janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

थाहा नगर

थाहाको चार नेवारी बस्तीमा सोमबार दसैंको टीका लगाइँदै

1729496808396-1729497069.jpg

न्हुल गाउँमा दशैंको टीका लगाइदै, तस्विर:- सुनिता गोपाली

मकवानपुरको थाहा नगरपालिका– १० का चार नेवारी बस्तीमा सोमबार बडा दसैंको टीका लगाइएको छ । थाहा नगरपालिकाको अम्बे जात्रा (चम्पाकेश्वर महादेव जात्रा) का कारण चार नेवारी बस्तीका बासिन्दाले सोमबार मात्रै दसैंको टीका लगाएका हुन् ।

अम्बे जात्राका कारण टौखेल, न्हुलगाउ, कलाटु र विसिंखेलका नेवारी समुदायले असोज २६ मा दसैं मनाएका थिएनन् । नेवारी समुदायले कुनै पनि जात्रा र पर्व मनाउनु ८ दिनअघि ‘आँग’ (जाँड) राख्ने चलन अनुसार असोज २३ मा चम्पाकेश्वर महादेवको अम्बे जात्राका लागि ‘आँग’ रखिएपछि दसैं पछि सारिएको हो ।

कुनै पनि जात्राका लागि ‘आँग’ राखिसकेपछि अन्य देवीदेवताको पूजा गर्न नहुने नेवारी परम्पराका कारण दसैंको दुर्गा पूजा पछि सारिएको स्थानीय कुलचन्द्र अर्यालले बताए । यी चार गाउँमा गमाल र गोपाली समुदायको बसोबास रहेको छ ।

कार्तिक संक्रान्तिदेखि वरको छैटौं दिन महानवमी परेकाले दसैं पछि सारिएको अर्का स्थानीय अक्षय गोपालीले बताए । ‘आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि ‘आँग’ अर्थात् प्रसादका लागि जाँड राख्ने दिन हो । कार्तिक संक्रान्तिको आठ दिनअघि महानवमी नपरेको भए दसैं मान्थ्यौं,’ जात्राका गुरु श्यामबहादुर गोपालीले भने, ‘जात्रा सकेपछि सोमबार) टीका लगाइरहेका हौं ।’

गोपाली समुदायको बसोबास रहेको न्हुँलगाउ र टौखेल तथा गमालको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दसै सारेको चम्पाकेश्वर क्षेत्र विकास समितिका सचिव कर्ण गोपालीले जानकारी दिए । कार्तिक संक्रान्तिका दिन गोपाली समुदायका गुठियारहरूले ‘आँग’ ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ अर्थात् एक पटक मात्र कुटेको चिउरा प्रसादका रूपमा खाने गरिन्छ । उक्त प्रसाद खाएमा पेटको रोग निर्मूल हुने जनविश्वास छ ।
अम्बे जात्रा सूर्यमासका आधारमा प्रत्येक वर्षको कार्तिक १ गते मनाइन्छ । दसैं चन्द्रमास अनुसार आश्विन शुक्ल पक्षमा मनाइन्छ । चन्द्रमास अनुसार मलमास र क्षयमास परेको आसपासका वर्षमा यस्तो हुन जान्छ । यस वर्ष पनि दसैंको टीका चम्पाकेश्वर महादेवको अम्बे जात्राको ‘आँग’ राखिसकेपछि परेका कारण दसैं पछि मनाइएको हो ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...