pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

पर्यटन

चन्द्रागिरि डाँडामा प्याराग्लाईडिङको व्यावसायिक उडान सुरु

FB_IMG_1743764420408-1743764443.jpg

चन्द्रागिरि एभिएशन नेपाल प्रा.लिले थाहा नगरपालिका वडा नं ९ तथा चन्द्रागिरि नगरपालिकाको सीमानामा पर्ने डाँडामा प्याराग्लाईडिङको व्यावसायिक उडान सुरु गरेको छ ।

संघीय साम्सद एवं नेपाल सरकारका प्रमुख सचेतक महेश बर्तौलाको प्रमुख आतिथ्यतामा चैत्र २२ गते शुक्रबार प्याराग्लाईडिङको औपचारिक उट्घाटन गरिएको हो ।

चन्द्रगिरि एभिएशन प्रा.लिका अध्यक्ष हरिहर लामिछानेको सभापतित्वमा भएको सो कार्यक्रममा गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख मणिराज लामिछाने, कोलम्बो प्लान स्टाफ कलेज मनिला फिलिपिन्सका पूर्व महानिर्देशक डा. रामहरि लामिछाने, थाहा नगरपालिका वडा नं ९ का अध्यक्ष राजकुमार बलामी, चित्लाङ्ग होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष रामशरण नेपाल, बाबू एड्भेन्चरका अध्यक्ष सानोबाबु सुनार लगायतको उपस्थिति रहेको थियो ।

साहसिक पर्यटन व्यवसायको रूपमा चिनिएको प्याराग्लाईडिङ उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बर्तौलाले ऐतिहासिक, साँस्कृतिक महत्वको थाहा नगरपालिकास्थित चित्लाङ्ग क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेकोे साथै, पछिल्लो समय मुलुकको राजधानी काठमाडौं लगायत स्थानबाट प्रत्येक हप्ता हजारौंको संख्यामा पर्यटकहरूको आगमन भइरहेको सन्दर्भ जोड्दै चन्द्रागिरि अभिएशन नेपाल प्रा.लिले सुरु गरेको प्याराग्लाईडिङ व्यवसायले समग्र थाहा नगरपालिकाको ग्रामीण पर्यटन प्रबर्द्धन तथा आर्थिक, सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

त्यस्तै, चन्द्रागिरि अभिएशन नेपाल प्रा.लिका अध्यक्ष हरिहर लामिछानेले हिमवत् खण्ड अन्तर्गतको चन्द्रागिरि क्षेत्रमा पर्ने डाँडालाई नै प्याराग्लाईडिङ व्यवसायका लागि आफुहरूले रोज्नुको पछाडि ऐतिहासिक, प्राकृतिक तथा अन्य बहुआयामिक कारण रहेको साथै संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने महत्वपूर्ण नाकाको रूपमा रहेको चन्द्रागिरी भज्याङ्ग क्षेत्र र चित्लाङ्गलाई साहसिक पर्यटनको माध्यमबाट नयाँ गन्तव्यको रूपमा विकास गर्न प्याराग्लाईडिङलाई रोजेको बताए ।

चन्द्रागिरि अभिएशन नेपाल प्रा.लिले जुन स्थानबाट प्याराग्लाईडिङ उडान सुरु गरेको छ, यसअघि सोही स्थानबाट बाबू एडभेन्चरले पनि प्याराग्लाईडिङ उदाउँदै आएको थियो ।

चन्द्रागिरि अभिएशन नेपाल प्रा.लिको संचालकहरूमा अध्यक्ष हरिहर लामिछानेका साथै रोहित सापकोटा, हरि थापा, सुदिप सापकोटा रहेको बताइएको छ ।

FB_IMG_1743764425059-1743764443.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...