pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका महिला जनप्रतिनीधिहरुलाई ३ दिने क्षमता विकास तालिम

311944060_587493793921812-1666235686.jpg

 मकवानपुर थाहा नगरपालिकाका महिला जनप्रतिनीधिहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम भएको छ । पालिकाको आयोजनामा उद्घोषण, नेतृत्व विकास तथा कानूनी शिक्षा सम्बन्धि तालिम ३१ असोजदेखि २ कात्तिकसम्म इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङमा भएको हो ।

सिम्लाङको डि–लेकसाइड सिम्लाङ होटलमा भएको तालिममा थाहा नगरपालिकाका महिला जनप्रतिनीधि २४ जना र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । तीनदिनसम्म संचालन भएको तालिम महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाको व्यवस्थापनमा भएको हो । तालिमका सहभागीहरुलाई कुमार नेगी, सुरज कुमार भुजेल र अधिवक्त प्रवीण हुमागाईले सहजीकरण गरेका थिए । तालिममा सैद्धानितकसंगै प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । सहभागीहरु तथा महिला जनप्रतिनीधि रितु कार्कीले तालिम निकै प्रभावकारी भएको धारणा राखिन् । उनले जनप्रतिनीधि भन्ने वित्तिकै अरुले सोच्ने र आफूमा हुने सीपबीच अन्तर हुने भएकोले सीप र कानूनी शिक्षा सम्बन्धी तालिम पाएर थप मद्दत मिलेको बताइन् । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा अधिकृत हरि बहादुर खपाङ्गी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा मोक्तानलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि काफ्लेले तालिम भएपनि सिकाई उपलब्धी देखिएकोमा खुशी व्यक्त गरे । उनले जनप्रतिनीधिहरुलाई नेतृत्व विकाससंगै बैठक संचालन, सभा संचालन, योजना तर्जुमा तथा अन्य आधारभूत विषयमा समेत तालिम दिन सके अझ प्रभावकारी हुने भएकोले त्यस विषयमा समेत कार्यालयले योजना बनाउने बताए । उनले जनप्रतिनीधिहरुलाई पूर्वाधार मात्र नभई यो पनि विकासकै चरण भएको सुझाए । समापन कार्यक्रमको अवसरमा रितु कार्की, अन्जु श्रेष्ठ, अनिता बललगायतले डेमो कार्यक्रम संचालन गरेका थिए भने सहभागीको तर्फबाट कविता विष्टले तालिमको प्रभावकारितकाो विषयमा मन्तव्य व्यक्त गरेकी थिइन् । समापन कार्यक्रमको अवसरमा तालिमलाई व्यवस्थित रुपमा संचालन र सिकाईलाई व्यवहारमा उतार्न महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा मोक्तानले आग्रह गरिन् । शाखा प्रमुख मोक्तानले तालिम सफल बनाउनको लागि सहयोग गर्ने सहभागी तथा सम्पूर्णमा धन्यवाद व्यक्त गरिन् । थाहा नगरपालिका सामाजिक विकास समिति सदस्य पवित्रा ठकुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरुको तर्फबाट कुमार नेगीले मन्तव्य व्यक्त गरेका थिए । यसअघि ३१ असोजमा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले तालिमको उद्घाटन गरेका थिए । उनले तालिमलाई उपलब्धी मूलक बनाउकनका लागि आग्रह गरेका थिए ।

 

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...