pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आवद्ध हुन सूचना आव्हान

khanepani-1690868620.jpg

 

थाहाका खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आवद्ध हुन सूचना आव्हान मकवानपुर थाहा नगरपालिकामा संचालित खानेपानी उपभोक्ता समितिहरुलाई थाहानगर खानेपानी व्यवस्थापन बोर्डमा आवद्ध हुनका लागि सूचना आव्हान भएको छ ।

खानेपानी बोर्डको कार्यकारी समितिबाट भएको निर्णयका आधारमा नगरपालिकाले बोर्डमा आवद्ध हुनका लागि १५ साउनमा सूचना आव्हान गरेको हो । सूचना अनुसार थाहा नगरपालिकाको १ देखि १२ नम्बर वडासम्मका खानेपानी उपभोक्ताहरुले बोर्डमा आवद्ध हुनका लागि निवेदन पेश गर्न सक्नेछन् । आवद्धताको लागि “खानेपानी आयोजनाहरुको प्रारम्भिक मूल्याङ्कन तथा बोर्डमा आवद्धता सम्बन्धी निर्देशिका २०८०” बमोजिम उपभोक्ता समितिहरुले आवश्यक कागजातसहित आवद्धता हुनका लागि निवेदन दिनूपर्ने हुन्छ ।

निर्देशिका अनुसार बोर्डमा आवद्धताको लागि उपभोक्ता समितिहरुले वार्षिक साधारण सभा वा विशेष सभाले बोर्डमा आवद्ध हुने भनी गरेको सर्वसम्मत वा बहुमतको निर्णय, उपभोक्ता समितिको लेखापरीक्षण प्रतिवेदन, सम्बन्धित खानेपानी आयोजनालाई बोर्डमा आवद्ध हुन वा गराउन आयोजना रहेको वडा कार्यालयले बोर्डका नाममा लेखी पठाएको सिफारिस पत्र र उपभोक्ता समितिको निवेदन संलग्न गरी आवद्धताको लागि पेश गर्नुपर्नेछ । थाहानगरको खानेपानी सेवालाई एकीकृत रुपमा संचालनको लागि उपभोक्ता समितिहरुलाई बोर्डमा आवद्धता गराउन लागिएको थाहानगर प्रमुख तथा बोर्डका अध्यक्ष विष्णु बहादुर विष्टले जानकारी दिए । विष्टले नगर क्षेत्रका उपभोक्ता समितिहरुलाई निर्देशिका बमोजिमको प्रक्रिया पूरा गरी बोर्डमा आवद्ध हुन आग्रह गरेका छन् ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...