pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको दुईवटा स्वास्थ्य केन्द्रको लागि च्वाइस नेपाल द्वारा उपकरण सहयोग

20251128_133451-1764422054.jpg

थाहा नगरपालिकालाई च्वाइस नेपालले वासिङ मेशिन र रुम हिटर सहयोग गरेको छ । थाहा नगरपालिका वडा नम्बर–४ को दामन शहरी स्वास्थ्य केन्द्र र थाहा–१२ को लिती आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरका लागि उक्त उपकरणहरु सहयोग गरिएको हो ।
थाहा नगरपालिका र च्वाइस नेपालबीचको साँझेदारीमा भएको विभिन्न कार्यक्रमहरुकोको समीक्षा तथा आगामि योजनाको विषयमा भएको छलफल कार्यक्रमको अवसरमा उपकरणहरु हस्तान्तरण गरिएको हो । च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्माले नगर प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपालीलाई उपकरण हस्तान्तरण गरेका हुन् । समग्री हस्तान्तरण गर्दै निर्देशक शर्माले च्वाइस नेपाल मार्फत भएको सहयोगको भरपुर उपयोग गरी नागरिकले लाभ प्राप्त गर्ने अपेक्षा गरे । सो अवसरमा नगर प्रमुख तथा उपप्रमुखले सहयोगी संस्थालाई धन्यवादसहित यस किसिमको सहकार्यको निरन्तरताको कामना गरे ।
समीक्षा कार्यक्रममा च्वाइस नेपालको सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी, आयआर्जन लगायतको क्षेत्रमा भएको लगानी तथा प्रतिफलको विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो । थाहा नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडाध्यक्षहरु तथा शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो । त्यस्तै च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्मा, मकवानपुर कार्यक्रम संयोजक सुकराम दुलाल, पालुङ कार्यक्रमका प्रताप घिमिरेलगायतकाको उपस्थिती रहेको थियो ।
च्वाइस नेपालले थाहा नगरपालिकामा सन् २०१५ देखि नगरपालिकाको अवश्यकताको आधारमा सहभागितामुलक साँझेदारी मोडलबाट शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, आयआर्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...