janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

थाहा नगर

घैटो फुटाई संगै हर्षोउल्लासका साथ सक्कियो यस बर्षको श्रीकृष्णाष्टमी जात्रा

FB_IMG_1724808095141-1724808121.jpg

मकवानपुर थाहा नगरपालिकाको शिखरकोटको कृष्णजात्राको अवसरमा आयोजित खुल्ला घैटो फुटाई प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको आग्रा स्पोर्टस टिमले हात पारेको छ । ११ भाद्र दिउँसो आयोजित प्रतियोगितामा आग्रा स्पोर्टसले प्रथम भएसंगै नगद २० हजार पुरस्कार पाएको छ ।

प्रतियोगितामा द्वितीय भएको सुनाखरी युवा क्लव थाहा ५  समूहले नगद १३ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ भने तृतीय भएको कैलाशको टिमले नगद ७ हजार रुपैयाँ पुरस्कार पाएको छ ।
प्रतियोगिताका बिजेता टिमलाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रथम पुरस्कारका प्रायोजक साझा रोडा ढुंगा उद्योगका प्रोपाइटर रामराजा केसीले पुरस्कार प्रदान गरेका थिए।
 थाहा नगरपालिकासहित विभिन्न ८ वटा संस्थाको आयोजनामा भएको प्रतियोगिता प्रत्येक वर्ष कृष्णाष्टमीको भेलिपल्ट हुने गर्दछ ।

कार्यक्रम व्यवस्थापन गर्नका लागि आयोजकले दर्जनौ स्वयंसेवकहरु परिचालन गरिएको थियो । प्रतियोगिताहरुको लागि पहिलो पुरस्कार युवा उद्यमी रामराजा केसी, द्वितीय पुरस्कार निकेशराज ढकाल र तृतीय पुरस्कार मुकेश मिश्रले प्रायोजन गरेका थिए । पुरस्कार प्रायोजन गर्ने सबैलाई आयोजकले कदरपत्रसहित सम्मान गरेको छ ।

प्रतियोगिता अघि शिखरकोटको चुनीथानमा वृहत साँस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले आभार व्यक्त गरेका छन् । पर्वलाई व्यवस्थित गर्नका लागि आयोजना, सहकार्य, प्रायोजन गर्ने सबैलाई धन्यवाद दिदै यस किसिमको  सहकार्यका लागि निरन्तरता दिन आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले अनुरोध गरेका छन् ।

मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका थिए । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना थियो भने मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन रहेका थिए । मेला विगतका वर्षमाभन्दा यो वर्ष विशेष चहलपहलमा साथ सम्पन्न भएको छ ।

FB_IMG_1724808057940-1724808121.jpg
FB_IMG_1724808167696-1724808205.jpg
FB_IMG_1724808174692-1724808205.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...