pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहाको पर्यटन प्रवर्द्धनमा इट्टा थप्दै पालुङ-आग्रा मनसुन पदयात्रा

FB_IMG_1688830079147-1688830481.jpg

थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि पालुङ–आग्रा मनसुन पदयात्रा उत्साहजनक रुपामा सम्पन्न भएको छ ।

पदयात्रामा काठमाण्डौंका ४० जना र थाहा नगरका २० जना समेत ६० जनाको सहभागिता रहेको थियो । 

खुल्ला आकास कतै कतै बादलका फुर्काहरु, तल देखिने हरियाली फाँट र जंगल, जंगलमा चिरबिर चराचुरुङ्गीका आवाज, शितल मनोरम वातावरणमा पदयात्रा गर्दा निकै रमाईले अनुभव भएको पदयात्राको स्थानीय ब्यवस्थापक तथा फोटो पत्रकार गणेश बिष्टले बताउनुभयो । 

ह्याप्पी हाईकर्स काठमाण्डौंका गोपाल पन्तले प्राकृतिक सौन्दर्य सहित यस पदमार्ग क्षेत्रका धार्मिक यात्रा गर्दा अत्यन्तै रमाईलो भएको बताउनु भयो । उहाँले एक पटक पैदल यात्राको लागि यो मार्ग छुटाउनै नहुने बताउनुभयो ।

करिब ४ घण्टाको पैदल यात्रामा प्राकृतिक सौन्दर्यतासंगको सामिप्यता, जैबिक बिविधताको अध्ययन, भौगोलक बिविधताको अध्ययन, यहाँको सांस्कृतिक अध्ययन गर्नसकिने स्थानीय युवा माधव कार्कीले बताउनुभयो ।

पदयात्रीहरुलाई थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको स्वागत सहित रुपचन्द्र बिष्टको शालिक स्थल बिकास घर प्राङ्गणबाट सुरु भएको पदयात्रा थाहा ३ को गोरखनाथ धाम, पाण्डुकेश्वर मन्दिर, थाहा ३ मा रहेको भकारी ढुँगा, केशरी भञ्ज्याङ, थाहा ७ को मान्द्रो गुफा, उनिउ चौर हुँदै थाहा ७ डाडाबासमा पुगेर समापन भएको थियो ।

पदयात्रीहरुलाई गोरखनाथ धाम ब्यवस्थापन समिति, थाहा नगरपालिका वडा नं. २ कार्यालय, पाण्डुकेश्वर क्षेत्रबिकास समिति, डाँडाघरे बाको होमस्टमा खाना सहित, थाहा ७ को वडा कार्यालयले ढ्याङग्रो बाजा सहित उनिउ चौरमा र डाडाबासमा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाले बिशेष स्वागत गरेका थिए ।

पदयात्राको लागि थाहा नगरपालिकाका युवा फोटो पत्रकार गणेश बिष्ट, माधव कार्की, यादवजंग रायमाझी, केशर थिङ लगायतले समन्वय गरेका थिए ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...