Sunday, 19 May, 2024
थाहा नगर

थाहाका खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आवद्ध हुन सूचना आव्हान

khanepani-1690868620.jpg

 

थाहाका खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आवद्ध हुन सूचना आव्हान मकवानपुर थाहा नगरपालिकामा संचालित खानेपानी उपभोक्ता समितिहरुलाई थाहानगर खानेपानी व्यवस्थापन बोर्डमा आवद्ध हुनका लागि सूचना आव्हान भएको छ ।

खानेपानी बोर्डको कार्यकारी समितिबाट भएको निर्णयका आधारमा नगरपालिकाले बोर्डमा आवद्ध हुनका लागि १५ साउनमा सूचना आव्हान गरेको हो । सूचना अनुसार थाहा नगरपालिकाको १ देखि १२ नम्बर वडासम्मका खानेपानी उपभोक्ताहरुले बोर्डमा आवद्ध हुनका लागि निवेदन पेश गर्न सक्नेछन् । आवद्धताको लागि “खानेपानी आयोजनाहरुको प्रारम्भिक मूल्याङ्कन तथा बोर्डमा आवद्धता सम्बन्धी निर्देशिका २०८०” बमोजिम उपभोक्ता समितिहरुले आवश्यक कागजातसहित आवद्धता हुनका लागि निवेदन दिनूपर्ने हुन्छ ।

निर्देशिका अनुसार बोर्डमा आवद्धताको लागि उपभोक्ता समितिहरुले वार्षिक साधारण सभा वा विशेष सभाले बोर्डमा आवद्ध हुने भनी गरेको सर्वसम्मत वा बहुमतको निर्णय, उपभोक्ता समितिको लेखापरीक्षण प्रतिवेदन, सम्बन्धित खानेपानी आयोजनालाई बोर्डमा आवद्ध हुन वा गराउन आयोजना रहेको वडा कार्यालयले बोर्डका नाममा लेखी पठाएको सिफारिस पत्र र उपभोक्ता समितिको निवेदन संलग्न गरी आवद्धताको लागि पेश गर्नुपर्नेछ । थाहानगरको खानेपानी सेवालाई एकीकृत रुपमा संचालनको लागि उपभोक्ता समितिहरुलाई बोर्डमा आवद्धता गराउन लागिएको थाहानगर प्रमुख तथा बोर्डका अध्यक्ष विष्णु बहादुर विष्टले जानकारी दिए । विष्टले नगर क्षेत्रका उपभोक्ता समितिहरुलाई निर्देशिका बमोजिमको प्रक्रिया पूरा गरी बोर्डमा आवद्ध हुन आग्रह गरेका छन् ।

 


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...