Saturday, 27 Apr, 2024
थाहा नगर

डलकुसनको बजार देखेपछि हौसिएका थाहा ३ का महिलाले स्तरोन्नति तालिम लिए।

434195901_133248054077478-1711110260.jpg

थाहा नगरपालिका-३ का ७ जना महिलाहरुले यत्तिको आकर्षक डल बनाएकाेप्रति साेही वडाका वडा सदस्य  कृष्णकुमार कार्कीले  महिलाहरुकाे खुलेर प्रशंसा गरे । उनले अघि भने- 'सिक्दै बनाएकाे डल र कुशन त यति राम्राे, व्यवसायिक ढंगले बनाउँदा त अझ कति राम्रो हाेला' ।

गत बर्ष १७ फागुनमा  थाहा-३ का २२ जना महिलाहरु सहभागी भएर डल-कुशन तालिम लिएका  थिए । महिलाहरुले व्यवसायिकरुपमा डल-कुशन निर्माण पनि गरे,बजारकाे लागि चौथो थाहा महोत्सवमा बनाएका डलहरुको राम्रो बिक्री पनि भयो।

अघिल्लो बर्ष बुटवलबाट आएकी सरिता थापाले थाहा-३ का २२ जना महिलाहरुलाई १५ दिनसम्म डल-कुशन बनाउने तालिम दिएकी थिइन् । अहिले सोही कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत प्रशिक्षक दिपेन्द्र न्यौपानेले १० दिन सम्म बिकास घर शिखरकोटमा  स्तरोन्नति तालिम दिएकाे हाे । तालिममा सहभागी ७ जना महिलाहरुले ठुला डल र कुशन बनाउन सिकेका हुन।

१० दिन चलेको तालिम समापनमा महिलाहरुले बनाएकाे डल-कुशनकाे नमुना पनि राखिएकाे थियाे । उद्यम विकास सहजकर्ता सुनिता बुढा क्षेत्री र मेड्पाका फोकल पर्सन अस्मिता तिवारी घिमिरे र प्रशिक्षक दिपेन्द्र न्यौपाने,सामीका मनोपरामर्शदाता सुनिता बस्नेत लगायतले तालिममा सहभागी महिलाहरु व्यक्तिगत तथा सामुहिकरुपमा व्यवसायी बन्नेमा विश्वास व्यक्त गरे ।
तालिममा सहभागी यारसाङ बलले  यो सीपलाई व्यवसायिक बनाउने बताइन् । उनले बजार खोजेर व्यापार  नै गर्ने लक्ष सुनाइन् । ‘अरु दिदी बहिनीले पनि काम गर्नु भयो भने मैले समेत गरेर बजारमा बेच्ने योजना बनाएकी छु’ उनले भनिन्, ‘थाहाका बजारमा पनि ती सामानको राम्रो बिक्री हुने गरेको छ ।’ बाहिरबाट आएका सामान बेच्नेलाई स्थानीय उत्पादन दिन सके धेरैको रोजगारी बढ्ने बताइन् ।

थाहाका महिला हरुलाई उद्यमी बनाउने लक्ष राखिएको थाहा नगर प्रमुख बिष्णु बिष्ट बताउछन्  । उनले हरेक महिला उद्यमी बनेर कमाउन सक्ने भएमा हिंसा समेत अन्त्य हुने बताउनुभयो। ‘सचेतनाका कार्यक्रममा मात्र गरिएको लगानी भन्दा हरेक महिलालाई उत्पादनमा जोड्दा हिंसा कम हुन्छ भन्ने लक्षले यस्ता गतिविधि गरेका छौं’ उनले भने,।


world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...