pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

घर घरै धारामा पानी झर्दा थाहाको दामगाडेमा खुसियाली

FB_IMG_1744198204145-1744278925.jpg

थाहा नगरपालिकाको वडा न ८ को दामगाडेका बासिन्दाले वर्षायाममा परेको छानाको पानी घैंटोमा भरी तिर्खा मेट्नुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् । 
वर्षायाममा भरेर राखेको घैंटोको पानी सकिएपछि दुई घन्टा हिँडेर गैरीगाउँको कुवाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताबाट  उनिहरुले बुधबारदेखि मुक्ति पाएका हुन । गैरीगाउँ खोलाको पानी लिफिटिङ गरेर दामगाडेको ट्यांकीमा पानी ल्याइएको छ । त्यही पानी बुधबार थाहा नगरपालिका मेयर विष्णु विष्टले एक समारोहबीच खोलेर दामगाडे र गैरीगाउँका घर/घरको धारामा पानी झारेका थिए । घरको आँगनमा जडान गरिएको धाराबाट पानी झर्दा स्थानीय हरुको खुशीको सिमा नै रहेन।
‘गाउँमा पानीको दुःखले कति घर बसाईँ पनि सरे, आफू गाउँको मायाले बसाईँ सर्न सकिएन,’ गैरीगाउँकी ७१ वर्षीया सुकुमाया भोम्जनले भनिन्, ‘अब पानीका लागि दुःख गर्न परेन, हामी अत्यन्त खुशी भएका छौं, यहाँ पानीकै दुःख थियो ।’
थाहा नगरपालिका–८ दामगाडे र गैरी गाउँमा पिउने पानी उपलब्ध गराउनका लागि २०७८ सालदेखि दामगाडे खानीपानी आयोजना सुरु गरिएको थियो । योजना अनुसार रकम उपलब्ध नभएकाले साढे तीन वर्षपछि खानेपानी योजना सम्पन्न भएको वडाध्यक्ष हेमकुमार थिङले बताए उनले भने "दामगाडेको केटालाई केटी पाउन सारै मुस्किल हुन्थ्यो किनकी छोरीले पानीको कारणले सारै दुख पाउँछिन् भनेर दामगाडेको केटा भनेपछि बाबुआमाले छोरी दिन मान्दैनथिए" 
गैरीगाउँको खोलाबाट तीन स्थानमा लिफटिङ गरेर ल्याएको पानी बुधबारसम्म एक सय ५१ वटा धारामा पानी वितरण गरिएको छ । उक्त खानेपानी आयोजना निर्माण गर्नका लागि रोटरी क्लब काठमाडौंले ५१ लाख १६ हजार, च्वाइस नेपालले २० लाख ८८ हजार, बागमती सरकार खानेपानी मन्त्रालयले ६५ लाख, थाहा नगरपालिकाले १५ लाख र स्थानीयवासीले १९ लाख ७० हजार मूल्य बराबरको श्रमदान गरेका हुन् । उक्त खानेपानी आयोजना सम्पन्न गर्न १ करोड ७५ लाख ५३ हजार रुपैयाँ खर्च भएको थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले बताए।
थाहा नगरपालिकाको दुर्गम क्षेत्र दामगाडे र गैरी गाउँमा सम्पन्न गरिएको उक्त खानेपानी आयोजनाको उद्घाटन समारोहमा च्वाइस नेपालका निर्देशक प्रतीक शर्मा, उपमेयर भरत गोपाली,थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,रोटरी क्लव काठमाडौका प्रेसिडेन्ट देवराज अधिकारी लगायत उपस्थित थिए। पानीको अभावले गर्दा उक्त क्षेत्रका बासिन्दाहरु तरकारी खेती गर्नबाट पनि बञ्चित थिए । वर्षायाममा छानाबाट झरेको पानी ५ हजार लिटरको सिमेन्टीको घैंटोमा भरेर पानीको जोहो गर्दै आएका थिए भने त्यो पानी सकिएपछि दुई घन्टा हिँडेर गैरीगाउँको कुवाबाट पानी ल्याउने गरेका थिए ।
खानेपानी आयोजना सुचारू भएपछि कैलाश गाउँपालिका वडा न ५ तित्रेबासको १० घरधुरी र दामगाडे क्षेत्रको १ सय ४० घरधुरी लाभान्वित भएका छन।

 

FB_IMG_1744198201943-1744278925.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...