Friday, 03 May, 2024
थाहा नगर

जनकल्याणको वार्षिकोत्सवको अवसरमा टोल टोलमा सरसफाइ
समापन गर्न सामाजिक विकास मन्त्री कुमारी मोक्तान आउदै

1707019655443-1707020826.jpg

थाहा नगरपालिकामा अवस्थित जिल्लाकै  पुरानो माध्यमिक विद्यालय जनकल्याण माबिले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा विद्यालय वरपर रहेको टोल तथा बजार सरसफाइ गरेको छ।
थाहा नगरपालिकाको नगर प्रहरी संगको सहकार्यमा कक्षा ११ र १२ मा अध्यनरत,विद्यार्थी ,शिक्षक,नगर प्रहरी सहितको टोलिले थाहा २ को फाँटबजार,पालुङ शहर,डाँडागाउँ तथा गोपालीगाउँ क्षेत्रमा सरसफाइ गरिएको शिक्षक प्रदिप केसीले जानकारी दिए।
सरसफाइ गर्दा निक्लने फोहोर संकलनको निम्ति थाहा नगरपालिकाले टिपर र ट्याक्टर उपलब्ध गराएको थियो।
विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा ३ दिन देखि बिबिध कार्यक्रम गर्दै आइरहेको छ जसमध्य पहिलो दिन थाहा नगर स्तरीय अन्तर प्रावी सामुहिक नृत्य प्रतियोगिता सहित उद्घाटन गरि विविध कार्यक्रम गरेको थियो भने दोस्रो दिन पुर्व विद्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
वार्षिकोत्सवको आज अन्तिम दिन पुरस्कार वितरण तथा विद्यालयको विकासको निम्ति योगदान गर्ने हरुलाइ सम्मान सहित समापन हुँदै छ।
आज अन्तिम दिनको कार्यक्रम समापन गर्नको निम्ति बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले जानकारी दिए।

1707020076078-1707020826.jpg

world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...