pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

तारेभिरमा १०८ बर्गफुटको गुरु रिन्पोछेको चित्र कोरिने कार्यको शुभारम्भ

1744040276262-1744040348.jpg

भिमफेदी गाउँपालिकाको वडा नं ९ बसिफाँट र थाहा नगरपालिकाको प्रसिद्ध तिर्थस्थल ऋषेश्वर महादेव मन्दिर संगै रहेको तारेभिरको विशाल चट्टानमा गुरु रिन्पोछेको १०८ बर्ग फिटको चित्र कुँद्ने कार्यको २५ चैतमा शुभारम्भ गरिएको छ।
बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाले आज एक समारोहमा बिच सुभारम्भ गरेका हुन । 
बौद्द परम्परा अनुसारको बिधिमा मुख्यमन्त्रीले उक्त कार्यको शुभारम्भ गर्नु भएको हो ।
 शुभारम्भ कार्यक्रममा आफ्नो मन्तब्य राख्दै वहाँले यो स्थानमा रिन्पोछेको चित्र कुँदने कार्य सम्पन्न भएपछी यस क्षेत्रमा बौद्द धर्मको प्रचारको साथमा धार्मिक पर्यटनले फड्को मार्ने र पर्यटन मार्फत यस क्षेत्रको  बासिन्दाको आयस्तर बढ्ने बिचार ब्यक्त गर्नु भयो साथै वहाँले यहाँसम्म आउनको लागि स्तरिय सडक निर्माणको लागि आगामी बजेटमा रकम ब्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरको प्रमुख ललित घलान, भिमफेदि गाउँपालिकाको अध्यक्ष हिदम लामाले मन्त्यब्य दिनु भएको थियो । यो क्षेत्रमा बौद्द गुरु रिन्पोछेले तपस्या गर्नु भएको र वहाँकै अवतारको रुपमा पुजिने ज्याडल रिन्पोछे लगायतका बौद्ध गुरुहरुले तपस्या गरेको हुनाले बौद्द सम्प्रदायले पवित्र स्थलको रुपमा मान्दै आएको छ ।
बोधिचार्य फाउन्डेसनको पहलमा तारेभिरमा १०८ बर्ग फुटको चित्र कुँद्ने कार्यको सुभारम्भ भएको हो ।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली लगायत बौद्ध गुरुहरुको उपस्थिति रहेको थियो।

भीमफेदी र थाहा नगरपालिकाको सिमानामा पर्ने तारेभिर र ऋषेश्वर मन्दिर हिन्दु र बौद्धमार्गीको संगमस्थल हो । हिन्दुहरुले यस क्षेत्रमा सतिदेवीको अंग पतन भएको स्थलको रुपमा लिने गर्छन् भने बौद्धमार्गीहरुले बौद्ध गुरु पद्मसम्भवले तपस्या गरेका धार्मिक स्थलको रुपमा लिने गरेका छन् ।

तारेभिरमा बोधीचार्य फाउन्डेसनको पहलमा १०८ वर्ग फुटको चित्र कुँद्ने कार्यको आरम्भ गरिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । ‘भारतका अध्ययन गर्ने लामा गुरुहरुले यहाँ गुरु रिपोन्छेको चित्र कुँद्‌ने छन्,’ उनले भने, ‘करिब चार महिनामा यो काम सम्पन्न हुने अनुमान गरिएको छ ।’ त्रिभुवन राजपथको सिमभन्ज्याङबाट आधा घन्टा हिँडेपछि यहाँ पुगिन्छ ।

FB_IMG_1744076790291-1744077004.jpg

तारेभिरमा बन्ने गुरु रेम्पोन्छे

FB_IMG_1744076779761-1744077005.jpg

सुभारम्भ गर्दै मुख्यमन्त्री लामा

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...