pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

ग्यास आगलागी बाट बच्ने उपाय सिकाउदै स्थानीय स्काउट थाहा,

FB_IMG_1699022979254-1699022991.jpg

एलपी ग्यासबाट हुने आगलागीबाट बच्न स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाले नगरको ६ वटा मुख्य बजारहरुमा सचेतनामूलक प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।
थाहा नगरपालिकाको सहयोगमा नगरको ६ भेगका मुख्य बजारहरु डाँडाबास, शिखरकोट, ओखरबजार, बज्रवाराही, चित्लाङ र नौखण्डेमा एलपी ग्यासबाट हुने आगलागीबाट बच्ने उपायहरुबारे अभ्यासकार्यसहित सचेतना कार्यक्रमको आयोजना गर्न लागिएको स्थानीय स्काउट संयोजक गणेशमान श्रेष्ठले जानकारी दिए ।

१७  असोजमा स्काउट कार्यालयले कार्यक्रमको मिति, स्थान र समयको विवरण सार्वजनिक गरेको छ जस अन्तर्गत २० कात्तिकमा डाँडाबास(विहान ७.३०), शिखरकोट(मध्यान्ह १२ः००) र ओखरबजार(दिउँसो ४ः००) मा कार्यक्रम हुनेछ भने २१ कात्तिकमा चित्लाङ(विहान ७.३०), बज्रवाराही(मध्यान्ह १२ः००) र नौखण्डे (दिउँसो ४ः००) बजे कार्यक्रम गर्ने तालिका निर्माण गरिएको छ । 

यदि ग्यास पड्केर आगलागी भइहालेमा के गर्ने भन्ने सामान्य जानकारी पनि उपभोक्ताहरुमा नदेखिँदा समस्या जोखिम रहेको भन्दै स्थानीय स्काउट कार्यालयले यस्तो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा एलपी ग्यास किन्ने बेलामै ध्यान दिनुपर्ने कुराहरु, ग्यास जोड्दा ध्यान दिनुपर्ने कुराहरु, ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिने र ग्यासबाट आगलागी भइहालेमा के गर्ने भनेर प्रयोगात्मक अभ्यास गराउने कार्यक्रम रहेको स्काउट कार्यालयले जनाएको छ ।

२०७८ सालको जनगणना अनुसार थाहा नगरपालिकामा ३६.७ प्रतिशत परिवारले ग्यास चुल्होको प्रयोग गर्दछन् । नेपाल प्रहरीका अनुसार ग्यास सिलिन्डर लिक भएर भएका आगलागीबाट पछिल्लो तीन वर्षमा मात्रै काठमाडौं उपत्यकामा नौ जनाको ज्यान गएको छ भने मुलुकभर ४२ जना घाइते भएका छन् ।  नेपालमा ग्यास सिलिन्डर लिक भएर भएका आगलागीबाट गत वर्षमात्र एक जनाको ज्यान गएको थियो भने सांसद चन्द्र भण्डारीसहित १६ जना घाइते भएका थिए । 

नेपालमा ग्यास व्यवसायको झन्डै ६० वटा कम्पनीमार्फत एक करोड ५० लाखवटा सिलिन्डरहरू बजारमा पठाएको तथ्याङ्क छ । त्यसमध्ये एक करोड १६ लाख ८४ हजार आठ सय १० सिलिन्डरको तथ्यांक यकिन गरिएको छ । मूलतः प्रत्येक महिना मुलुकभर करिब ३२ लाख ४० हजार सिलिन्डर खपत हुन्छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...