Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

जाने हैन त ‘पालुङ–आग्रा’ ट्रेकिङ ?

FB_IMG_1688527983991-1688530561.jpg

शब्द,फोटो:-गणेश बिष्ट / थाहानगर असार २०, संघीय राजधानी काठमाण्डौंबाट नौबिसे हुँदै आउने सडक दुरीमा ६५ किलो मिटर र चित्लाङ–थानकोट हुँदै आउँदा करिब ३५ किलोमीटरको दुरीमा मकवानपुर थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ ।

‘पालुङ–आग्रा ट्रेकिङ’ रुट पर्यटकहरुका लागि आकर्षक र नयाँ रुट हो । यस ट्रेकिङ रुटको शुरुवात साविक दामन गाउँ विकास समितिको शिखरकोटबाट हुने भएपनि अधिकांश भू–भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले यो रुटको नामै ‘पालुङ–आग्रा’ ट्रेकिङ रुट भनिएको हो । यो यात्रामा ऐतिहाँसिक, धार्मिक तथा प्राकृतिक मिश्रित यात्रा हुने भएकोले अन्य ट्रेकिङमा भन्दा यहाँ फरक स्वाद मिल्छ । र, यात्राको क्रममा हुने परिवर्तित मौसम यहाँको अर्को विशेषता हो ।

थाहा ३ घर्तिखोलामा रहेको भकारी ढुंगा 


यस ट्रेकिङको शुरुवातमै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको शालिक र उनको जीवनीबाट शुरुवात हुन्छ । शिखरकोट नजिकै रहेको विकास घरको आँगनमा उनको पूर्ण कदको शालिक छ । थाहा आन्दोलनको अनुसन्धानकै धरोहर रुपचन्द्र विष्टले श्रम जुटाइ बनाएको विकास घर शालिककै आडमा छ । यहाँ नागरिकको सेवाका लागि थाहा नगरपालिका वडा नम्बर ३ को कार्यालय र अन्य सार्वजनिक संस्थाको उपस्थिती छ ।
शिखरकोटबाट करिब २ किलोमीटरको पैदलयात्रा पश्चात् पालुङको पाण्डुकेश्वर पुग्न सकिन्छ । पाण्डुकेश्वर पुग्नु अघि गोरखनाथ मन्दिर छुटाउनै नहुने क्षेत्र हो । यहि ट्रेकिङ रुटमा पर्ने गोरखनाथ धार्मिक आस्थाको केन्द्र पनि हो । बाटोमा ऐतिहाँसिक बस्ती गोपाली गाउँ, उनै रुपचन्द्र विष्ट प्रधानाध्यापक समेत भएर पढाएको जनकल्यण मावि, विश्वका ३ शंखमुल मध्येको एक पालुङ शंखमूल यस यात्राका थप आकर्षण हुन् । साथमा हरियालीपूर्ण तरकारी खेती र खेती प्रविधिमा रहमाइरहेका किसानहरुसंगको भेटघाट तथा उनीहरुसंगको संवाद सहितको यात्रा यस क्रममा गर्न पाइन्छ ।

ऐतिहाँसिक पाण्डुकेश्वर परिसर, नजिकैको भद्रतीर्थ र पालुङको ऐतिहासिक नेवारी बस्ती ‘पालुङ शहर’ हुँदै पाथिभरा मन्दिर नजिकै पर्यटकहरुलाई स्वागत गर्ने डाँडाघरे बा को होमस्टे प्रख्यात छ । थाहानगर घुम्न आउने पर्यटकहरु होमस्टेको स्वाद नलिई हत्तपत्त फर्किदैनन् । होमस्टेमा हुनुपर्ने मौलिकता यहाँ पाइन्छ । होमस्टे छेवैमा रहेको हुँदा पाथिभरा नपुग्ने पर्यटकहरु विरलै हुन्छन् । पाथीभरा हुँदै ‘पालुङ–आग्रा’ पैदल मार्ग अघि बढेको छ ।

‘पालुङ–आग्रा ट्रेकिङ’मा तामाङ संस्कृति पनि भेट्टाइन्छ । मेला र विभिन्न अवसरमा त पालुङका महिला नौमती बाजा समूहले बाजा बजाएर पर्यटकहरुलाई स्वागत पनि गर्दछन् । यस रुटमा पालुङको ऐतिहासिक भग्नावशेष पालुङ गढी हुँदै भकारी ढुङ्गासम्मको यात्रा निकै उत्साहजनक छ । जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसंगै यात्रा गर्दा जो कोही पनि फरक महशुस गर्दछन् । डाँडैडाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्परा आहा, घुमफिर गर्दा निकै रमाइलो हुन्छ । यहि यात्रामा करिब २ हजार तीनसय मीटर जतिको उचाइमा रहेको केशरी भन्ज्याङ पर्दछ । यहाँबाट दृश्यावलोकन गर्दा पर्यटकहरु आन्दित हुन्छन् । यहाँबाट चन्द्रागिरी भन्ज्याङदेखि वरको सबै फाँट र गाउँहरु अवलोकन गर्न सकिन्छ ।


यो यात्रा गर्दै गर्दा आग्राको उनीउ चौर ‘ट्रेकिङ’ रुटको मुटु हो । हरियो फाँट झै देखिने यो चौर क्षेत्र आग्रामा पर्दछ । यहाँबाट डाँडाबास, कैलाश गाउँपालिका क्षेत्र र धादिङका पालिकाहरु समेत अवलोकन गर्न सकिन्छ । खुलेको बेला दत्न लहर झै उभिएका हिमालयको दृश्यावलोकन सहजै गर्न सकिन्छ । छेउछाउमा तामाङ नजातीहरुको बसोबास रहेको यो प्राकृतिक छाँटाले भरिपूर्ण उनीउ चौरमा पुगेपछि सितिमिती फर्कनै मन लाग्दैन । नजिकै डाँडाबास पार्क पनि रहेको छ । यसका अलवा अन्य घुमफिरका प्वाइन्टहरु पनि यहाँ प्रशस्तै छ ।

यति यात्रा गर्दा ‘पालुङ–आग्रा’ ट्रेकिङ करिब सकिन्छ । यसको दुरी लगभग १४ किलोमीटर रहेको छ । यस यात्रालाई थप जोड्न पनि सकिन्छ । तर एकदिने ट्रेकिङका लागि यो यात्रा काफी हुन्छ । फर्कदा डाँडाबास सडकबाट सवारी साधनमा वा पैदल नै पनि दामन घर्तीखोलाको दमार हुँदै पुनः शिखरकोट आइपुग्न सकिन्छ । जाने हैन त ‘पालुङ–आग्रा’ ट्रेकिङ ?

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...