pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको फुर्केमा मनाइयो तमु ल्होसार

tamu1-1672407926.jpg

आज तमु ल्होसार । गुरुङ समुदायको नयाँ बर्ष ‘तमु ल्होसार’ पर्व हरेक १५ पुसमा मनाउने गर्छन् । गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा बिबिध कार्यक्रम गरेर थाहा ५ को फुर्केमा मनाइयको छ ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद इकाई समिति थाहा ५ फुर्केको आयोजना तथा नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला कार्यसमितिको सहआयोजनामा कार्यक्रम गरियको हो। तमु ह्युलका इकाई अध्यक्ष तथा केन्द्रिय सदस्य बल बहादुर गुरुङको अध्यक्षता तथा थाहा ५ का वडा अध्यक्ष बिष्णु बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तमु विद्यार्थीका केन्द्रिय सदस्य अमृता गुरुङ ,५ न वडाका निर्वाचित जनप्रतिनिधि हरु ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल,तमु विद्यार्थीका जिल्ला कार्यसमिति सदस्यहरु ,तमु समाजका जेष्ठ सदस्य गणेश बहादुर गुरुङ ,थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,पत्रकार शम्भु अधिकारी लगायतका उपस्थिति रहेको थियो।तमु ल्होसारको बारेमा र कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै तमु विद्यार्थीका केन्द्रिय सदस्य अमृता गुरुङले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको बताउदै यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने तथा ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित भएको बताउदै गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन साथै उनले गुरुङ समुदायको संस्कृति तथा रहनसहन लाई पुस्तानान्तरण गर्दै लानुपर्नेमा जोड दिइन।

ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन्। गुरुङ परम्पराअनुसार वर्षका १२ महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन। यसपटक तमु (गुरुङ समुदाय)ले ‘तो ल्हो’ (बाघ वर्ग)को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग)को स्वागत गरेर भव्य रूपमा पर्व मनाएका हुन्। तमु ल्होसारको पहिलो दिन छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिने र दोस्रो दिनलाई राजाको ल्होसारका रुपमा लिइन्छ। ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समीक्षा तथा विमर्श आदि हुन्। बाँसको टोकरीमा राखेको सेलरोटी, तामा या पित्तलको भाँडामा राखेको अचार, तरुललगायतका कन्दमूल र मासु यो पर्वमा मनाइने थाहा ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङले बताए । ल्होसार चाड मनाउन युवा पुस्ताको उल्लेखनीय सहभागिता थियो । पर्व सँगै जातीय भेषभुषा, पहिचान, संस्कार र संस्कृति जान्न र बुझ्नका लागि पनि युवाहरुको सक्रियता बढेको गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य तथा इकाई अध्यक्ष बल बहादुर गुरुङले बताए । ल्होसार चाड सामूहिकरुपमा मनाउँदा नयाँ पुस्ता र अन्य समुदायलाई पनि चासोको विषय बनेको उनको भनाइ थियो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा भने माघ र फागुनमा यो पर्व         मनाइन्छ

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...