Sunday, 05 May, 2024
थाहा नगर

थाहाका जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने नीति

FB_IMG_1687792922319-1687792934.jpg

थाहा नगरपालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरुका बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गर्न गराउन प्रोत्साहन गर्ने भएको छ । थाहा नगरपालिकामा शैक्षिक सुधारका लागि नगरस्तरीय रोष्टर तयार गरी विज्ञहरुवाट तहगत विषयगत तथा सूचना प्रविधिमा आधारित नियमित तालिम संचालन तथा परीक्षाहरु व्यवस्थित गर्ने नगरपालिकाले जनाएको छ ।

प्रश्नपत्र निर्माण कार्यशाला आयोजना गरी प्रथम त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक परीक्षा सञ्चालनमा एकरुपता कायम गरी व्यवस्थित गर्ने, नमूना कक्षा, नमूना विद्यालय विकासमा स्थानीय तहमा जोड दिने, शिक्षकहरुको तहगत र विद्यालयगत दरबन्दी प्रोत्साहन सहित समायोजन गर्ने नगरपालिकाको नीति पारित भएको छ ।

त्यस्तै शून्य दरबन्दीमा सञ्चालित आधारभूत तह, माध्यमिक तह र १२ कक्षासम्म सञ्चालित विद्यालयहरुलाई कक्षा व्यवस्थापनका लागि आवश्यक प्रोत्साहन अनुदान व्यवस्था गरिने भएको छ ।

प्रधानाध्यापकको नियुक्ति प्रतिस्पर्धाको आधारमा गरिने र उचित पारिश्रमिक प्रोत्साहन भत्ताको व्यवस्था गर्ने नगरपालिकाको नीति छ । उत्कृष्ट सिकाइ उपलब्धि हासिल गरेका बाल विकास सहजकर्ता, कर्मचारी र शिक्षकहरुबीच अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकमा सचेतना कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति छ ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...