gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

तेस्रो थाहा महोत्सवमा सनिवार २८ हजार अवलोकनकर्ता

45395535_257056808311480_-1541323910.jpg

थाहा नगर वाणिज्य संघको मुख्य आयोजनामा थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी तेस्रो थाहा महोत्सवमा एकै दिन २८ हजारले अवलोकन गरेका छन् ।

शनिबार विदाको दिन भएकोले सरकारी कार्यालयका कर्मचारीहरु, बैंक तथा वित्तीय कार्यालयका कर्मचारीहरु, गैरसरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक, विद्यार्थीलगायतको विशेष उपस्थिति रहेको थियो ।महोत्सवको आठौं दिन शनिबार यति ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका हुन् । शनिबार अवलोकनकर्ताहरुको भीडले थाहानगरकै ठूलोमध्येको इन्द्रायणी चौर महासागर उर्लेझै लागेको अवलोकनकर्ताहरुले बताए । थाहा महोत्सवमा यति धेरै मानिसहरु पहिलो पटक देखे, २८ हजार अवलोकनकर्ताहरु आउनु भयो,’ स्टल व्यवस्थापक विद्यार्थी शाहले भने ।

महोत्सवमा सबै उमेर समूहका मानिसहरुको भीड लागेको थियो । ससाना बालबालिका र बृद्ध बृद्धाहरु जुनसुकै समयमा विनापास सहजै महोत्सवमा प्रवेश गर्न सकिने आयोजकले बताएको छ । भीडभाडको कारण मुख्य प्रवेशद्वारबाट स्टलको बाटो हुँदै साँस्कृतिक कार्यक्रमस्थलसम्म पुग्न झण्डै आधा घण्टा लागेको महोत्सव अवलोकन गर्न आएका अवलोकनकर्ताले बताए । बाहिर जाने बाटोमा अत्याधिक भीड भएकाले कतिपय अवलोकनकर्ताहरुले बाहिर निस्कँदा छुट्टै बाटोको व्यवस्था हुनुपर्ने माग समेत गरेका थिए । लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुती रहने खबरले पनि धेरै व्यक्तिहरु महोत्सवतर्फ तानिएका थिए । दर्शकहरुको भीड देखेर गायक खरेलले मञ्चबाटै भनेका थिए, ‘यत्तिको भीड महोत्सवमा कमै हुन्छ ।खरेलको प्रस्तुतीमा दर्शकहरु उफ्रीउफ्री नाचेका थिए । शनिबार नै जादुगर बलराम सरकार र लोकदोहोरी गायिक रुपा घर्तिमगरको विशेष प्रस्तुती रहेको थियो । कलाकार मुक्तिनाथ उप्रेती, रुपक उप्रेती, सुशान्त गोपाली, सुशल थोकर, भीषण विष्टलगायत गायकहरुको प्रस्तुती जीवन्त रहेको थियो भने स्ट्रङ सोउल डान्स क्र्यू, नेप्से कल्चर लगायत नृत्य समूहके नृत्यले दर्शकहरुलाई मञ्चकै सरेफेरोमा विशेष तानेको थियो । साँढे २ करोडको कारोबार जारी तेस्रो थाहा महोत्सवमा शनिबार एकै दिन साँढे २ करोड रुपियाँ बराबरको कारोबार भएको छ । १० कार्तिकमा महोत्सव शुरु भए यता आठौं दिन शनिबार सबैभन्दा बढी कारोबार भएको स्टल व्यवस्थापक विद्यार्थी शाहले बताए । शनिबार खासगरी न्यानो कपडाका स्टलहरुमा अत्याधिक भीड रहेको थियो । होटलहरु पनि गज्जव चलेको थियो । अन्य सामानका स्टलहरु पनि औसत राम्रो चलेको बताइएको छ । महोत्सवमा अटो, मोटरसाइकललगायत सवारी साधनहरु पनि विक्री भएका छन् । बालमेला र उँट नृत्यमा पनि अन्य दिनको तुलनामा अधिक कारोबार भएको छ ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, थाहा २ का वडा अध्यक्ष गुप्तबहादुर कार्की, वडा नं ११ का वडाअध्यक्ष किरणमान बल लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आइतबार समापन आइतबार सम्मान, पुरस्कार र प्रशंसापत्र वितरण, विशेष मनोरन्जन कार्यक्रम लगायत कार्यक्रमसहित महोत्सव समापन गरिने आयोजकले बताएका छन ।

 

45145535_254057605274944_-1541323930.jpg

world-link-1690434568.jpg
ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...