pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहाको आग्रामा मिनि महोत्सव तथा पालिका स्तरीय भलिबल सुरु,

FB_IMG_1736692708936-1736692772.jpg

थाहा नगरपालिकाको वडा न ८ ऐसेलुखर्कमा मिनी महोत्सव सहित अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता सहित बिबिध सांस्कृतिक कार्यक्रम आज बाट सुरु भएको छ।
नमुना जनजागरण युवा क्लव र खेलकुद विकास समिती थाहा ८ को आयोजनामा प्रतियोगिता सहित बिबिध कार्यक्रमको उद्घाटन थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले गरेका छन।
महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख बिष्टले गाउँ केन्द्रीत यस्ता मेला महोत्सवले ग्रामीण भेगको पर्यटन प्रवर्दनमा टेवा पुग्ने बताउदै आग्रामा रहेको पर्यटकीय स्थलको प्रचारप्रसारमा पनि सहयोग पुग्ने बताउनुभयो।
उद्घाटन कार्यक्रमलाई शुभकामना दिदै थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले खेलले अनुशासन सिकाउने हुँदा अनुसासित भएर खेल खेल्न आग्रह गर्दै खेल पर्यटनले पनि थाहा लाई चिनाउन मद्दत पुग्ने बताए।
थाहा ८ का वडा अध्यक्ष हेम कुमार थिङले मेला,तथा खेलकुद प्रतियोगिताले पछाडी परेको आग्रा लाई चिनाउन मद्दत पुग्ने बताउदै कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सबैलाई धन्यवाद प्रदान गरे।
नमुना जागरण युवा क्लवको अध्यक्ष जयराम घलानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,नेकपा एमाले जिल्ला सदस्य डम्बर लामा,लगायतका उपस्तिथि रहेको थियो।

आग्राको पर्यटनलाई चिनाउनको लागि महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका सल्लाहकार रामकुमार घलानले बताउनुभयो।
घलानका अनुसार हाल थाहा नगरपालिकाको वडा न ७ र ८ तथा तत्कालीन आग्रा गाबिसमा रहेको पौराणिक,ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रचार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए।
आग्रामा डाडाबास पार्क,स्तम्भ डाडा बुद्ध पार्क,सप्तकन्या गुफा,काला कण्ठेश्वर महादेवको मन्दिर,गोक्सेखानी भग्नावसेस दरबार,बथानचुली झण्डाचुली,उन्यु चौर,कैलाश डाडा,६४ ज्योतिर लिङ्ग मध्यको एक कुटेश्वर महादेव,र नेपालकै तेस्रो झोलुङे पुल अवलोकन तथा घुमफिर गर्न सकिने घलानले बताए।
आयोजकले दिएको जानकारी अनुसार २८६१ औं सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका,राक्सिराङ गाउँपालिका,थाहा नगरपालिका,र थाक्रे गाउँ पालिका स्तरिय भलिबल प्रतियोगिता ७ वटा टिम खेलकुद विकास समिती थाहा ३ र ५,आयोजक निलो र रातो,ससक्त युवा क्लव,सल्ले राम्चे युवा क्लव र चण्डेश्वरी युवा क्लवको सहभागिता रहेको छ।
 पौष २८ गते देखि माघ २ गते सम्म थाहा नगरपालिका वडा न ८ को ऐसेलुखर्कमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय कलाकारहरु गायिका शान्ता रानी परियार,जितु लोप्चन,बाबुकृष्ण परियार,सानू केसी,सर्मिला गुरुङ(सरु),रजनी लामा र डान्सर हरु ममता रानामगर,पुजा सुनार, सविना राई,उद्घोषक पिम्सरा आले मगर र राममाया वाइवा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।
कार्यक्रममा तामाङ खाना,तामाङ संस्कृति झल्कने विभिन्न झाकी सहित बिबिध स्टलहरु रहेको छ।
महोत्सव आयोजनाबाट खेलाडी उत्पादन र पर्यटकीय क्षेत्रको उत्थान हुने आयोजकको बिश्वास रहेको छ।

FB_IMG_1736692647767-1736692772.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...