janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

थाहा नगर

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन

FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने निर्णय गरेको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको थियो। तर, यस विषयमा अटेर गर्दै चन्द्रागिरी हिल्सले शुल्क जारी राख्ने सूचना प्रकाशन गरेको विरोधमा आज थाहा नगरपालिकाका, चन्द्रागिरी नगरपालिका, र इन्द्रसरोवर गाउँपालिका स्थानीयवासीहरू एकजुट भएका छन्।

यो विरोध प्रदर्शन कुनै राजनीतिक दलको प्रभावमा नभई, स्थानीय युवाहरूले स्वाभाविक र स्वतन्त्र रूपमा आफ्नो स्थानको मुद्दामा आवाज उठाउन जुटेका थिए। उनीहरूले चन्द्रागिरी हिल्सको शुल्कको विरोध गर्दै धार्मिक स्थलमा लगाएको शुल्क हटाउनुपर्ने दाबी गरेका छन्।

स्थानीयहरूले चन्द्रागिरी भालेश्वर मन्दिरमा पूजाआजा गर्न जान १०० रुपैयाँ शुल्क तिर्नुपर्ने कुरालाई लिएर घोर भत्सना गरेका छन्। यस विरोध प्रदर्शनमा थाहा नगरपालिका, चन्द्रागिरी नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

स्थानीयहरूले आज बिहान ११ बजे चन्द्रागिरी हिल्समा विरोध प्रदर्शन गर्दै, विभिन्न मागहरू राखेका छन्, जुन निम्नलिखित छन्:

  1. चन्द्रागिरी हिल्सले नेपाल सरकारसँग केही वर्षको लागि लिजमा लिएको जग्गा र वन क्षेत्र भोगचलन गरिरहेको विवरण सार्वजनिक गरी सीमाङ्कन गर्नुपर्ने।

  2. श्री भालेश्वर मन्दिर परिसर जाने पैदल यात्रुलाई चौबीसै घण्टा खुला राखी आवतजावतमा नियन्त्रण नगरियोस्।

  3. श्री भालेश्वर मन्दिर जाँदा प्रयोग हुने बाटोको अवैध रूपमा असुल गरिएको रकम सार्वजनिक गरी, उक्त रकम सरकारवालाको रहबरमा सोही बाटोको स्तर उन्नतिको लागि खर्च गरियोस्।

  4. चन्द्रागिरी भालेश्वर हुँदै चखेल इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ जाने बाटो सधैँ खुल्ला गरियोस्।

  5. चन्द्रगिरी हिल्सले थाहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका र चन्द्रागिरी नगरपालिकासँग गरेको सम्झौता अनुसार स्थानीयले रोजगारसहित सेवा सुविधा प्राप्त गरेका छन् वा छैनन्, त्यसको विवरण सार्वजनिक गरियोस्। नगरिएको भए, विगतका क्षतिपूर्ति हुने गरी चन्द्रागिरी हिल्सले कोटा बढाएर रोजगारी लगायत अन्य सेवा र सुविधा प्रदान गरियोस्।

  6. वास्तविक भालेश्वर मन्दिरलाई ऐतिहासिक स्वरूपमा नराखी व्यापारिक प्रयोजनको लागि आधुनिक तरिकाले निर्माण गरी ऐतिहासिक मन्दिरलाई छायाँमा पारिएको हुँदा, उक्त मन्दिरको पुरानो मौलिकता कायम हुने किसिमले निर्माण गरियोस्।

  7. 479040290 2972779632884794 659687597374193011 n 2

 

यस विरोध प्रदर्शनले चन्द्रागिरी हिल्सको व्यवस्थापन र स्थानिय समुदायको बीचको सम्बन्धमा सुधारको आवश्यकता देखाएको छ। स्थानिय नागरिकहरूले हकहितको संरक्षण गर्दै, भविष्यमा यस्तो प्रकारका विवाद र असमानताका मुद्दाहरूको समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने दाबी गरेका छन्।

यस विरोधमा थाहा नगरपालिका, चन्द्रागिरी नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। जनप्रतिनिधिहरूले पनि यो मुद्दालाई समाधान गर्न सबै पक्षसँग समन्वय गर्ने प्रतिवद्धता जनाएका छन्।

https://thahapati.com/public/images/users/406865089_360696248959133-1702431864.jpg
सिम्रन खड्का
simran@gmail.com

सिम्रन खड्का थाहापाटी अनलाईनकी रिपोर्टर हुन् । समाचार,सूचना र जानकारीका लागि सम्पर्क गर्न सक्नुहुने छ

FB_IMG_1742650555907-1742653335.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
पालुङ क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1745226209841-1745226295.jpg

पालुङ बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...