Monday, 20 May, 2024
थाहा नगर

थाहाका सहकारीहरुले कोपोमिस प्रणालीमा जान लिय तालिम,

IMG_20220702_161530_710-1656773478.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना गर्न स्थानीय स्तरदेखि राष्ट्रियस्तर सम्म इन्टरनेटमा आधारित एकीकृत बिधुतिय ब्यबस्थापन सूचना प्रणाली (COOPOMIS) प्रणालीको हिजोदेखी सहारा रिसोर्टमा भएको दुई दिने तालिमको आज समापन भएको छ ।थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सहभागी हरुलाइ प्रमाणपत्र प्रदान गर्दै तालिमको समापन गर्नुभयो 
समापन समारोहमा आफ्नो मन्तव्य राख्दै उपप्रमुख गोपालीले सरकारको तीन खम्बे अर्थनितिको महत्वपूर्ण खम्बा सहकारी भएकोले नगरमा संचालित सहकारीहरुको क्षमतावृद्धि बिकास गर्न नगरपालिका सदैब तत्पर रहेको बताउदै नगरको लगानी खेर जान नदिन आग्रह गर्दै प्रणालीमा गएर ब्यबस्थापन राम्रो गर्न आग्रह गर्नुभयो ।
तेस्तै थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले नयाँ प्रबिधिमा चल्न सके संस्थाको कामकारबाहीमा एकरुपताभै नियमनमा सहज हुने बताउदै सिकेको प्रबिधिलाइ ब्यबहारमा तत्काल लागुगर्न सुझाव दिदै सहभागी हरुलाइ शुभकामना दिनुभयो।
थाहा नगरपालिकाको सहयोगमा नगरपालिकाको नियमन भित्र पर्ने सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा प्रबर्द्धन प्रयोजनका लागि आधारभुत तथ्यांकहरु स्थानीय स्तरदेखी सूचना प्रणाली लागू गर्न सहकारी हरुलाइ तालिम दिइएको तालिम संयोजक उमेश श्रेष्ठले बताउनुभयो।श्रेष्ठले नगरपालिकाको नियमन क्षेत्र भित्र पर्ने सबै सहकारी संस्थाहरुको दर्ता ,मासिक तथा वाषिर्क प्रतिबेदन ,निर्वाचन ,बिनिमय संसोधन ,कार्यक्षेत्र बिस्तार ,नयाँ सूचना तथा परीपत्रहरु लगायतका कामहरु यसै प्रणाली मार्फत हुनेभएकोले नगरभित्रका सहकारीहरु लाई तालिम दियको बताए।
थाहा नगरपालिका मातहतमा रहेका सहकारी संस्थाहरुको कार्यालय प्रमुखहरुको सहभागिता रहेको तालिमलाइ प्रशिक्षक सगुन धाख्वाले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा कोपोमिसको प्रयोग र सहकारी अनुगमन,कोपोमिसको समष्टिगत विवरण भर्ने तरिका ,सहकारी सदस्यहरूको जानकारी भर्ने तरीका र संस्थाले मासिक प्रतिबेदन दाखिला गर्ने,बित्तिय प्रतिबेदन दाखिला  ,सम्पती शुद्धीकरण निवारण फारम दाखिला तथा आन्तरिक कार्यका विषयमा तालिम दियको थियो।

IMG_20220702_155407_70-1656773508.jpg
IMG_20220702_155016_589-1656773508.jpg

world-link-1690434568.jpg
रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....