pani-1786865868.jpg
Monday, 24 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम पालुङ जेसीजको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरुलाई थाहा नगर प्रहरी कार्यालयकी प्रमुख प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले साइबर सुरक्षा सम्बन्धी व्यवहारिक शिक्षा प्रदान गर्नुका साथै हालैका समसामयिक घटनाक्रमबारे जानकारी गराएकी थिइन्।
कार्यक्रममा बज्राचार्यले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, व्यक्तिगत जानकारीको सुरक्षा, अनलाइन ठगी, साइबर धम्की जस्ता अपराधबाट जोगिन अपनाउनुपर्ने सावधानीका उपाय र कानुनी उपचार प्रक्रियाबारे विस्तृत जानकारी दिएकी थिइन्।
साथै, उनले विद्यार्थीहरूलाई डिजिटल माध्यम प्रयोग गर्दा सचेत रहनु र कुनै पनि प्रकारको अनलाइन दुव्र्यवहार वा साइबर अपराधको शिकार भए तुरुन्तै प्रहरीमा उजुरी गर्न आग्रह गरेकी थिइन्।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा पालुङ जेसीजका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

FB_IMG_1762411842829-1762414073.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...