pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

घैटो फुटाई संगै हर्षोउल्लासका साथ सक्कियो यस बर्षको श्रीकृष्णाष्टमी जात्रा

FB_IMG_1724808095141-1724808121.jpg

मकवानपुर थाहा नगरपालिकाको शिखरकोटको कृष्णजात्राको अवसरमा आयोजित खुल्ला घैटो फुटाई प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको आग्रा स्पोर्टस टिमले हात पारेको छ । ११ भाद्र दिउँसो आयोजित प्रतियोगितामा आग्रा स्पोर्टसले प्रथम भएसंगै नगद २० हजार पुरस्कार पाएको छ ।

प्रतियोगितामा द्वितीय भएको सुनाखरी युवा क्लव थाहा ५  समूहले नगद १३ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ भने तृतीय भएको कैलाशको टिमले नगद ७ हजार रुपैयाँ पुरस्कार पाएको छ ।
प्रतियोगिताका बिजेता टिमलाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रथम पुरस्कारका प्रायोजक साझा रोडा ढुंगा उद्योगका प्रोपाइटर रामराजा केसीले पुरस्कार प्रदान गरेका थिए।
 थाहा नगरपालिकासहित विभिन्न ८ वटा संस्थाको आयोजनामा भएको प्रतियोगिता प्रत्येक वर्ष कृष्णाष्टमीको भेलिपल्ट हुने गर्दछ ।

कार्यक्रम व्यवस्थापन गर्नका लागि आयोजकले दर्जनौ स्वयंसेवकहरु परिचालन गरिएको थियो । प्रतियोगिताहरुको लागि पहिलो पुरस्कार युवा उद्यमी रामराजा केसी, द्वितीय पुरस्कार निकेशराज ढकाल र तृतीय पुरस्कार मुकेश मिश्रले प्रायोजन गरेका थिए । पुरस्कार प्रायोजन गर्ने सबैलाई आयोजकले कदरपत्रसहित सम्मान गरेको छ ।

प्रतियोगिता अघि शिखरकोटको चुनीथानमा वृहत साँस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले आभार व्यक्त गरेका छन् । पर्वलाई व्यवस्थित गर्नका लागि आयोजना, सहकार्य, प्रायोजन गर्ने सबैलाई धन्यवाद दिदै यस किसिमको  सहकार्यका लागि निरन्तरता दिन आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले अनुरोध गरेका छन् ।

मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका थिए । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना थियो भने मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन रहेका थिए । मेला विगतका वर्षमाभन्दा यो वर्ष विशेष चहलपहलमा साथ सम्पन्न भएको छ ।

FB_IMG_1724808057940-1724808121.jpg
FB_IMG_1724808167696-1724808205.jpg
FB_IMG_1724808174692-1724808205.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...