jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’

Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा कृयाशिल छन् । विगत दुई दशकदेखि सक्रिय पत्रकारका रूपमा नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, एबिसी टेलिभिजन, बुधबार साप्ताहिक, साँघु साप्ताहिक लगायत विभिन्न मिडियामा काम गर्दै आएका उनी हाल दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमको सम्पादकका रूपमा पनि कार्यरत छन् । उनले यसअघि जनसञ्चार साप्ताहिक र साप्ताहिक आवाज साप्ताहिकको कार्यकारी सम्पादक, अनलाइन पोर्टल नेप्लिज डट ओआरजीको वरिष्ठ सहसम्पादक र सेन्टरखबर डटकमको सम्पादक भएर समेत काम गरिसकेका छन् ।

बिडारीले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चार विषयमा आइए, बिए र त्रिवि कै केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमए पास तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट एमफील–पिएचडी गर्दैछन् । उनीसँग हाल नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागको विभागीय प्रमुख तथा यसअघि काठमाडौं जिल्ला शाखाको अध्यक्षका रूपमा पत्रकारको नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।

 

पत्रकार, अध्यापक, अध्येता र प्रशिक्षकको परिचय बनाएका बिडारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रेस सल्लाहकार, विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को नेपाल कार्यालयमा मिडिया एण्ड कम्युनिकेशन स्पेशलिस्ट, युएनडीपी संसदीय सहयोग परियोजनामा अनुसन्धाताका रूपमा काम गरेका थिए ।

सञ्चारका मुद्दाहरूमा आलोचनात्मक चेत सहित कलम चलाउन रुचाउने उनले विभिन्न राष्ट्रिय दैनिक र अनुसन्धानमूलक जनर्लहरूमा स्वतन्त्र पत्रकारका हिसावमा टिप्पणी र विश्लेषणहरू लेख्दै आएका छन् । उनले चीन, भारत, यूएई लगायतका देशहरूको भ्रमण गरी विभिन्न अन्तराष्ट्रिय स्तरका सेमिनारहरूमा सहभागिता समेत जनाएका छन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...