pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

डलकुसनको बजार देखेपछि हौसिएका थाहा ३ का महिलाले स्तरोन्नति तालिम लिए।

434195901_133248054077478-1711110260.jpg

थाहा नगरपालिका-३ का ७ जना महिलाहरुले यत्तिको आकर्षक डल बनाएकाेप्रति साेही वडाका वडा सदस्य  कृष्णकुमार कार्कीले  महिलाहरुकाे खुलेर प्रशंसा गरे । उनले अघि भने- 'सिक्दै बनाएकाे डल र कुशन त यति राम्राे, व्यवसायिक ढंगले बनाउँदा त अझ कति राम्रो हाेला' ।

गत बर्ष १७ फागुनमा  थाहा-३ का २२ जना महिलाहरु सहभागी भएर डल-कुशन तालिम लिएका  थिए । महिलाहरुले व्यवसायिकरुपमा डल-कुशन निर्माण पनि गरे,बजारकाे लागि चौथो थाहा महोत्सवमा बनाएका डलहरुको राम्रो बिक्री पनि भयो।

अघिल्लो बर्ष बुटवलबाट आएकी सरिता थापाले थाहा-३ का २२ जना महिलाहरुलाई १५ दिनसम्म डल-कुशन बनाउने तालिम दिएकी थिइन् । अहिले सोही कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत प्रशिक्षक दिपेन्द्र न्यौपानेले १० दिन सम्म बिकास घर शिखरकोटमा  स्तरोन्नति तालिम दिएकाे हाे । तालिममा सहभागी ७ जना महिलाहरुले ठुला डल र कुशन बनाउन सिकेका हुन।

१० दिन चलेको तालिम समापनमा महिलाहरुले बनाएकाे डल-कुशनकाे नमुना पनि राखिएकाे थियाे । उद्यम विकास सहजकर्ता सुनिता बुढा क्षेत्री र मेड्पाका फोकल पर्सन अस्मिता तिवारी घिमिरे र प्रशिक्षक दिपेन्द्र न्यौपाने,सामीका मनोपरामर्शदाता सुनिता बस्नेत लगायतले तालिममा सहभागी महिलाहरु व्यक्तिगत तथा सामुहिकरुपमा व्यवसायी बन्नेमा विश्वास व्यक्त गरे ।
तालिममा सहभागी यारसाङ बलले  यो सीपलाई व्यवसायिक बनाउने बताइन् । उनले बजार खोजेर व्यापार  नै गर्ने लक्ष सुनाइन् । ‘अरु दिदी बहिनीले पनि काम गर्नु भयो भने मैले समेत गरेर बजारमा बेच्ने योजना बनाएकी छु’ उनले भनिन्, ‘थाहाका बजारमा पनि ती सामानको राम्रो बिक्री हुने गरेको छ ।’ बाहिरबाट आएका सामान बेच्नेलाई स्थानीय उत्पादन दिन सके धेरैको रोजगारी बढ्ने बताइन् ।

थाहाका महिला हरुलाई उद्यमी बनाउने लक्ष राखिएको थाहा नगर प्रमुख बिष्णु बिष्ट बताउछन्  । उनले हरेक महिला उद्यमी बनेर कमाउन सक्ने भएमा हिंसा समेत अन्त्य हुने बताउनुभयो। ‘सचेतनाका कार्यक्रममा मात्र गरिएको लगानी भन्दा हरेक महिलालाई उत्पादनमा जोड्दा हिंसा कम हुन्छ भन्ने लक्षले यस्ता गतिविधि गरेका छौं’ उनले भने,।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...