janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

थाहा नगर

जंगलको बिचमा चेक पोस्ट राखेर पैसा उठाउनु गलत हो:- वडा अध्यक्ष बलामी

1742308004679-1742308047.jpg

मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ९ र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सिमानामा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग चन्द्रागिरि हिल्सले कर असुली गर्दै आएको छ ।

राष्ट्रिय वनभित्र रहेको पैदलमार्गमा चन्द्रागिरि हिल्सले यात्रीसँग प्रतिव्यक्ति एक सय रुपियाँका दरले रकम असुली गर्दै आएको हो । मकवानपुर, चित्लाङको वनक्षेत्रमा पर्ने धार्मिक र ऐतिहासिक मन्दिरमा पुग्ने पैदलयात्रीसँग प्रवेश पास बापत रकम असुली गरिँदै आएको हो । यहाँको पैदलमार्ग हुँदै आवतजावत गर्ने यात्रीले गरेको फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि भन्दै राष्ट्रिय वनको बिचमा चेक पोस्ट राखेर पैसा असुली गर्ने गरिएको हो ।

स्थानीय सरकारको कर संकलनको अधिकार क्षेत्र भित्र पर्ने, फोहोर व्यवस्थापन, वातावरण शुल्क तथा प्रदेश र स्थानीय तहको साझा अधिकार क्षेत्रमा पर्ने पदयात्रा गरेको समेत चन्द्रागिरि हिल्सले कर संकलन गरिरहेको पाइएको छ ।

मकवानपुरको थाहा नगरपालिका–९ का वडाध्यक्ष राजकुमार बलामीले चन्द्रागिरि हिल्सले वनभित्र रोकेर पैदलयात्रीसँग पैसा असुल्ने कार्य गलत भएको बताए । यसअघि पनि पैसा असुलेको थाहा भएपछि रोकिएको थियो, अहिले फेरि पैसा असुल्नु गलत रहेको उनको भनाइ छ । “आस्था र धार्मिक विश्वासका साथ महादेवको मन्दिरमा जाने पैदलयात्रीसँग जंगलको बिचमा चेक पोस्ट राखेर पैसा उठाउनु गलत हो, यो रोकिनु पर्छ, म कार्यपालिका बैठकमा यो विषय उठाउँछु,” वडाध्यक्ष बलामीले भने ।

त्यस्तै चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं ४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद खड्गीले वनभित्र पैसा असुल्न नपाइने बताए । मन्दिर जाने ठाउँमा रोकेर पैसा असुल्नु गलत भएको उनले स्पष्ट पारे । थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दु धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गरेका छन् ।

चन्द्रागिरिबाट काठमाडौँ उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको ऐतिहासिक सन्दर्भ पनि छ । काठमाडौँ उपत्यकामा चढाइँ गर्नुअघि उनले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
पालुङ क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1745226209841-1745226295.jpg

पालुङ बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...