pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले सिविरको आयोजना हुदै

FB_IMG_1690797075577-1690797096.jpg

थाहा नगर उद्योग वाणिज्य संघले आउँदो साउन २१ गतेदेखि २४ गतेसम्म व्यवसायीहरु लक्षित गरी संयुक्त सिविर संचालन गर्ने भएको छ । संघले हरेक वर्ष झैँ यो वर्ष पनि आफ्ना सदस्य तथा उत्तरी मकवानपुरमा रहेका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले सिविरको आयोजना गरेको हो । सिविरमा आन्तरिक राजश्व कार्यालय अन्तर्गतको कर भुक्तानी, मदिरा तथा चुरोट सुर्ति विक्रीका लागि अन्तशुल्क, नयाँ व्यवसायिक पान नम्बर, अनुमानित आय तथा सामाजिक सुरक्षा कर भुक्तानीको व्यवस्था सिविरमा हुनेछ । यसैगरी, आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिएका सबैले बायोमेट्रिक विवरण बुझाउनु अनिवार्य रहेको हुँदा सो सेवा समेत यो पटकको सिविरमा हुने भएको हो । गत आर्थिक वर्षसम्मको कर भुक्तानी गरिसकेका वा गरेर बायोमेट्रिक गर्न सकिनेछ । 
सिविरमा नेपाल गुणस्तर तथा नाप तौल विभागको कार्यालय समेत रहनेछ । ढक तथा तराजु, डिजिटल काँटा लगायतका नापतौल उपकरणहरु व्यवसायीहरुले वर्षेनि सो कार्यालयबाट प्रमाणिकरण गराउनु पर्ने कानुनी प्रावधान छ तर, विभागको कार्यालय वीरगञ्जमा रहेको र वीरगञ्जसम्म ढक तराजु पु¥याएर प्रमाणिकरण गराउन व्यवसायीहरुलाई असुविधा भएपछि संघले केहि वर्षदेखि नियमित रुपले थाहानगरमै यो सेवा समेत ल्याउने प्रवन्ध मिलाइएको संघका अध्यक्ष कविराज खत्रीले बताउनु भयो । प्रमाणिकरण र प्रमाणिकरण नवीकरण नगराई व्यवसायीले खरिद विक्रीमा ढक तराजु काँटा प्रयोग गरेमा महंगो जरिवानाको व्यवस्था छ । 
यसैगरी, सिविरमा ५ लाख रुपियाँभन्दा बढीको पुजी रहने नयाँ व्यवसायिक फर्म दर्ता, थाहा नगरपालिकामा ५ लाखसम्मको नयाँ फर्म दर्ता र नवीकरणका लागि सेवा उपलब्ध हुने भएको छ । सिविरमा थाहानगर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई नवीकरणमा जरिवाना छुट समेतको व्यवस्था गरि नयाँ सदस्यता वितरणका लागि समेत सेवा दिइने छ । 
नयाँ व्यवसायीहरुले फर्म दर्ताका लागि नागरिकताको प्रतिलिपि ४ प्रति, पासपोर्ट साइजको फोटो ६ प्रति, भाडाको घरमा भए घरधनीसँगको भाडा रुपियाँसहितको सम्झौता पत्र र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, एकाध घरमा भए जग्गाधनी प्रमाणपुर्जासहित जग्गाधनीको मञ्जुरीनामा पत्र आवश्यक हुनेछ । 

 

default.png
दिलिप कुमार श्रेष्ठ
dilipshrestha592@gmail.com

दिलिप कुमार श्रेष्ठ थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9843277126

thaha-slider-copy-1690797660.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...