Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थानाबजारमा ३९० घण्टे सिलाई कटाई तालिमको समापन

FB_IMG_1717205434377-1717205695.jpg

थाहा नगरपालिका ३ थाना बजारमा जारी  महिलाहरुका लागि ३ सय ९० घन्टे सिलाइ कटाइ प्रशिक्षणको समापन भएको छ ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको व्यवस्थापनमा भएको प्रशिक्षण तालिम २०८० को  १५ चैत देखि सुरु तालिमको १८ जेठमा समापन गरिएको हो।

 

आवासीयसहितको प्रशिक्षणमा विभिन्न पालिका थाहा,इन्द्रसरोबर,कैलाश,तथा धादिङ र नुवाकोट जिल्लाको सहित १६ जना महिलाहरुको सहभागीता रहेको तालिमलाई  प्रशिक्षक आरति श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो।

 

१८ जेठमा तालिमको समापन गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले तालिमले स्वरोजगार बनाउन सहयोग हुने हुँदा प्रशिक्षार्थीहरुले नियमित रुपले सिकेको सिपलाइ व्यवहारमा उतारे मात्र प्रशिक्षणको प्रभावकारिता हुने बताउदै स्थानीय सरकारले उद्यमी बन्नको निम्ति हरकिसिमको सहयोग गर्न तत्पर रहेको बताउनुभयो।

 

समापन कार्यक्रममा प्रशिक्षण आयोजक मन्त्रालयका सचिव एवम् बिशिष्ट अतिथि राजेन्द्र कुमार केसीले महिलाहरुलाई सीपयुक्त नागरिक बनाउने उद्देश्य अनुरुप प्रदेशमै पहिलोपटक यति ठूलो  तालिमको आयोजना गरिएको बताउदै महिलाहरुलाई आगामी दिनमा स्थानीय सरकार संगको साझेदारीमा प्रविधी हस्तान्तरण समेतका कार्यक्रम मार्फत स्वरोजगार बनाउन तत्पर रहेको उल्लेख गरे।

 

उद्योग,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोविन्द सिग्देलको अध्यक्षतामा सम्पन्न समापन  कार्यक्रममा थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, महासंघका कोषाध्यक्ष कविराज खत्री, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

FB_IMG_1717205786002-1717205813.jpg
FB_IMG_1717205762985-1717205813.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg