edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

थाहा नगर

गैरीगाउँ लाई गढीगाउँको रुपमा चिनाउदै पालुङ जेसिज

FB_IMG_1684842444089-1684842474.jpg

थाहा नगरपालिका वडा न २ गैरीगाउँ माथिको आकासे  देवि डाडामा रहेको इतिहास र पुरातात्त्विक महत्व बोकेको गढी संरक्षणमा पालुङ जेसिजले चासो देखाएको छ।

परापूर्व कालमा पालुङ राज्यको दरबार संरक्षणका लागि उक्त डाँडामा गढी रहेको र नेपाल एकीकरणका क्रममा पृथ्बीनारायण शाहले पालुङ राज्यमाथि आक्रमण गरी उक्त पालुङ गढी र पालुङ दरवारलाई ध्वस्त बनाएको किम्बदन्ती रहेको छ ।
हाम्रो सम्पदा परिदृष्य र पुरातन संस्कृतिको प्रवर्द्धन भन्ने नाराका साथ थाहा नगरपालिका वडा न २ को आकाश देवि डाडामा रहेको गढी लाई संरक्षण तथा प्रवर्द्धन गर्न गढिमै जेठ ९ गते बिहान नगर उपप्रमुख र वडा जनप्रतिनिधि सहित स्थानीय संग अन्तर संबाद तथा स्थान परिचय कार्यक्रम गरेको हो।
थाहा नगर भित्र रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थानको पहिचान गरि तेसको संरक्षण गर्दै थाहा नगरको पर्यटन उद्योग लाई उकास्न सहयोग गर्ने र युवाहरू लाई आफ्नो स्थानमा अवस्थित लुकेर रहेका ऐतिहासिक स्थानको बारेमा जानकारी समेत दिन सकियोस भनेर कार्यक्रमको आयोजना गरिएको पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए।
कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपालीले प्राचीन र पुरातात्विक महत्वका सम्पदाहरु दिनप्रतिदिन लोप हुँदै गएकोमा संरक्षणमा ध्यान दिन सबैसंग आग्रह गर्नुभएको थियो ।
थाहा नगरको ऐतिहासिक धरोहरलाई संरक्षण गर्नु स्थानीय तहको पहिलो दायित्व रहेको बताउनुभयो । थाहा लाई चिनाउन यहाँको पुरातात्विक सम्पदाहरुको संरक्षण जरुरी रहेको उहाँले बताउदै संरक्षणमा पालुङ जेसिजले देखाएको चासोप्रती आभार व्यक्त गरे।
कार्यक्रममा वडा अध्यक्ष बम बहादुर सिन्तान,वडा सदस्य युवराज बिष्ट,स्थानीय अगुवा गोविन्द कार्की ,पालुङ जेसिजका पुर्व अध्यक्ष सानोभाइ कार्कीले सम्पदा संरक्षणमा थाहा नगरको नेतृत्व हरु र स्थानीय दुवैले चासो लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा पालुङ जेसिजका पुर्व अध्यक्षहरु,२०२३ का कार्यसमिति पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो।

 

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...