Friday, 03 May, 2024
पर्यटन

जाने हैन त ‘पालुङ–आग्रा’ ट्रेकिङ ?

FB_IMG_1688527983991-1688530561.jpg

शब्द,फोटो:-गणेश बिष्ट / थाहानगर असार २०, संघीय राजधानी काठमाण्डौंबाट नौबिसे हुँदै आउने सडक दुरीमा ६५ किलो मिटर र चित्लाङ–थानकोट हुँदै आउँदा करिब ३५ किलोमीटरको दुरीमा मकवानपुर थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ ।

‘पालुङ–आग्रा ट्रेकिङ’ रुट पर्यटकहरुका लागि आकर्षक र नयाँ रुट हो । यस ट्रेकिङ रुटको शुरुवात साविक दामन गाउँ विकास समितिको शिखरकोटबाट हुने भएपनि अधिकांश भू–भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले यो रुटको नामै ‘पालुङ–आग्रा’ ट्रेकिङ रुट भनिएको हो । यो यात्रामा ऐतिहाँसिक, धार्मिक तथा प्राकृतिक मिश्रित यात्रा हुने भएकोले अन्य ट्रेकिङमा भन्दा यहाँ फरक स्वाद मिल्छ । र, यात्राको क्रममा हुने परिवर्तित मौसम यहाँको अर्को विशेषता हो ।

थाहा ३ घर्तिखोलामा रहेको भकारी ढुंगा 


यस ट्रेकिङको शुरुवातमै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको शालिक र उनको जीवनीबाट शुरुवात हुन्छ । शिखरकोट नजिकै रहेको विकास घरको आँगनमा उनको पूर्ण कदको शालिक छ । थाहा आन्दोलनको अनुसन्धानकै धरोहर रुपचन्द्र विष्टले श्रम जुटाइ बनाएको विकास घर शालिककै आडमा छ । यहाँ नागरिकको सेवाका लागि थाहा नगरपालिका वडा नम्बर ३ को कार्यालय र अन्य सार्वजनिक संस्थाको उपस्थिती छ ।
शिखरकोटबाट करिब २ किलोमीटरको पैदलयात्रा पश्चात् पालुङको पाण्डुकेश्वर पुग्न सकिन्छ । पाण्डुकेश्वर पुग्नु अघि गोरखनाथ मन्दिर छुटाउनै नहुने क्षेत्र हो । यहि ट्रेकिङ रुटमा पर्ने गोरखनाथ धार्मिक आस्थाको केन्द्र पनि हो । बाटोमा ऐतिहाँसिक बस्ती गोपाली गाउँ, उनै रुपचन्द्र विष्ट प्रधानाध्यापक समेत भएर पढाएको जनकल्यण मावि, विश्वका ३ शंखमुल मध्येको एक पालुङ शंखमूल यस यात्राका थप आकर्षण हुन् । साथमा हरियालीपूर्ण तरकारी खेती र खेती प्रविधिमा रहमाइरहेका किसानहरुसंगको भेटघाट तथा उनीहरुसंगको संवाद सहितको यात्रा यस क्रममा गर्न पाइन्छ ।

ऐतिहाँसिक पाण्डुकेश्वर परिसर, नजिकैको भद्रतीर्थ र पालुङको ऐतिहासिक नेवारी बस्ती ‘पालुङ शहर’ हुँदै पाथिभरा मन्दिर नजिकै पर्यटकहरुलाई स्वागत गर्ने डाँडाघरे बा को होमस्टे प्रख्यात छ । थाहानगर घुम्न आउने पर्यटकहरु होमस्टेको स्वाद नलिई हत्तपत्त फर्किदैनन् । होमस्टेमा हुनुपर्ने मौलिकता यहाँ पाइन्छ । होमस्टे छेवैमा रहेको हुँदा पाथिभरा नपुग्ने पर्यटकहरु विरलै हुन्छन् । पाथीभरा हुँदै ‘पालुङ–आग्रा’ पैदल मार्ग अघि बढेको छ ।

‘पालुङ–आग्रा ट्रेकिङ’मा तामाङ संस्कृति पनि भेट्टाइन्छ । मेला र विभिन्न अवसरमा त पालुङका महिला नौमती बाजा समूहले बाजा बजाएर पर्यटकहरुलाई स्वागत पनि गर्दछन् । यस रुटमा पालुङको ऐतिहासिक भग्नावशेष पालुङ गढी हुँदै भकारी ढुङ्गासम्मको यात्रा निकै उत्साहजनक छ । जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसंगै यात्रा गर्दा जो कोही पनि फरक महशुस गर्दछन् । डाँडैडाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्परा आहा, घुमफिर गर्दा निकै रमाइलो हुन्छ । यहि यात्रामा करिब २ हजार तीनसय मीटर जतिको उचाइमा रहेको केशरी भन्ज्याङ पर्दछ । यहाँबाट दृश्यावलोकन गर्दा पर्यटकहरु आन्दित हुन्छन् । यहाँबाट चन्द्रागिरी भन्ज्याङदेखि वरको सबै फाँट र गाउँहरु अवलोकन गर्न सकिन्छ ।


यो यात्रा गर्दै गर्दा आग्राको उनीउ चौर ‘ट्रेकिङ’ रुटको मुटु हो । हरियो फाँट झै देखिने यो चौर क्षेत्र आग्रामा पर्दछ । यहाँबाट डाँडाबास, कैलाश गाउँपालिका क्षेत्र र धादिङका पालिकाहरु समेत अवलोकन गर्न सकिन्छ । खुलेको बेला दत्न लहर झै उभिएका हिमालयको दृश्यावलोकन सहजै गर्न सकिन्छ । छेउछाउमा तामाङ नजातीहरुको बसोबास रहेको यो प्राकृतिक छाँटाले भरिपूर्ण उनीउ चौरमा पुगेपछि सितिमिती फर्कनै मन लाग्दैन । नजिकै डाँडाबास पार्क पनि रहेको छ । यसका अलवा अन्य घुमफिरका प्वाइन्टहरु पनि यहाँ प्रशस्तै छ ।

यति यात्रा गर्दा ‘पालुङ–आग्रा’ ट्रेकिङ करिब सकिन्छ । यसको दुरी लगभग १४ किलोमीटर रहेको छ । यस यात्रालाई थप जोड्न पनि सकिन्छ । तर एकदिने ट्रेकिङका लागि यो यात्रा काफी हुन्छ । फर्कदा डाँडाबास सडकबाट सवारी साधनमा वा पैदल नै पनि दामन घर्तीखोलाको दमार हुँदै पुनः शिखरकोट आइपुग्न सकिन्छ । जाने हैन त ‘पालुङ–आग्रा’ ट्रेकिङ ?

 


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...