Monday, 20 May, 2024
थाहा नगर

थाहाका युवाले बुझाए मेयर,उपमेयरलाई बिकासको साचो,

IMG_20220603_113007_498-1654238831.jpg

थाहा नगरका स्थानीय युवाहरुले थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख समक्ष बिकासको साचो बुझाएका छन।
युवाहरूले साचो सङ्गै नगरको समग्र बिकासको लागि ध्यानाकर्षण समेत गरायका छन।
नगरप्रमुख बिष्णु बिष्ट आदर्शको कार्यकक्षमा दियको ध्यानाकर्षण पत्रमा थाहा नगरपालिकाको समग्र बिकासको निम्ति स्थानीय जनप्रतिनिधि हरुको ध्यानाकर्षण गराइयको छ।ध्यानाकर्षण पत्रमा भनियको छ " प्रदेश राजधानी हेटौंडा र संघिय राजधानी काठमाडौ बाट समानान्तर दुरिमा रहेको यश थाहा नगरपालिका कृषि ,धार्मिक,पर्यटन प्रचुरमात्रामा रहेको तथा तत्कालीन ६ गाबिस आग्रा,दामन,पालुङ्ग,टिस्टुङ्ग,बज्रबाराही,चित्लाङ्ग,मिलेर बनेको नगरपालिका बत्तिमुनिको अँध्यारो भएको भएको छ।
थाहा नगरको मुल नारा कृषि ,पर्यटन र पुर्वाधार थाहा नगरको बिकाशको आधार नारामा मात्र सिमित भै कृषि मा मलको अभाव ,पर्यटन मा पहाडको रानी भनेर चिनिने दामन अस्तब्यस्त ,कृषि बजारको अभाव ,बीउ,मल सिचाइको प्रयाप्त मात्रामा ब्यबस्था नहुनु,र थाहाको समृद्धिको नारा चुनावी नारामा मात्र सिमित नहोस भन्दै ध्यानाकर्षण गरियको छ ।ध्यानाकर्षण पत्रमा भनियको छ,"आगामी ५ बर्षमा थाहाका जनताले महसुस हुने गरि ,दीर्घकालीन फाइदा तथा रोजगारीको अबसर श्रीजनागरि औद्योगिकरण गर्दै अव्यवस्थित रुपमा खनियका सडक ब्यबस्थित गर्दै कागजमा मात्र उत्कृष्ट नगरपालिका नबनाइ ब्यबहारमा पनि उत्कृष्ट बनाउन नगरबासी ,प्रदेश,संघ तथा अन्तर्राष्ट्रिय स्तरमा हातेमालो गर्दै,पुरानाको अनुभव ,नयाँ युवाहरु सङ्ग सहकार्य र हातेमालो गर्दै दीर्घकालीन योजना र छनौट गर्न ध्यानाकर्षण सहित बिकासको साचो हस्तान्तरण गरेका छन।
कार्यक्रममा स्थानिय बिकासप्रेमी,युवाहरु,बिक्रम केसी,उद्द्व बिडारी,अनिल लामा,युगल ढकाल,बद्री ढकाल  लगायतका युवाहरुको सहभागीता रहेको थियो।
ध्यानाकर्षण पत्र र बिकासको साचो बुझ्दै नगरप्रमुख बिष्णु बिष्ट आदर्शले युवाहरुको यसकिसिमको खवरदारिले आफुमा काम गर्न उर्जा मिल्ने बताउदै ,अगाडिको ५ बर्ष सिकेर बितायको अब देखिने काम गर्ने बताउदै युवाहरुले दियको बिकासको साचोले नगरको बिकासे ढोका खोल्न युवाहरुको साथ र सहयोग आबश्यकता रहेको बताउदै,युवाहरुको मागमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो साथै युवाहरुले राखेको माग र ध्यानाकर्षणको बारेमा आगामी कार्यपालिका बैठकमा प्रस्ताव राखिने पनि बताए।
कार्यक्रममा नगर उपप्रमुख भरत गोपालीको पनि उपस्थिती रहेको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

CamScanner-06-03-2022-11.-1654238833.jpg

world-link-1690434568.jpg
महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...