pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका सुरज फोटो प्रतियोगितामा दोस्रो।

Screenshot_20220614-17545-1655211496.png

प्रतियोगितामा सुरजकुमार भुजेलले मकवानपुरबाट खिचेर पठाउनुभएको तस्बिर द्वितीय भएको छ । भुजेलको तस्बिरमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ की ८३ वर्षिया दिलमाया चेपाङले मतदान गर्दै गरेको देखिन्छ।

पुरस्कृतहरूमध्ये प्रथमलाई रु. १० हजार, द्वितीयलाई रु. छ हजार र तृतीयलाई रु. चार हजार प्रदान गर्ने व्यवस्था गरिएको छ । यस्तै, ‘पिपुल च्वाइस’ विधामा विजेताका लागि रु. पाँच हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

‘स्थानीय तह निर्वाचन २०७९ मा महिला सहभागितासम्बन्धी फोटो प्रतियोगिता’ को नतिजा ‘सन्धान’ ले आज सार्वजनिक गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा भएको महिला सहभागितासम्बन्धी फोटाहरूलाई अभिलेख गर्ने उद्देश्यले ‘सन्धान’ ले प्रतियोगिताको आयोजना गरेको हो ।

निर्णायकमण्डलमा फोटो पत्रकारहरू श्रुति श्रेष्ठ, कविता थापा र वर्षा शाह हुनुहुन्थ्यो । प्रतियोगिताका लागि कुल ५३ वटा तस्बिर प्राप्त भएका थिए । तीमध्ये पहिलो चरणमा ३२ वटा फोटाहरू छनोटमा परेका थिए । छनौटमा परेकामध्येबाट १७ वटा फोटालाई निर्णायकमण्डलले ‘पिपुल च्वाइस’ विधाका लागि प्रतिस्पर्धामा पठाएको थियो । ती फोटालाई ‘सन्धान’ को फेसबुक पेजमा जेठ २० गतेदेखि जेठ २७ गतेसम्म राखिएको थियो ।

फेसबुक पेजमा राखिएका फोटाहरूमा एक सेयर भएकोलाई दुई दशमलब पाँच, एक लाइकको लागि दुई र कमेन्टका लागि एक अङ्कभार राखिएको थियो । सबैभन्दा बढी अङ्क पाउनेलाई ‘पिपुल च्वाइस’ विधातर्फ पुरस्कृत गरिएको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...