Sunday, 05 May, 2024
थाहा नगर

थाहाको दुई वडामा मनोसामाजिक समस्या सम्बन्धि अभिमुखिकरण सम्पन्न ।

FB_IMG_1687950022735-1687957386.jpg

महिला बिकास कार्यालयको सहयोगमा २०६७ साल देखि बिधिवत रुपमा घरेलु हिंसा पिडित महिलाहरुको न्याय तथा मेलमिलाप र थाहा नगरपालिका बनेपछि नगरको सहयोगमा किशोरी लक्षित मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आइरहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले असार १३ गते थाहाको दुई वडामा लागुपदार्थ दुर्व्यसनी,लैङ्िगक हिंसा तथा मनोसामाजिक समस्या समाधान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
थाहाको वडा न ४ को कार्यालय तथा वडा न २ को कार्यालयमा छुट्टाछुट्टै कार्यक्रम गरेको हो।
कार्यक्रममा वडाका महिला,विद्यार्थी तथा किशोर किशोरी हरुलाइ ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल तथा थाहा नगरपालिका सामी कार्यक्रमका मनोपरामर्शदाता सुनिता बस्नेतले सहजीकरण गरेका थिए ।


अभिमुखिकरण कार्यक्रममा चार न वडामा अध्यक्ष नारायण लामाको अध्यक्षता तथा सामुदायिक क्याम्पस संघका केन्द्रिय कोषाध्यक्ष राजन मिश्रको प्रमुख आतिथ्यता रहेको र ६० जनाको सहभागिता रहेको र २ न वडामा पनि उल्लेख्य रुपमा सहभागिता रहेको आयोजक संस्थाकी अध्यक्ष रिता प्रधानले जानकारी दिनुभयो भने वडा न २ मा अध्यक्ष बम बहादुर सिङ्तानको अध्यक्षता रहेको थियो।
थाहा नगरपालिकाको वडा न १ ओखरबजारमा अवस्थित लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले किशोर किशोरीमा बढ्दै गैरहेको आत्महत्या ,लागुपदार्थ दुर्व्यसनी ,महिला 

हिंसा,बालबिबाह,अन्त्यको लागि विभिन्न अन्तरक्रिया ,गोष्ठी ,तथा चेतनामूलक कार्यक्रमलाई जोड दिदै आइरहेको संस्थाकी अध्यक्ष रिता प्रधानले बताइन।
संस्थाले गर्ने कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङले लैङ्िगक हिंसा,लागुपदार्थ ओसार पसार र दुर्व्यसन,बालबिवाह सम्बन्धि बिषयमा सहजीकरण गर्दै आइरहेको छ।

 


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...