pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाकाे कुन्छालमा २ दिने रैथाने कृषि तथा सास्कृतिक मेला

318330017_639674271178361-1670503551.jpg

उत्तरी मकवानपुरको थाहा नगारपालिका १ कुन्छालमा रैथाने कृषि तथा सास्कृतिक मेला हुने भएको छ । शुक्रबार उद्घाटन हुनेगरी २ दिने रैथाने कृषि तथा सास्कृतिक मेलाको आयोजना गरिएको हो । कला, सस्कृती, भेषभुषाको साथमा स्थानीय बिशेष पकवानको स्वाद लिन पाइने भएकाले उक्त मेला विशेष हुने बताइएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले महोत्सवको उद्घाटन गर्नुहुने भएको छ । कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाई समितिको आयोजना तथा थाहा नगरपालिका, १ नं. वडा कार्यालय र लवग्रिन नेपालको सहआयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा रैथाने कृषी उपज प्रदर्शनी, परम्परागन सांस्कृतिक झाँकी प्रदर्शनी, गोपाली खाना महोत्सव, कुन्छाल फोटो प्रदर्शनी, स्थानीय कृषी उपज प्रदर्शनी, हस्तकला सामग्री प्रदर्शनी समावेश रहेको १ नं वडाका अध्यक्ष हेरामान गोपालीले जानकारी दिनुभयो । उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित बज्रबाराहीको गोपाली गाँउ ऐतिहासिक गाँउ हो ।

उस्तै प्रकारका र एकै रंगका छाना भएका टम्म मिलेका घरहरु नै यो गाँउको विशेषता हो । त्यतीमात्र होइन ऐतिहासिक गोपालवंशी अर्थात ग्वाला जातीको मात्र बशोबास भएको यो गाँउ साँच्चै आकर्षक छ । पछिल्लो समय गोपाली जातीको वसोवास रहेको यो गाँउमा हो स्टेहरु निक्कै फस्टाएको छ । तालिम लिएर केही स्थानीयले आकर्षक होम स्टे चलाउन थालेपछि स्वदेशी तथा विदेशी पर्यटकहरु पनि यो गाँउमा बढ्न थालेका छन् । त्यसो त यो गाँउमा केही वर्ष पहिलेसम्म् परम्परागत रुपमा खेसका कपडा उत्पादन गर्न प्रयोग हुने तान र चर्खाका आवाज सुन्न सकिन्थ्यो । अचेल त्यो हराएको छ । आफ्नो समुदायमा सबैजना मिलेर बस्ने, गुठी भोज खाने, खुकुरा नपाल्ने यो जातिको विशेषता हो ।

मकवानपुर जिल्लाको उत्तरी भेग शिखरकोट, न्हुलगाउँ, टौखेल, पापुङ्ग, कुन्छाल, गहते र कुलगाउँमा पनि गोपाली जाति छन् । तर कुन्छाल गाँउका युवा पुस्ताको पर्यटन विकासमा आकर्षण बढेको छ । ऐतिहासिक गोपालवंशका जाति मानिने गोपालीको पहिचान र आम्दानीको स्रोत खेतीपाती र पशुपालन भएपनि अचेल होम स्टेतिर पनि आकर्षण बढ्नु खुसीको कुरा भएको स्थानीय पर्यटन प्रवर्दन समितिका अध्यक्ष तथा नेकपा एकिकृत समाजवादी थाहा नगर कमिटीका अध्यक्ष सानुकाजी गोपाली बताउनुहुन्छ । यहाँका महिलाहरु हाकुपटासीमा पुजा आजा देखी पँधेरामा पुग्ने गर्थे । जुन कपडा यही गाँउमा बुनिन्थ्यो । तर महिलाहरु आधुनिकता संगै कुर्ता सुरुवाल र सुतीका साडीमा देखिन थालेका छन् । गाउँलेको व्यावसाय मात्र नभएर पर्यटनको सम्भावना पनि रहेको घरबुनाको परम्परा जोगाउन केही संस्थाको पहलमा तालिम पनि दिएको थियो । तर अहिले उक्त सिप कसैले प्रयोग गर्दैनन् ।

परम्परागत रुपमा गोपाली महिलाहरुको विवाहमा तीन धार्नी धागो दाईजो दिने प्रचलन थियो । उक्त धागोलाई स्थानिय भाषामा “मादाँ” अर्थात मूल पँुजी भन्ने गरिन्छ । सोही पँुजीको आधारमा पेवा बनाउने र घरखर्च चलाउने भएकाले यसले पारिवारिक रुपमा आर्थिक उपार्जनको परम्परा बसाएको भनाइ छ । तर समाजमा यस्ता परम्परा विस्तारै विस्थापित हुँदै गएकोमा उनीहरु समेत खिन्न छन् । पछिल्लो पटक चर्चा पाएको पर्यटनलाई बढवा दिन सके कुन्छालको मात्र होइन समग्र थाहा नगरकै विकासले काँचुली फेर्ने निश्तीच छ । यसैको प्रचारप्रसार र प्रवद्र्धनका लागि यो महोत्सव आयोजना गरिएको स्थानानीय प्रतिक गोपालीले जाकारी दिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...