pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जिसस द्वारा थाहाका बिकास निर्माणकार्यको अनुगमन :-जनकल्याणको निर्माणाधीन भवनको नयाँ ठेक्का लाग्ने।

Screenshot_20220728-19242-1659021035.png

जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सहितका कर्मचारी टोलिले आज थाहा नगरपालिकाको बिकास आयोजनाको अनुगमन तथा निरीक्षणका साथै थाहाका क्रसर ब्याबसायी हरु सङ्ग छलफल गरेका छन।
जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल सहित जिससका सदस्य सुवर्ण गोपाली,थाहा नगरका उपप्रमुख भरत गोपाली,थाहा नगरका निमित्त प्रशासकीय अधिकृत अजित घिमिरे,जिसस मकवानपुरका निमित्त अधिकृत सुनिता कुमारी गजुरेल,जिससका नासु उपेन्द्र नाथ पोखरेल ,थाहा नगरका सूचना अधिकारी सुरज कुमार भुजेल,पत्रकार शम्भु अधिकारीका टोलिले नगरभित्र निर्माणाधीन आयोजनाहरुको स्थलगत अबलोकन तथा अनुगमन गरेका थिय।
अनुगमनका क्रममा बिगत १० बर्ष देखि निर्माणकार्य अधुरो रहेको जनकल्याण माबिको भवन अनुगमन गरीयको छ।
भारतिय राजदुतावासको आर्थिक सहयोग तथा तत्कालीन जिल्ला बिकास समितिको शुपरिबेक्षण मा २०७१ मा नै निर्माण सम्पन्न भैसक्नु पर्ने भवनको ठेकेदारको लापरबाहीले निर्माण रोकिदै आयको थियो।
ठेक्का लिने मिलिनियम / शंकरमाली जे भि लाई पटक पटक ताकेता गर्दापनी काम नगरेपछि कारवाही स्वरुप कालोसूचीमा राखियको जिससका निमित्त अधिकृत सुनिता कुमारी गजुरेलले बताय।भारतिय दूतावासको आर्थिक सहयोगमा ३ करोड २८ लाख ९८ हजारमा निर्माण सम्झौता भएको १० बर्ष बितिसक्दा पनि पुर्ण हुन सकेको छैन ,अब ठेकेदार कम्पनीलाई कारबाही गरीयपछी दूतावासले दिन बाकी १ करोड ६० लाख रुपैया र प्रबिधिक स्टमेट गरेपछी लाग्ने लागत कतिहुन्छ अपुग हुन आउने रकम स्थानीय सरकारले हाल्ने गरि भदौ भित्र नयाँ टेन्डरको आव्हान गरीने जिससका नासु उपेन्द्र नाथ पोखरेलले बताउनुभयो।
नयाँ ठेक्का प्रक्रियामा जाने भएपछि अबको शैक्षिकसत्र देखि विद्यार्थीले नयाँ भवनबाट पठनपाठन गर्न पाउने आश पलाएको र यसमा समन्वय गर्ने जिसस मकवानपुर लाई विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानले धन्यवाद दिनुभयो ।
विद्यालय भवन निर्माण नहुदा विद्यार्थी लाई पठनपाठन गर्न असहज भएको ब्यबस्थापन समितिका सदस्य निरोज प्रधानले अनुगमनका क्रममा बताए।
अनुगमन अगाडि थाहा नगरपालिकाको कार्यालयमा थाहाका क्रसर तथा बालुवा ब्याबसायी बिच छलफल भएको थियो ।छलफलको क्रममा ब्याबसायी हरुले क्रसर ब्याबसायी हरुलाइ राज्यको हेर्ने नजरमा परीवर्तन हुनुपर्ने तथा नगरको नीति ब्यावसायि मैत्री नभएको भन्दै गुनासो गरेका थिय।
ब्याबसायिहरुले उठाएको समस्यालाई समाधान गर्न जिसस सङ्ग मिलेर अगाडि बढ्ने थाहाका उपप्रमुख भरत गोपालीले ब्याबसायी हरुलाइ आस्वस्त तुल्याए।

Screenshot_20220728-20492-1659021038.png
Screenshot_20220728-20500-1659021101.png
Screenshot_20220728-20501-1659021101.png
Screenshot_20220728-20574-1659021188.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...