Tuesday, 21 May, 2024
थाहा नगर

थाहाका सुरज फोटो प्रतियोगितामा दोस्रो।

Screenshot_20220614-17545-1655211496.png

प्रतियोगितामा सुरजकुमार भुजेलले मकवानपुरबाट खिचेर पठाउनुभएको तस्बिर द्वितीय भएको छ । भुजेलको तस्बिरमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ की ८३ वर्षिया दिलमाया चेपाङले मतदान गर्दै गरेको देखिन्छ।

पुरस्कृतहरूमध्ये प्रथमलाई रु. १० हजार, द्वितीयलाई रु. छ हजार र तृतीयलाई रु. चार हजार प्रदान गर्ने व्यवस्था गरिएको छ । यस्तै, ‘पिपुल च्वाइस’ विधामा विजेताका लागि रु. पाँच हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

‘स्थानीय तह निर्वाचन २०७९ मा महिला सहभागितासम्बन्धी फोटो प्रतियोगिता’ को नतिजा ‘सन्धान’ ले आज सार्वजनिक गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा भएको महिला सहभागितासम्बन्धी फोटाहरूलाई अभिलेख गर्ने उद्देश्यले ‘सन्धान’ ले प्रतियोगिताको आयोजना गरेको हो ।

निर्णायकमण्डलमा फोटो पत्रकारहरू श्रुति श्रेष्ठ, कविता थापा र वर्षा शाह हुनुहुन्थ्यो । प्रतियोगिताका लागि कुल ५३ वटा तस्बिर प्राप्त भएका थिए । तीमध्ये पहिलो चरणमा ३२ वटा फोटाहरू छनोटमा परेका थिए । छनौटमा परेकामध्येबाट १७ वटा फोटालाई निर्णायकमण्डलले ‘पिपुल च्वाइस’ विधाका लागि प्रतिस्पर्धामा पठाएको थियो । ती फोटालाई ‘सन्धान’ को फेसबुक पेजमा जेठ २० गतेदेखि जेठ २७ गतेसम्म राखिएको थियो ।

फेसबुक पेजमा राखिएका फोटाहरूमा एक सेयर भएकोलाई दुई दशमलब पाँच, एक लाइकको लागि दुई र कमेन्टका लागि एक अङ्कभार राखिएको थियो । सबैभन्दा बढी अङ्क पाउनेलाई ‘पिपुल च्वाइस’ विधातर्फ पुरस्कृत गरिएको हो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...