janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

पर्यटन

थाहाको आग्रामा मिनि महोत्सव तथा पालिका स्तरीय भलिबल सुरु,

FB_IMG_1736692708936-1736692772.jpg

थाहा नगरपालिकाको वडा न ८ ऐसेलुखर्कमा मिनी महोत्सव सहित अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता सहित बिबिध सांस्कृतिक कार्यक्रम आज बाट सुरु भएको छ।
नमुना जनजागरण युवा क्लव र खेलकुद विकास समिती थाहा ८ को आयोजनामा प्रतियोगिता सहित बिबिध कार्यक्रमको उद्घाटन थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले गरेका छन।
महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख बिष्टले गाउँ केन्द्रीत यस्ता मेला महोत्सवले ग्रामीण भेगको पर्यटन प्रवर्दनमा टेवा पुग्ने बताउदै आग्रामा रहेको पर्यटकीय स्थलको प्रचारप्रसारमा पनि सहयोग पुग्ने बताउनुभयो।
उद्घाटन कार्यक्रमलाई शुभकामना दिदै थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले खेलले अनुशासन सिकाउने हुँदा अनुसासित भएर खेल खेल्न आग्रह गर्दै खेल पर्यटनले पनि थाहा लाई चिनाउन मद्दत पुग्ने बताए।
थाहा ८ का वडा अध्यक्ष हेम कुमार थिङले मेला,तथा खेलकुद प्रतियोगिताले पछाडी परेको आग्रा लाई चिनाउन मद्दत पुग्ने बताउदै कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सबैलाई धन्यवाद प्रदान गरे।
नमुना जागरण युवा क्लवको अध्यक्ष जयराम घलानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,नेकपा एमाले जिल्ला सदस्य डम्बर लामा,लगायतका उपस्तिथि रहेको थियो।

आग्राको पर्यटनलाई चिनाउनको लागि महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका सल्लाहकार रामकुमार घलानले बताउनुभयो।
घलानका अनुसार हाल थाहा नगरपालिकाको वडा न ७ र ८ तथा तत्कालीन आग्रा गाबिसमा रहेको पौराणिक,ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रचार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए।
आग्रामा डाडाबास पार्क,स्तम्भ डाडा बुद्ध पार्क,सप्तकन्या गुफा,काला कण्ठेश्वर महादेवको मन्दिर,गोक्सेखानी भग्नावसेस दरबार,बथानचुली झण्डाचुली,उन्यु चौर,कैलाश डाडा,६४ ज्योतिर लिङ्ग मध्यको एक कुटेश्वर महादेव,र नेपालकै तेस्रो झोलुङे पुल अवलोकन तथा घुमफिर गर्न सकिने घलानले बताए।
आयोजकले दिएको जानकारी अनुसार २८६१ औं सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका,राक्सिराङ गाउँपालिका,थाहा नगरपालिका,र थाक्रे गाउँ पालिका स्तरिय भलिबल प्रतियोगिता ७ वटा टिम खेलकुद विकास समिती थाहा ३ र ५,आयोजक निलो र रातो,ससक्त युवा क्लव,सल्ले राम्चे युवा क्लव र चण्डेश्वरी युवा क्लवको सहभागिता रहेको छ।
 पौष २८ गते देखि माघ २ गते सम्म थाहा नगरपालिका वडा न ८ को ऐसेलुखर्कमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय कलाकारहरु गायिका शान्ता रानी परियार,जितु लोप्चन,बाबुकृष्ण परियार,सानू केसी,सर्मिला गुरुङ(सरु),रजनी लामा र डान्सर हरु ममता रानामगर,पुजा सुनार, सविना राई,उद्घोषक पिम्सरा आले मगर र राममाया वाइवा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।
कार्यक्रममा तामाङ खाना,तामाङ संस्कृति झल्कने विभिन्न झाकी सहित बिबिध स्टलहरु रहेको छ।
महोत्सव आयोजनाबाट खेलाडी उत्पादन र पर्यटकीय क्षेत्रको उत्थान हुने आयोजकको बिश्वास रहेको छ।

FB_IMG_1736692647767-1736692772.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...