pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका बाल क्लवका पदाधिकारीहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु।

328939888_191181256583338-1675348411.jpg

थाहा नगरपालिका महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपाङ्ग्ता परिचयपत्र वितरण शाखाको आयोजनामा नगरपालिका भित्र रहेका बालक्लवका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि तीन दिने तालिम १९ माघ देखि शिखरकोटको शंकर होटलको सभाहलमा सुरु भएको छ। थाहानगरमा रहेका १२ वटा वडामा गठित बालक्लवका पदाधिकारी लाई बालअधिकार लगायत नेतृत्व विकास सम्बन्धी तालिम दिइने कार्यक्रम संयोजक तथा महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिए । तालिमको उद्घाटन गर्दै थाहा नगरपालिका उपप्रमुखले विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीका लागि बालअधिकार सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरेर बालअधिकारको प्रर्बद्धन र बालअधिकार सम्बन्धी शिक्षा प्रदान गरेकोमा अयोजकलाई धन्यवाद दिए । बालअधिकार उल्लंघनका घटनालाई न्यूनिकरण गर्नका लागि सबैको निगरानी आवश्यक रहेको उपप्रमुख गोपालीको भनाइ थियो । नगर बालक्लवका अध्यक्ष खुशी गोपालीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा प्रमुख अतिथी उपप्रमुख भरत गोपाली,कार्यपालिका सादस्यहरु पवित्रा सिंह ठकुरी कार्की , जनक बहादुर कामी,सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,सुचना शाखा प्रमुख सुरज कुमार भुजेल,तालिम सहजकर्ता कुमार नेगी ,कृषि शाखा प्रमुख संजय तिवारी लगायतका उपस्थित रहेको थियो। तीन दिन सम्म संचालान हुने तालिममा बाल अधिकार र कर्तव्य ,बालमैत्री स्थानिय तहका सुचकहरु,बालाक्लव गठन र प्रक्रिया ,बालक्लवमा योजना निर्माण लगायतका विषयमा सहजीकरण गरिने तालिमका सहजकर्ता कुमार नेगीले जानकारी दिनुभयो। तालिममा १२ वडाका २४ जना बालबालिकाको सहभागी रहेको छ।

प्रविष्ट गर्नुहोस्

 

You forwarded an image

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...