janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

पर्यटन

तारेभिरमा १०८ बर्गफुटको गुरु रिन्पोछेको चित्र कोरिने कार्यको शुभारम्भ

1744040276262-1744040348.jpg

भिमफेदी गाउँपालिकाको वडा नं ९ बसिफाँट र थाहा नगरपालिकाको प्रसिद्ध तिर्थस्थल ऋषेश्वर महादेव मन्दिर संगै रहेको तारेभिरको विशाल चट्टानमा गुरु रिन्पोछेको १०८ बर्ग फिटको चित्र कुँद्ने कार्यको २५ चैतमा शुभारम्भ गरिएको छ।
बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाले आज एक समारोहमा बिच सुभारम्भ गरेका हुन । 
बौद्द परम्परा अनुसारको बिधिमा मुख्यमन्त्रीले उक्त कार्यको शुभारम्भ गर्नु भएको हो ।
 शुभारम्भ कार्यक्रममा आफ्नो मन्तब्य राख्दै वहाँले यो स्थानमा रिन्पोछेको चित्र कुँदने कार्य सम्पन्न भएपछी यस क्षेत्रमा बौद्द धर्मको प्रचारको साथमा धार्मिक पर्यटनले फड्को मार्ने र पर्यटन मार्फत यस क्षेत्रको  बासिन्दाको आयस्तर बढ्ने बिचार ब्यक्त गर्नु भयो साथै वहाँले यहाँसम्म आउनको लागि स्तरिय सडक निर्माणको लागि आगामी बजेटमा रकम ब्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरको प्रमुख ललित घलान, भिमफेदि गाउँपालिकाको अध्यक्ष हिदम लामाले मन्त्यब्य दिनु भएको थियो । यो क्षेत्रमा बौद्द गुरु रिन्पोछेले तपस्या गर्नु भएको र वहाँकै अवतारको रुपमा पुजिने ज्याडल रिन्पोछे लगायतका बौद्ध गुरुहरुले तपस्या गरेको हुनाले बौद्द सम्प्रदायले पवित्र स्थलको रुपमा मान्दै आएको छ ।
बोधिचार्य फाउन्डेसनको पहलमा तारेभिरमा १०८ बर्ग फुटको चित्र कुँद्ने कार्यको सुभारम्भ भएको हो ।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली लगायत बौद्ध गुरुहरुको उपस्थिति रहेको थियो।

भीमफेदी र थाहा नगरपालिकाको सिमानामा पर्ने तारेभिर र ऋषेश्वर मन्दिर हिन्दु र बौद्धमार्गीको संगमस्थल हो । हिन्दुहरुले यस क्षेत्रमा सतिदेवीको अंग पतन भएको स्थलको रुपमा लिने गर्छन् भने बौद्धमार्गीहरुले बौद्ध गुरु पद्मसम्भवले तपस्या गरेका धार्मिक स्थलको रुपमा लिने गरेका छन् ।

तारेभिरमा बोधीचार्य फाउन्डेसनको पहलमा १०८ वर्ग फुटको चित्र कुँद्ने कार्यको आरम्भ गरिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । ‘भारतका अध्ययन गर्ने लामा गुरुहरुले यहाँ गुरु रिपोन्छेको चित्र कुँद्‌ने छन्,’ उनले भने, ‘करिब चार महिनामा यो काम सम्पन्न हुने अनुमान गरिएको छ ।’ त्रिभुवन राजपथको सिमभन्ज्याङबाट आधा घन्टा हिँडेपछि यहाँ पुगिन्छ ।

FB_IMG_1744076790291-1744077004.jpg

तारेभिरमा बन्ने गुरु रेम्पोन्छे

FB_IMG_1744076779761-1744077005.jpg

सुभारम्भ गर्दै मुख्यमन्त्री लामा

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...