pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहाको जनकल्याणमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन (हेर्नुस आजको खेलमा कुनकुन विद्यालय बिजयी भए)

IMG_20220617_122938_967-1655482518.jpg

थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माबिको ब्यबस्थापनमा आजदेखी थाहा नगरपालिका माबी स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा चौथो मेयर कप भलिबल प्रतियोगिता  जनकल्याण माबिको खेल मैदानमा सुरु भएको छ।
ब्यबस्थापन विद्यालयका विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष राजिव कुमार स्याङ्ग्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहलाई प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट आदर्शले उद्घाटन गर्नुभयको छ।
उद्घाटन समारोहमा नगर उपप्रमुख भरत गोपाली,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरी,नगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी,रनिङ्ग शिल्ड आयोजक समितिका सदस्य सचिव सानोभाइ कार्की,आयोजक समिती सदस्य सुरेन्द्रमान प्रधान,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,४का नारायण लामा,५ का बिष्णु बहादुर गुरुङ्ग,१२ का टिकाराम स्याङ्तान,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,सुचना अधिकृत सुरज कुमार भुजेल,पत्रकार शम्भु अधिकारी ,सहभागी विद्यालयका खेल शिक्षक तथा प्रअ ,प्रतियोगिताका निर्णायक लगायत खेलप्रेमी तथा खेलाडी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले खेलाडी उत्पादनको क्षेत्रनै विद्यालय भएको हुदा नगरबाट खेलाडी उत्पादन गर्न प्रतियोगिताको ठूलो भुमिका रहेको औल्याउँदै बिकास,गतिशीलता र अनुशासन सहित खेल खेली खेलाइ आआफ्नो विद्यालयको नाम उच्च राख्दै भबिस्यमा हुने जिल्ला स्तरीय प्रतियोगितामा थाहा नगरको नाम राख्न सफल हुनेमा बिश्वास ब्यक्त गर्दै खेलाडीहरुलाइ शुभकामना दिय।
थाहा नगरको १४ विद्यालय सहभागी प्रतियोगितामा एथलेटिक्स ,भलिबल ,कबर्डी,र मार्शल आर्टका खेल समाबेश रहेको छ ।आज भएको उद्घाटन समारोहमा सहभागी विद्यालयहरुले मार्चपास गरेका थिय।प्रतियोगिताकै रुपमा रहेको मार्चपासमा नाट्यश्वर माबी टौखेल प्रथम,जनकल्याण माबी दोस्रो तथा सुनौला माबी कुन्छाल तेस्रो भएका छ्न।
तेसैगरी आजै भएको सटफुट थ्रो ( छात्र) तर्फ शुन्दरीदेवी माबी डाडाबासका गोबिन्दओड प्रथम,मत्स्यनारायण माबी सोल्टुका सुमन स्याङ्तान दोस्रो ,बागेश्वरी माबी नौखण्डेका अजय मोक्तान तेस्रो भए।तेसैगरी सटफुट छात्रा तर्फ कृपा बलामी झम्केश्वरी माबी प्रथम,डोल्मा तामाङ्ग जनकल्याण दोस्रो ,दिब्या लो जनकल्याण तेस्रो भए।
लङ्गजम्प (छात्रा) तर्फ सजना बिक नाट्यश्वर,समिक्षा बिष्ट जनकल्याण ,प्रीया खत्री जनकल्याण क्रमश:पहिलो,दोस्रो ,तेस्रो हुन सफल रहे भने (छात्र तर्फ)सरोज बस्नेत जनकल्याण प्रथम,अर्जुन लामा जनकल्याण दोस्रो ,कपिल स्याङ्तान बागेश्वरी तेस्रो भए 
त्रीपल जम्प (छात्र) तर्फ अभिषेक बलामी शुनौला प्रथम,अरेश गोपाली जनकल्याण दोस्रो ,र झम्केश्वरी का रुपक घलान तेस्रो भए त्रीपल जम्प (छात्रा) तर्फ बिनिता बलामी झम्केश्वरी प्रथम,समिक्षा बिष्ट जनकल्याण दोस्रो,सकिरा मिया जनकल्याण तेस्रो हुन सफल भए ।
हाइजम्प छात्रतर्फ जनकल्याणका रितेश घिसिङ प्रथम हुदा जनकल्याणकै सरिफ मिया दोस्रो तथा स्वच्छन्द भैरव चित्लाङ्गका बिकेश लामा तेस्रो भए भने छात्रातर्फ हाइजम्पमा जनकल्याणका सबिना श्रेष्ठ ,सन्ध्या गोले क्रमशः पहिलो र दोस्रो हुँदा झम्केश्वरीकि बिनिता बलामीले तेस्रो स्थानमा चित्त बुझाइन।तेसै गरि मार्शल आर्टको छात्र कराते तर्फ ४२ केजि तौल समुहमा सुसान्त दोङ्ग जनकल्याण प्रथम ,४७ केजि तर्फ बज्रबाराही माबिका इमन बलामी तथा ५२ केजि तौलको प्रतिस्पर्धामा सरस्वती माबी देउखेलका विशाल लो प्रथम भए भने कातातर्फ बज्रबाराहिका अन्जल श्रेष्ठ र जनकल्याणका सुशान्त श्रेष्ठले स्वर्ण हातपारे तेस्तै छात्रा कराते तर्फ ४० केजि तौल समुहको सौजिता गोले जनकल्याण ,४५ केजि तौल प्रमिला थोकर जनकल्याण र ५० केजि तौल समुहमा बज्रबाराहिकी बबिता बलामी बिजयी भए।
१०० मिटर छात्र दौडमा बज्रबाराहिका रशिश थापा मगर प्रथम,सुनौलाका राज बलामी दोस्रो ,तथा जनकल्याणका आरेश गोपाली तेस्रो भए भने छात्रातर्फ जनकल्याणकि प्रिया खत्री प्रथम,हिमालयनकी कृपा कार्की दोस्रा,इन्द्रायणी का कोपिला ढकाल तेस्रो भए।
आजै सम्पन्न मेयरकप छात्र भलिबल प्रतियोगितामा जनकल्याण ,सरस्वती ,सुन्दरीदेवी,बज्रबाराही बिजयी भए भने छात्रा भलिबल तर्फ मत्स्यनारायण,नाट्यश्वरी,जनकल्याण ,नाट्यश्वर बिजयी भएका छन ।आजको खेल सौहार्द रुपमा संचालन गर्न सहयोग गर्ने सहभागी विद्यालय हरुलाइ ब्यबस्थापकिय जिम्मेवारी पाएको जनकल्याण माबिले आभार पर्कट गरेको जनकल्याण माबिका प्रअ सानोभाइ कार्कीलेले बताए।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220617_122720_500-1655482586.jpg
IMG_20220617_121203_505-1655482587.jpg
IMG_20220617_105051_818-1655482621.jpg
IMG_20220617_122448_733-1655482621.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...