pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जातीय विभेद् तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा थाहामा अन्तरक्रिया

FB_IMG_1749047297151-1749047613.jpg

जातीय विभेद् तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा थाहामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

शिखरकोटको बिकास घरमा थाहा नगरपालिका द्वारा आयोजित अन्तरक्रियामा जात व्यवस्थाको अन्त्य गर्दै समतामूलक समाजको निर्माण बारेमा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा सहभागी दलित अगुवाहरुले उजुरीका रुपमा हेर्दा थाहा नगरमा  जातीय विभेद नदेखिए पनि व्यक्ति र समुदाय पिच्छेका व्यवहारमा विभेद बढ्दै गएको उल्लेख गर्दै  स्थानीय सरकार भौतिक विकास केन्द्रित मात्र नभई सामाजिक रूपान्तरण तर्फ केन्द्रित हुन सुझाव दिए । 

थाहा नगरपालिकाका मेयर बिष्णु बिष्टले नेपालको संविधानको मर्मअनुसार जातीय विभेद अन्त्यमा अपेक्षित उपलब्धी हासिल नहुनुमा सबैको दोष रहेको बताउनुभयो । 
दलित दलित बीचको विभेद अझै कायम छ । दोषारोपण गर्ने,कानुन रट्ने भन्दा सङ्कीर्ण सोचको अन्त्य गरेको खण्डमा सबैखाले विभेद अन्त्य हुने उहाँको भनाई छ । 

दलित मुक्ति मोर्चाका प्रदेश नेता जमिन दियालीले दलित मुक्तिका लागि जनसङ्ख्याको अनुपातमा सत्तामा दलितको प्रतिनिधित्व हुने सुनिश्चितता नै मुख्य मुद्दा भएको बताउदै " राज्यसत्ताभन्दा बाहिर बसेर छुवाछुतको युगीन दासत्व र अन्यायको विष पिएर बाँच्दै आएको समाजको असमान संरचनालाई दलितले बदल्नै सक्दैन।" भन्दै त्यसकारण, दलितलाई सत्ताबाहिर राखेर समाजमा शासक वर्गले देखाउने भँडुवा विकासको नाराले दलितको जीवनस्तर परिवर्तन हुन नसक्ने बताए साथै उनले  खासगरी राज्यसत्ताको संरचनामा दलित जनताको प्रतिनिधित्वको हकलाई व्यवहारमा सुरक्षित नगरी दलित अधिकार सुनिश्चित हुन नसक्नेमा जोड दिए।

नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले जातीय विभेदविरुद्ध थुप्रै कानुन निर्माण भएपनि कार्यान्वयनमा चुनौती देखिएको बताउनुभयो ।  

माओवादी नगर अध्यक्ष बिनोद कुमार लामाले कानुनले मात्रै सामाजिक कुरीति अन्त्य सम्भव नभएकोले समाज रुपान्तरणका लागि विभेदरहित सोचको विकास गर्न जरुरी रहेकोमा जोड दिनुभयो । 
 अन्तरक्रियामा आफ्ना भनाइ राख्ने सहभागी हरुले कानुनमा जातीय विभेद अन्त्य भएपनि जनचेतनाको अभाव, गरिबी, दलित अधिकारकर्मीहरूकै निष्क्रियताका कारणले व्यवहारमा जातीय विभेद ज्युँका त्युँ रहेको बताएका छन् । 

नगर दलित संजालका संयोजक अर्जुन सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,नेकपा एमालेका अध्यक्ष  सुरेन्द्रमान प्रधान,माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा ,फरक सोचका यादव रायमाझी,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,पालुङ बहुउद्देश्यीय सहकारी का अध्यक्ष कृष्ण बहादुर बिष्ट,माओवादी जिल्ला सदस्य अरुण रायमाझी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि ,दलित जनप्रतिनिधि,लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रम लाई केशव सुनारले संचालन गरेका थिए भने असोक खातीले स्वागत गरेका थिए ।

१९ वर्षअघि तत्कालीन संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक वर्ष जेठ २१ गते यो दिवस मनाउने गरिएको छ ।
२०६३ जेठ २१ गते तत्कालीन संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । नेपालमा विसं २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ।
नेपालको संविधानको प्रस्तावनामाः वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्किक, विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागीतामूलक सिद्धान्तका आधारमा समानतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । संविधानको धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ ।
संविधानको धारा ४० मा दलितको हकलाई व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । सार्वजनिक सेवालगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागीताका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ, दलित विद्यार्थीलाई प्राथमिक देखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्तिसहित निशुल्क शिक्षाको व्यवस्था गरिनेछ उल्लेख छ ।

FB_IMG_1749047308595-1749047613.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...