pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

चित्लाङ थानकोट सडकको लागि रास्वपाका सांसदले संसदमा आवाज उठाउछ:-रबि लामिछाने

FB_IMG_1688216657467-1688216673.jpg

गणेशमान मार्ग चित्लाङ थानकोट सडकको स्तरिकरणको लागि यस क्षेत्रको सांसद महेश बर्तौलाले मात्र नपुग्ने हुँदा सो सडक निर्माणको लागि रास्वपाको सबै सांसदहरूले संसद भवनमा आवाज बुलन्द पार्ने सांसद तथा  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेले बताएका छन।
असार १६ गते पार्टिको प्रथम थाहा नगर बिस्तारित भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सोकुरा बताएका हुन।
उनले भने " चित्लाङको बाटोमा राजनितीको बाटो बनाउन खोज्दा सडकको निर्माणले पुर्णता पाउन नसकेको बताउदै संसदमा आफ्नो सांसदहरूलाई चित्लाङ सडकको बारेमा आवाज उठाउन लगाउछु" साथै सभापति लामिछानेले अवको पुस्ताले गर्ने राजनितीको बाटो आफै पहिल्याउनुपर्नेमा जोड दिदै हजुर बाले जुन पार्टिमा भोट हाले नातिले नि तेहि पार्टी रोज्दा देशले दुख पाएको बताउदै अघिल्लो पुस्ताले गरेको राजनितीले अहिलेको पुस्ता पछुताइरहेको बताउदै जुनसुकै दलमा आस्था राख्ने भएपनी आगामी निर्वाचनमा आफ्नो आस्था राख्ने दललाई सुधार्नको निम्ति भएपनी प्रतिपक्षमा पुर्याउन र रास्वपालाई दुई तिहाई मत दिन आग्रहगर्दै " दल परिवर्तन होइन देश बदल्न आएको भनेर सोच्न आग्रह गरे।
रास्वपाले भाइभारद्वार भर्ना गरेर टीका लगाएर टिकट नदिने भन्दै सभापति लामिछानेले  टिकट पाउन तल्लो कमिटी बाट  चुनेरै आउनुपर्ने भएकोले कार्यकर्ता लाई ढुक्क हुन आश्वासन दिदै ,जतिसुकै घेराबन्दी,गालिगलौच आएपनी यो देशको बागडोर सम्हाल्ने हुटहुटी आफुमा रहेको र व्यक्तिगत स्वार्थ भएका हरु ले यात्रालाई बिटुलो नपार्न आग्रह गर्दै आफू सुद्दियरमात्र रास्वपाको अभियानमा जोडिन आग्रह गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला सभापति भरत पराजुलीको अध्यक्षतामा सम्पन्न भेलामा रास्वपाका बागमती प्रदेश समिती सभापति डाक्टर अच्युत्तम लामिछाने लगाएत केन्द्रिय सदस्यहरु तथा मकवानपुरका नेताहरुको उपस्थिति रहेको थियो।

भेलामा थाहा भित्रका विभिन्न पार्टी परित्याग गरि २५० जना राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रवेश गरेको पार्टीका नवनियुक्त थाहानगर सल्लाहकार किरण गोपालीले जानकारी दिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...