pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

चौथो थाहा महोत्सवको तयारी पुरा,उद्घाटन गर्न मुख्यमन्त्री जम्मकट्टेल आउने

mukhya-1701264415.jpg

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा मंसिर १४ देखि हुन लागेको तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्टल व्यवस्थापन, कृषि मेला प्रदर्शनी, पर्यटकीय जोनलगायतको तयारी पूरा भएको छ भने मञ्च र बाल मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले बताए । 

महोत्सव मूल आयोजक समितिअन्तर्गत बनाइएका विभिन्न विभागीय टोलीहरुले आआफ्नो काम अन्तिम चरणमा पु¥याएका छन्,  बुधवार बेलिकी सम्म सम्पूर्ण तयारी पुरा हुनेछ’ उनले भने । आयोजकले महोत्सवको उद्घाटन बिहिबार विहान ११बजे गर्नेगरी कार्यक्रम तय गरेको छ । १० दिनसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्न बागमती  प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेल  आउने भएका छन् । सो अवसरमा थाहा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले बताएको छ ।

महोत्सव उद्घाटनअघि ओखरबजारबाट विहान ९ बजे शोभायात्रा शुरु गरिने संघका महासचिब जर्म  श्रेष्ठले बताए । शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरुसहित महिला पन्चेबाजा,महिला खैजडी भजन ,तामांग ढ्यांग्रो नाच तथा स्थानीय स्काउटका साथै बिभिन्न बिद्यालयको सभागिता  समावेश गर्ने गरी तयारी गरिएको छ । महोत्सवमा अवलोकनकर्ताहरुलाई मनोरन्जन प्रदान गर्न आउने कलाकारहरु पक्का भैसकेको छ ।

राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवमा प्रत्यक्ष बाजामा लोकदोहोरी समेत हुनेछ । 

उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५० वटा स्टलहरु रहनेछन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...