Wednesday, 08 May, 2024
कृषि

झरी परेको केहि दिनमै थाहा नगरमा धान रोपाई सुरु , धान रोपाई नगर बाटै लोप हुदै,

img_1686763743794_1-1686764049.jpg

असारको महिना भेट घाट कहिले छैन ,काँ गईराथेउ र जेष्ठ भरी कलाकार हरि थापाले गाउनु भएको यो गित सुने पछि थाहा नगरपालिकाको बन क्षेत्र ,खेत,वारि , पाखा(पखेरा ,हरियो डाँडाकाडाँ र वर्षे झरिमा धान रोप्दै गरेको तस्बिरहरु आखाँमा झल्झल्ती देख्न पाईदा त मनै आनन्दित तुलिने गर्दथ्यो । यसै त थाहा नगरपालिका कृषिको पकेट क्षेत्र मानिन्छ । अझै थाहाको कुनै कुनै ठाउंमा कृषकहरुले हल्ला ,ठटा रमाईलो गर्दै असारे धान रोपिरहेको पनि देख्न पाईन्छ ।

पहिलेको सापेक्षमा धान अहिलेको समय सम्म आईपुग्दा कम हुदै गहिरहेको छ । असार लागे पछि खेतमा भाका हालेर असारे गित गाउदै खेत भरी खेतालाहरु धान रोपिरहेका हुन्थे  ,कोहि हिलो छ्याप्दै हुन्थे , रोपाई गर्नका लागि खेतका छेउमा आलि लगाउने ३,४ जना माईला दाई ठुलदाई खेतको आलि लगाउँदै मज्जाको कुरा गर्दै काम गर्थे ,ल है हामिले यति सकेउ , छिटो सक्नु पर्छ फेरि रोपाई सकेर हिलो खेल्नु पर्छ भन्दै कराउदै बाउसे रोपाराको अघि अघि काराउथे , रोपारा पछि पछि धान बेर्ना सारीरहेका हुन्थ्यो ।

अनि झन ठुल दिदी ,माईली दिदि, माईलि काकि, साईलि काकि त आफैले गाएको असारे गितमा धानको बिउनै बोकेर हिलो छ्यापने गरि नाच्थे । आमा दिउँसोको खाजा बोकेर आउनुहुन्थ्यो लो है खाजा खाने बेला भयो   । अनि दिउँसोको खाजा रमाईलो गर्दै खाईन्थ्यो बेलुका साँझ परे पछि रोपाई गरेको घरमा बेलुकिको खाना खेताला सबैलाई बनाई,खुवाई,नाचगान गरि सकिन्थ्यो ,


अहिले बिकाश र प्रबिधी संङ्गै खेतमा धेरै टढेलहरु देखिन्छ । खेतमा सुनको बाला जस्तै झुलिरहने धानको बाली  बिस्तारै लोप हुँदै गैरहेको छ । काँहा गयो त्यो सुनका लहर जस्तै झुलिरहने धानका बालाहरु,काँहा गयो त्यो बर्ष भरी बाँझिएको झरीमा रुझ्दै बाँझो फुटाउने साईला काका को ३ हल गोरु,काँहा गयो त्यो असारे भाका हाल्दै हिलो छ्याप्दै नाच्दै गाउँदै  रोपाई गर्ने खेतालाहरु ''


थाहा नगरपालिका(६ बज्रबाराही स्थित ३ रोपनीमा  दुई परिवारको धान रोपाईको कार्य चलिरहेको थियो  ।  धानको बेर्ना उखेलिरहनु भएका थाहा (१ कुन्छालका भिम ब.गोपालि भन्नुहुन्छ , रोपाईको लागि पानी समयमै परेको हुनाले हामी सबै किसानहरु हर्षितनै छौ असारनै नलागी धान रोप्न पाएका छौं , उहाँ भन्नुहुन्छ,रोपाई थोरै छ हामिलाई रोपाईको लागि असार  कुर्नु भन्दा अहिलेनै प्रशस्त पानी पर्यो रोपाईलाई सजिलो भएको छ । अहिले हामी धानको अस्तित्त्व जोगाउन मात्रै धान लगाउने गर्छौं नत्र तरकारी उत्पादन तिरै लोभिएका छौं धान लगाए एक बाली खान मात्रै ठिक हुन्छ ।

तरकारी फलाउन र बजार भाउ भेट्न सक्यो भनी हामिलाई बर्ष भरी खान र परिवार चलाउन सहज हुनेगर्छ  रोपाईमा बाउसे गरिरहनु भएका मनराज गोपाली भन्नुहुन्छ । म आफैले प्रबिधी सङ्गै खेतमा धान भन्दा धेरै टडेल लगाएका छु १किन कि टडेल बाट जिविका पार्जनमा सहज भएको छ । भन्ने बित्तिकै धानको बीउ राम्रो पाईन्दैन तर पनि लोप हुँदै गरेको धान रोपाईलाई जगेर्ना गर्न टाईचिन धान लगाउने गर्छु ।
साँच्चिकै धान खेती थाहा नगर बाट टाढिदै अनि मास्सिदै गहिरहेको छ । यसलाई हामिले संरक्षण गर्न  गहिरो तवरले नसोच्ने हो भने पछिल्लो पिढिलाई धान रोपेको फोटाहरु र युटुबमा हेरि मन बुझाउन नत्र तराई जानू बाहेक कुनै बिकल्पनै नहुन सक्छ । थाहापाटि,

 

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718


world-link-1690434568.jpg
आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...