pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

ग्यास आगलागीबाट बच्न थाहानगरमा सचतेनामूलक कार्यक्रम

FB_IMG_1699281648265-1699281772.jpg

भान्सामा प्रयोग हुने ग्यास आगलागीबाट बच्न स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाले २० कात्तिकमा नगरको ३ वटा मुख्य बजारहरुमा सचेतनामूलक प्रदर्शनी कार्यक्रम गरेको छ ।  
थाहा नगरपालिकाको सहयोगमा नगरको डाँडाबास, शिखरकोट र ओखरबजारमा भान्सामा प्रयोग हुने ग्यासबाट हुने आगलागीबाट बच्ने उपायहरुबारे अभ्यास कार्यसहित सचेतना कार्यक्रम गरिएको हो । 
स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिताबीच डाँडाबासमा विहान, शिखरकोटमा मध्यान्ह र ओखरबजारमा अपरान्ह कार्यक्रम सञ्चालन गरिएको स्थानीय स्काउट समितिका संयोजक गणेशमान श्रेष्ठले जानकारी दिए । डाँडाबासमा ७५ जना, शिखरकोटमा ९९ जना र ओखरबजारमा ९२ जना गरी कुल २६६ जना सहभागी भएको उनले बताए । 
खुल्ला रुपमा गरिएको कार्यक्रममा प्रदेश स्काउट सदस्य अशोक सारु मगर र रोभर लिडर अनिल आचार्यले एलपी ग्यास किन्ने बेलामै ध्यान दिनुपर्ने कुराहरु, ग्यास जोड्दा ध्यान दिनुपर्ने कुराहरु, ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिँदै ग्यासबाट आगलागी भइहालेमा के गर्ने भनेर प्रयोगात्मक अभ्यास गराएका थिए । प्रयोगात्मक अभ्यासको क्रममा फायर एक्सटिङ्गुसर(आगो निभाउने यन्त्र)को समेत प्रयोग गरी दनदनी बलेको आगो निभाइएको थियो । अभ्यासमा स्थानीय समुदायका गृहिणीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
शिखरकोटको कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख एवम् प्रमुख स्काउट भरत गोपाली सहभागी भएका थिए । डाँडाबासमा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवराज थिङ सहभागी थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख श्याम थापा मगरसहित प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो । सो अवसरमा स्काउटरहरु तथा स्काउट ट्रुपहरुको समेत सहभागिता रहेको स्थानीय स्काउट समिति सदस्य राम महर्जनले जानकारी दिए । 
ग्यास पड्केर आगलागी भइहालेमा के गर्ने भन्ने सामान्य जानकारी पनि नहुँदा समस्या निम्तिन सक्ने भन्दै जोखिम न्यूनीकरणमा कार्यक्रम निकै सहयोगी रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । ‘ग्यास आगलागी भइहालेमा कुचो, बाल्टिन, कम्बल जस्ता घरमै रहेका सामानहरुको प्रयोग गरेर कसरी नियन्त्रण गर्ने  भन्ने जानकारी पायौँ, कार्यक्रम एकदमै व्यवहारिक छ,’ ओखरबजारको कार्यक्रममा सहभागी अनरङ प्रधानले भने ।
२०७८ सालको जनगणना अनुसार थाहा नगरपालिकामा ३६.७ प्रतिशत परिवारले ग्यास चुल्होको प्रयोग गर्दछन् । नेपाल प्रहरीका अनुसार ग्यास सिलिन्डर लिक भएर भएका आगलागीबाट पछिल्लो तीन वर्षमा मात्रै काठमाडौं उपत्यकामा नौ जनाको ज्यान गएको छ भने मुलुकभर ४२ जना घाइते भएका छन् ।  नेपालमा ग्यास सिलिन्डर लिक भएर भएका आगलागीबाट गत वर्षमात्र एक जनाको ज्यान गएको थियो भने सांसद चन्द्र भण्डारीसहित १६ जना घाइते भएका थिए । 

नेपालमा ग्यास व्यवसायको झन्डै ६० वटा कम्पनीमार्फत एक करोड ५० लाखवटा सिलिन्डरहरू बजारमा पठाएको तथ्याङ्क छ । त्यसमध्ये एक करोड १६ लाख ८४ हजार आठ सय १० सिलिन्डरको तथ्यांक यकिन गरिएको छ । मूलतः प्रत्येक महिना मुलुकभर करिब ३२ लाख ४० हजार सिलिन्डर खपत हुन्छ ।

FB_IMG_1699281635722-1699281775.jpg
FB_IMG_1699281644031-1699281814.jpg
FB_IMG_1699281635722-1699281814.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...