल्सनको संगित गुन्जियो

FB_IMG_1750086958680-1750086978.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ टिष्टुङस्थित लिती गाउँ पाँच दिन सङ्गीतमय बन्यो । अमेरिकाको चर्चित गायकसँगै साङ्गीति समुह र व्याण्डसँगै टिष्टुङ क्षेत्रका कलाकारहरुले फरक माहोल बनाएको थियो ।
नगरपालिका भएर पनि दुर्गम लितीगाउँमा उक्त माहोललाई अझ रोमाञ्चित बनाउनुभएका थियो अमेरिकी चर्चित गायक स्टेभन शार्प नेल्सनको उपस्थितिले । गायक स्टेभन उत्कृष्ट द सेलो गाइजका रुपमा ख्याती प्राप्त गर्नुभएको छ । रक स्टार स्टेभन पियानोमा गुञ्जिएर सङ्गीत पस्कदा लितीगाउँका स्थानीय बासिन्दा मन्त्रमुग्ध बनेका थिए ।


अमेरिकाबाट आएका विदेशी पाहुनाहरुसमक्ष टिष्टुङका स्थानीय कलाकारहरुले गीत, सङ्गीत र नृत्य प्रदर्शन गरेर साङ्गीतिक माहोललाई अझ उल्लासमय बनाएको थाहा नगरपालिका वडा नं. १२ का वडाध्यक्ष टीका लामाले बताउनुभयो । उहाँले भन्नुभयो, पाँच दिनको अमेरिकी कलाकार र नेपाली कलाकारको जमघट र प्रस्तुतिले अन्तरदेशीय सांस्कृतिक आदान प्रदानमा सहयोग पुगेको छ ।


उक्त साङ्गीति माहोलको अवसर थाहा नगरपालिका वडा नं. १२ टिष्टुङस्थित लितीगाउँमा निर्माण गरिएको लिती खोनेपानी आयोजनाको उद्घाटन कार्यक्रमले जुटाइदिएको हो । खानेपानी आयोजना उद्घाटनको कार्यक्रमको दिन शुक्रबार नेपाली र अमेरिकी कलाकारहरुले आफ्नो गीत संगीत र कला पस्केका थिए ।


खानेपानी आयोजनामा सहयोग गरेका अमेरिकाका ४१ जनाको समुह भ्रमणको लागि मात्र नभएर अन्तरदेशीय सांस्कृतिक आदान प्रदानका लागि साङ्गीति ब्याण्ड र चर्चित गायकसहित आइपुगेका थिए । गायक स्टेभनसँगै पारिवारिक साङ्गीतिक समुह पनि अमेरिकाबाट साथमा आएर लिती गाउँमा कला पस्केर सङ्गीतमय बनाउनुका साथै नेपाली गीत सङ्गीत र कलाका बारेमा जानकारी लिएका थिए ।
अमेरिकाको चर्चित व्याण्ड द पियानो गाइज अमरिकाबाटै पियानोलगायतका बाजागाजा बोकेर आएका थिए ।
अमेरिकाबाट आएका उनीहरुले च्वाइस हुमानिटीमार्फत खानेपानी आयोजनालाई सहयोगसँगै विभिन्न काममा जुटेका थिए ।


चर्चित गायक स्टेभन शार्प नेल्सनको गीत सङ्गीतले लितीका बासिन्दालाई मोहित बनाएको थिए । उता तामाङ सेलोलगायतका नेपाली गीत सङ्गीतमा अमेरिकीहरु लितीमा भएका साङ्गीतिक कार्यक्रममा ताल मिलाएर नाच्दै मनोरञ्जन लिएको देखिन्थ्यो ।
वडाध्यक्ष लामाले कार्यक्रमले अन्तरदेशीय सांस्कृतिक आदान प्रदानसँगै नेपाली गीत सङ्गीत, कला र संस्कृतिलाई विश्वमाझ पु¥याउने अवसर मिलेको बताउनुभयो ।
टिष्टुङको लिती नागदह कला केन्द्र, म्याजिक डान्स केन्द्रलगायतका स्थानीय कलाकारहरुले सो अवसरमा आफ्नो कला प्रस्तुत गरेका थिए ।
सोही अवसरमा अमेरिकी वाद्यवाधक र सङ्गीतकर्मीहरुले टिष्टुङका गीत सङ्गीतप्रति अभिरुचि राख्नेलाई सङ्गीत प्रशिक्षणसमेत दिएका थिए ।

 

FB_IMG_1750086915679-1750086978.jpg
FB_IMG_1750086918630-1750087002.jpg
FB_IMG_1750086923032-1750087002.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...