pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

चौथों थाहा महोत्सवको तयारी तिव्र

FB_IMG_1700576513984-1700576526.jpg

थाहा नगरपालिकाको ईन्द्रायणी चौरमा संचालन हुन् लागेको चौथो थाहा महाेत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवमा राखिने स्टल र मनोरञ्जनात्मक सामाग्री निर्माणको काम अहिले धमाधम भैरहेको आयोजकले जनाएको छ ।

महोत्सवको विषयमा ५ मंसिरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको मूल आयोजक समितिको छलफल कार्यक्रममा यस्तो बताइएको हो ।

थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा  यही मंसिर १४  गतेदेखी २६ गतेसम्म १० दिन बृहत थाहा  कृषि,  पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन गर्न लागिएको हो ।
महोत्सवमा कृषि उपज,घरेलु हस्तकला,स्थानीय उत्पादन,कुलेखानीको माछा,नेवारी परिकार बिक्री तथा प्रदर्शनी ,सूचना प्रविधि सम्बन्धि जानकारी ,दैनिक उपभोग्य सामाग्रीको बिक्री लगायतका सामाग्री राखिने महोत्सव आयोजक मुल समिती संयोजक पुरुषोत्तम ढकालले बताए ।

महोत्सवमा रोटे पिङ, मवतका कुवा, बाल उद्दानका सामाग्री, आकर्षण टिकटक स्टेज, ड्राइगन रेल लगायत राखिने मुल आयोजक समितिका थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले   बताए । उनका अनुसार अहिले यी कामहरु भैरहेका छन् ।

त्यस्तै स्टलहरुका काम पनि धमाधम भैरहेको उनले बताए । अहिले धेरैजसो स्टलहरु बुकिङ भैरहेको र बुकिङ गर्न इच्छुकले छिटो सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहानगर उद्योग वाणिज्य संघका पदाअधिकारीहरुलगायत मूल आयोजक समितिका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।

महाेत्सवमा चर्चित राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुकाे सहभागीता रहने आयोजकले जनाएको छ ।

FB_IMG_1700575987377-1700576540.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...