gumba-1715660528.jpg
Sunday, 19 May, 2024
थाहा नगर

थाहाको फुर्केमा मनाइयो तमु ल्होसार

tamu1-1704028661.jpg

१५ पौष,थाहा नगर 
आज तमु ल्होसार । गुरुङ समुदायको नयाँ बर्ष ‘तमु ल्होसार’ पर्व हरेक १५ पुसमा मनाउने गर्छन् । गुरुङ समुदायले  ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाई गर्दै गरुड बर्षको स्वागत गरेर भव्य रूपमा बिबिध कार्यक्रम गरेर थाहा ५ को फुर्केमा मनाइयको छ ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद इकाई समिति थाहा ५ फुर्केको आयोजना तथा नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला कार्यसमितिको सहआयोजनामा कार्यक्रम गरियको हो। तमु ह्युलका इकाई अध्यक्ष तथा थाहा ५ का वडा अध्यक्ष बिष्णु बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा ,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने , भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी ,५ न वडाका निर्वाचित जनप्रतिनिधि ,तमु विद्यार्थीका जिल्ला कार्यसमिति सदस्यहरु ,तमु समाजका जेष्ठ सदस्य गणेश बहादुर गुरुङ,पत्रकार शम्भु अधिकारी लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथी नगर प्रमुख बिष्टले संस्कार र संस्कृति जान्न र बुझ्नका लागि पनि युवाहरुको सक्रियता बढेको देखेर खुसी लागेको  बताए । ल्होसार चाड सामूहिकरुपमा मनाउँदा नयाँ पुस्ता र अन्य समुदायलाई पनि चासोको विषय बनेको उनको भनाइ थियो,साथै उनले गुरुङ समुदायको संस्कृति तथा रहनसहन लाई पुस्तानान्तरण गर्दै लानुपर्नेमा जोड दिनुभयो।
तमु ल्होसारको बारेमा र कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै तमु विद्यार्थीका मन गुरुङले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको बताउदै यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने तथा ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित भएको बताउदै गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन ।
ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन्। गुरुङ परम्पराअनुसार वर्षका १२ महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन। यसपटक तमु (गुरुङ समुदाय)ले ‘तो (बिरालो वर्ग)को बिदाइ गर्दै गरुड बर्गको स्वागत  गरेर भव्य रूपमा पर्व मनाएका हुन्। तमु ल्होसारको पहिलो दिन छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिने र दोस्रो दिनलाई राजाको ल्होसारका रुपमा लिइन्छ। ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समीक्षा तथा विमर्श आदि हुन्। बाँसको टोकरीमा राखेको सेलरोटी, तामा या पित्तलको भाँडामा राखेको अचार, तरुललगायतका कन्दमूल र मासु यो पर्वमा मनाइने थाहा ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङले बताए । ल्होसार चाड मनाउन युवा पुस्ताको उल्लेखनीय सहभागिता थियो भने बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।  पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा भने माघ र फागुनमा यो पर्व  मनाइन्छ

 


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...