jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

थाहा नगर

तरुण दल थाहा द्वारा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

1730376247933-1730376305.jpg

नेपालिहरुको महान चाड शुभ दिपावली तथा नेपाल संबत ११४५ तथा छठ पर्वको अबसरमा नेपाल तरुण दल थाहानगर कार्यसमितिको आयोजनामा जनप्रतिनिधि सङ अन्तरक्रिया तथा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।तरुण दल थाहा नगर अध्यक्ष नबराज लामाको सभापतित्वमा सम्पन्न  कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य,नेपाल निर्माण ब्यबसायी महासंघका पुर्ब अध्यक्ष तथा समाजसेवी ब्यक्तित्व जयराम लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो।थाहा नगर भित्रका नेपाली काङ्ग्रेस नगर समिती              पदाधिकारी,वडा सभापति हरु,ने.बि. संघ,महिला संघ,तरुण दल लगायत विभिन्न भातृ,शुभेच्छुक संस्था  तथा काङ्ग्रेस सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको  कार्यक्रममा नेपाली काङ्ग्रेसबाट निर्वाचित उप मेयर भरत गोपालि,वडा अध्यक्षहरु राजन भक्त श्रेष्ठ,शिबराज थिङ, टिकाराम स्याङ्तान तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो।जनप्रतिनिधि हरुलाइ विभिन्न वडाका सभापति हरुले गुनासो,प्रश्न,सुझाब तथा आगामी दिनहरुमा कार्यसम्पादन र जनपक्षीय कार्यमा कुनै सम्झौता नगरी परिणाम मुखी कार्य गर्न र निरंतरता दिन प्रश्न मार्फत ध्यानाकर्षण गरेका थिए।
आफ्नो वडामा गरेको कार्य बीबरण प्रस्तुत गर्दै सबै वडाध्यक्ष ज्यु हरुले आफुहरु  काम र बिकासको मामलामा दिन रात नभनी लागिपरेको र बाकी कार्यकाल सकारात्मक कर्म द्वारा जनताका समस्या समाधान गर्दै सम्झन लायक कार्यकाल बनाउने दिशा तर्फ अग्रसर रहेको बताउनु भयो।यस्तै उपमेयर भरत गोपालिले पनि जनमतको आफुले कदर गरेको र न्याय सम्पादन सहित बिकास निर्माण लगायत सर्बपक्षीय बिषय हरुमा आफुले जनतालाइ निराश नबनाएको जनाउनुभएको थियो।
मन्तव्य राख्दै प्रमुख अतिथी जयराम लामिछानेले आफू पनि थाहानगरकै भएको हुनाले यहाको बिकास र जनताको चाहना आफ्नो कर्तव्य मा पर्ने बताउनुभएको थियो।
थाहानगरका विभिन्न वडामा बाटो खन्ने क्रममा मेसिन सहयोग गरेको स्मरण गर्दै जनताले चाहे जहिले जतिखेरै जुनसुकै तरिकाबाट पनि आफू जनताको पक्षमा आर्थिक,राजनितिक र सामाजिक जुनसुकै रुपमा उपलब्ध हुने बताउनुभएको थियो।
फ्यामिली ब्यान्क्वेट थाहा ४ मा भएको कार्यक्रम लाई काङ्ग्रेस युबा नेता तथा थाहा तरुण कार्यबाहक अध्यक्ष बिक्रम गोपालिले सन्चालन गर्नुभएको थियो।कार्यक्रम थाहा नगर तरुण तथा काङ्ग्रेस जनमा उत्साह भर्दै भब्य र सभ्य रुपमा सम्पन्न भएको काङ्ग्रेस थाहा -४ सभापति श्रीकृष्ण के सी ले जानकारी दिए। 

1730376250762-1730376357.jpg
khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...