pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

तेस्रो थाहा महोत्सवमा सनिवार २८ हजार अवलोकनकर्ता

45395535_257056808311480_-1541323910.jpg

थाहा नगर वाणिज्य संघको मुख्य आयोजनामा थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी तेस्रो थाहा महोत्सवमा एकै दिन २८ हजारले अवलोकन गरेका छन् ।

शनिबार विदाको दिन भएकोले सरकारी कार्यालयका कर्मचारीहरु, बैंक तथा वित्तीय कार्यालयका कर्मचारीहरु, गैरसरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक, विद्यार्थीलगायतको विशेष उपस्थिति रहेको थियो ।महोत्सवको आठौं दिन शनिबार यति ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका हुन् । शनिबार अवलोकनकर्ताहरुको भीडले थाहानगरकै ठूलोमध्येको इन्द्रायणी चौर महासागर उर्लेझै लागेको अवलोकनकर्ताहरुले बताए । थाहा महोत्सवमा यति धेरै मानिसहरु पहिलो पटक देखे, २८ हजार अवलोकनकर्ताहरु आउनु भयो,’ स्टल व्यवस्थापक विद्यार्थी शाहले भने ।

महोत्सवमा सबै उमेर समूहका मानिसहरुको भीड लागेको थियो । ससाना बालबालिका र बृद्ध बृद्धाहरु जुनसुकै समयमा विनापास सहजै महोत्सवमा प्रवेश गर्न सकिने आयोजकले बताएको छ । भीडभाडको कारण मुख्य प्रवेशद्वारबाट स्टलको बाटो हुँदै साँस्कृतिक कार्यक्रमस्थलसम्म पुग्न झण्डै आधा घण्टा लागेको महोत्सव अवलोकन गर्न आएका अवलोकनकर्ताले बताए । बाहिर जाने बाटोमा अत्याधिक भीड भएकाले कतिपय अवलोकनकर्ताहरुले बाहिर निस्कँदा छुट्टै बाटोको व्यवस्था हुनुपर्ने माग समेत गरेका थिए । लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुती रहने खबरले पनि धेरै व्यक्तिहरु महोत्सवतर्फ तानिएका थिए । दर्शकहरुको भीड देखेर गायक खरेलले मञ्चबाटै भनेका थिए, ‘यत्तिको भीड महोत्सवमा कमै हुन्छ ।’ खरेलको प्रस्तुतीमा दर्शकहरु उफ्रीउफ्री नाचेका थिए । शनिबार नै जादुगर बलराम सरकार र लोकदोहोरी गायिक रुपा घर्तिमगरको विशेष प्रस्तुती रहेको थियो । कलाकार मुक्तिनाथ उप्रेती, रुपक उप्रेती, सुशान्त गोपाली, सुशल थोकर, भीषण विष्टलगायत गायकहरुको प्रस्तुती जीवन्त रहेको थियो भने स्ट्रङ सोउल डान्स क्र्यू, नेप्से कल्चर लगायत नृत्य समूहके नृत्यले दर्शकहरुलाई मञ्चकै सरेफेरोमा विशेष तानेको थियो । साँढे २ करोडको कारोबार जारी तेस्रो थाहा महोत्सवमा शनिबार एकै दिन साँढे २ करोड रुपियाँ बराबरको कारोबार भएको छ । १० कार्तिकमा महोत्सव शुरु भए यता आठौं दिन शनिबार सबैभन्दा बढी कारोबार भएको स्टल व्यवस्थापक विद्यार्थी शाहले बताए । शनिबार खासगरी न्यानो कपडाका स्टलहरुमा अत्याधिक भीड रहेको थियो । होटलहरु पनि गज्जव चलेको थियो । अन्य सामानका स्टलहरु पनि औसत राम्रो चलेको बताइएको छ । महोत्सवमा अटो, मोटरसाइकललगायत सवारी साधनहरु पनि विक्री भएका छन् । बालमेला र उँट नृत्यमा पनि अन्य दिनको तुलनामा अधिक कारोबार भएको छ ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, थाहा २ का वडा अध्यक्ष गुप्तबहादुर कार्की, वडा नं ११ का वडाअध्यक्ष किरणमान बल लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आइतबार समापन आइतबार सम्मान, पुरस्कार र प्रशंसापत्र वितरण, विशेष मनोरन्जन कार्यक्रम लगायत कार्यक्रमसहित महोत्सव समापन गरिने आयोजकले बताएका छन ।

 

45145535_254057605274944_-1541323930.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...