himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

कृषि

झरी परेको केहि दिनमै थाहा नगरमा धान रोपाई सुरु , धान रोपाई नगर बाटै लोप हुदै,

img_1686763743794_1-1686764049.jpg

असारको महिना भेट घाट कहिले छैन ,काँ गईराथेउ र जेष्ठ भरी कलाकार हरि थापाले गाउनु भएको यो गित सुने पछि थाहा नगरपालिकाको बन क्षेत्र ,खेत,वारि , पाखा(पखेरा ,हरियो डाँडाकाडाँ र वर्षे झरिमा धान रोप्दै गरेको तस्बिरहरु आखाँमा झल्झल्ती देख्न पाईदा त मनै आनन्दित तुलिने गर्दथ्यो । यसै त थाहा नगरपालिका कृषिको पकेट क्षेत्र मानिन्छ । अझै थाहाको कुनै कुनै ठाउंमा कृषकहरुले हल्ला ,ठटा रमाईलो गर्दै असारे धान रोपिरहेको पनि देख्न पाईन्छ ।

पहिलेको सापेक्षमा धान अहिलेको समय सम्म आईपुग्दा कम हुदै गहिरहेको छ । असार लागे पछि खेतमा भाका हालेर असारे गित गाउदै खेत भरी खेतालाहरु धान रोपिरहेका हुन्थे  ,कोहि हिलो छ्याप्दै हुन्थे , रोपाई गर्नका लागि खेतका छेउमा आलि लगाउने ३,४ जना माईला दाई ठुलदाई खेतको आलि लगाउँदै मज्जाको कुरा गर्दै काम गर्थे ,ल है हामिले यति सकेउ , छिटो सक्नु पर्छ फेरि रोपाई सकेर हिलो खेल्नु पर्छ भन्दै कराउदै बाउसे रोपाराको अघि अघि काराउथे , रोपारा पछि पछि धान बेर्ना सारीरहेका हुन्थ्यो ।

अनि झन ठुल दिदी ,माईली दिदि, माईलि काकि, साईलि काकि त आफैले गाएको असारे गितमा धानको बिउनै बोकेर हिलो छ्यापने गरि नाच्थे । आमा दिउँसोको खाजा बोकेर आउनुहुन्थ्यो लो है खाजा खाने बेला भयो   । अनि दिउँसोको खाजा रमाईलो गर्दै खाईन्थ्यो बेलुका साँझ परे पछि रोपाई गरेको घरमा बेलुकिको खाना खेताला सबैलाई बनाई,खुवाई,नाचगान गरि सकिन्थ्यो ,


अहिले बिकाश र प्रबिधी संङ्गै खेतमा धेरै टढेलहरु देखिन्छ । खेतमा सुनको बाला जस्तै झुलिरहने धानको बाली  बिस्तारै लोप हुँदै गैरहेको छ । काँहा गयो त्यो सुनका लहर जस्तै झुलिरहने धानका बालाहरु,काँहा गयो त्यो बर्ष भरी बाँझिएको झरीमा रुझ्दै बाँझो फुटाउने साईला काका को ३ हल गोरु,काँहा गयो त्यो असारे भाका हाल्दै हिलो छ्याप्दै नाच्दै गाउँदै  रोपाई गर्ने खेतालाहरु ''


थाहा नगरपालिका(६ बज्रबाराही स्थित ३ रोपनीमा  दुई परिवारको धान रोपाईको कार्य चलिरहेको थियो  ।  धानको बेर्ना उखेलिरहनु भएका थाहा (१ कुन्छालका भिम ब.गोपालि भन्नुहुन्छ , रोपाईको लागि पानी समयमै परेको हुनाले हामी सबै किसानहरु हर्षितनै छौ असारनै नलागी धान रोप्न पाएका छौं , उहाँ भन्नुहुन्छ,रोपाई थोरै छ हामिलाई रोपाईको लागि असार  कुर्नु भन्दा अहिलेनै प्रशस्त पानी पर्यो रोपाईलाई सजिलो भएको छ । अहिले हामी धानको अस्तित्त्व जोगाउन मात्रै धान लगाउने गर्छौं नत्र तरकारी उत्पादन तिरै लोभिएका छौं धान लगाए एक बाली खान मात्रै ठिक हुन्छ ।

तरकारी फलाउन र बजार भाउ भेट्न सक्यो भनी हामिलाई बर्ष भरी खान र परिवार चलाउन सहज हुनेगर्छ  रोपाईमा बाउसे गरिरहनु भएका मनराज गोपाली भन्नुहुन्छ । म आफैले प्रबिधी सङ्गै खेतमा धान भन्दा धेरै टडेल लगाएका छु १किन कि टडेल बाट जिविका पार्जनमा सहज भएको छ । भन्ने बित्तिकै धानको बीउ राम्रो पाईन्दैन तर पनि लोप हुँदै गरेको धान रोपाईलाई जगेर्ना गर्न टाईचिन धान लगाउने गर्छु ।
साँच्चिकै धान खेती थाहा नगर बाट टाढिदै अनि मास्सिदै गहिरहेको छ । यसलाई हामिले संरक्षण गर्न  गहिरो तवरले नसोच्ने हो भने पछिल्लो पिढिलाई धान रोपेको फोटाहरु र युटुबमा हेरि मन बुझाउन नत्र तराई जानू बाहेक कुनै बिकल्पनै नहुन सक्छ । थाहापाटि,

 

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...