pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

चन्द्रागिरि डाँडामा प्याराग्लाईडिङको व्यावसायिक उडान सुरु

FB_IMG_1743764420408-1743764443.jpg

चन्द्रागिरि एभिएशन नेपाल प्रा.लिले थाहा नगरपालिका वडा नं ९ तथा चन्द्रागिरि नगरपालिकाको सीमानामा पर्ने डाँडामा प्याराग्लाईडिङको व्यावसायिक उडान सुरु गरेको छ ।

संघीय साम्सद एवं नेपाल सरकारका प्रमुख सचेतक महेश बर्तौलाको प्रमुख आतिथ्यतामा चैत्र २२ गते शुक्रबार प्याराग्लाईडिङको औपचारिक उट्घाटन गरिएको हो ।

चन्द्रगिरि एभिएशन प्रा.लिका अध्यक्ष हरिहर लामिछानेको सभापतित्वमा भएको सो कार्यक्रममा गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख मणिराज लामिछाने, कोलम्बो प्लान स्टाफ कलेज मनिला फिलिपिन्सका पूर्व महानिर्देशक डा. रामहरि लामिछाने, थाहा नगरपालिका वडा नं ९ का अध्यक्ष राजकुमार बलामी, चित्लाङ्ग होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष रामशरण नेपाल, बाबू एड्भेन्चरका अध्यक्ष सानोबाबु सुनार लगायतको उपस्थिति रहेको थियो ।

साहसिक पर्यटन व्यवसायको रूपमा चिनिएको प्याराग्लाईडिङ उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बर्तौलाले ऐतिहासिक, साँस्कृतिक महत्वको थाहा नगरपालिकास्थित चित्लाङ्ग क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेकोे साथै, पछिल्लो समय मुलुकको राजधानी काठमाडौं लगायत स्थानबाट प्रत्येक हप्ता हजारौंको संख्यामा पर्यटकहरूको आगमन भइरहेको सन्दर्भ जोड्दै चन्द्रागिरि अभिएशन नेपाल प्रा.लिले सुरु गरेको प्याराग्लाईडिङ व्यवसायले समग्र थाहा नगरपालिकाको ग्रामीण पर्यटन प्रबर्द्धन तथा आर्थिक, सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

त्यस्तै, चन्द्रागिरि अभिएशन नेपाल प्रा.लिका अध्यक्ष हरिहर लामिछानेले हिमवत् खण्ड अन्तर्गतको चन्द्रागिरि क्षेत्रमा पर्ने डाँडालाई नै प्याराग्लाईडिङ व्यवसायका लागि आफुहरूले रोज्नुको पछाडि ऐतिहासिक, प्राकृतिक तथा अन्य बहुआयामिक कारण रहेको साथै संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने महत्वपूर्ण नाकाको रूपमा रहेको चन्द्रागिरी भज्याङ्ग क्षेत्र र चित्लाङ्गलाई साहसिक पर्यटनको माध्यमबाट नयाँ गन्तव्यको रूपमा विकास गर्न प्याराग्लाईडिङलाई रोजेको बताए ।

चन्द्रागिरि अभिएशन नेपाल प्रा.लिले जुन स्थानबाट प्याराग्लाईडिङ उडान सुरु गरेको छ, यसअघि सोही स्थानबाट बाबू एडभेन्चरले पनि प्याराग्लाईडिङ उदाउँदै आएको थियो ।

चन्द्रागिरि अभिएशन नेपाल प्रा.लिको संचालकहरूमा अध्यक्ष हरिहर लामिछानेका साथै रोहित सापकोटा, हरि थापा, सुदिप सापकोटा रहेको बताइएको छ ।

FB_IMG_1743764425059-1743764443.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...