pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

गणतन्त्र दिवसको अवसरमा दामन सिमभन्ज्याङ क्षेत्रमा सरसफाइ तथा फलफूलको बिरुवा रोपियो।

daman4-1685267355.jpg

गणतन्त्रको अर्थ अनुसार गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधि हरूले शासन गर्ने गर्दछन् । 

नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुनका लागि राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाटमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । 
समयको परिवर्तन हेरौँ, आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्र प्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । 
नेपालमा विभिन्न ७ वटा प्रदेशहरू अनि प्रादेशिक शासन स्वरूपमा गणतन्त्रको नयाँ खाका कोरिई पनि सकिएको छ ।, सङ्घीय स्वरूपमा विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । 
जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ ।
 १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । 


ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको जेष्ठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँदछ । जेष्ठ १५ गतेको यसै ऐतिहासिक दिनको सम्मान स्वरूप सरकारले सार्वजनिक बिदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्दछन् । 

भोलिदेखि तीन दिनसम्म मनाउन गैरहेको १६ औं गणतन्त्र दिवसको अवसरमा दामनको शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्रको मुख्य आयोजनामा स्थानीय टोल बिकास संस्था,दामन तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समिति ,र एभरेष्ट युवा बिकास क्लब सहितको  संयुक्त सहकार्यमा प्रदेश सरकारले दिएको निर्देशनलाई पालना गर्दै स्थानीय पर्यटन आकर्षणका स्थलहरु र मठ,मन्दिर ,गुम्बा जस्ता धार्मिक क्षेत्रहरूको सरसफाइ सम्पन्न भएको छ। दामन बागवानी फार्मको निमित्त प्रमुख समीर ज्ञानि मगरले गणतन्त्र दिवस र प्रदेश सरकारले दिएको  निर्देशन अनि कार्यक्रमको बारेमा प्रष्ट पार्दै भोलि सार्वजनिक बिदा हुने भएको र दामन-सिमभन्ज्याङ जस्तो पर्यटकिय क्षेत्रमा बिदाको समयमा आन्तरिक पर्यटकहरु भ्रमण गर्न आउने भएकोले आजै पर्यटकिय क्षेत्रहरूको सरसफाइ गरिएको बताउनुभयो। 


आज दामन र सिमभन्ज्याङ्मा एकैसाथ सुरु भएको कार्यक्रममा बागवानी फार्मबाट उपलब्ध भएको ५० बोट उन्नत जातको जापानीज जातका नासपातिका बिरुवाहरु क्रमशः फलामे भरेङ र सेल्फी डाँडामा रोपिदै फलामे भरेङ्मा राष्ट्रिय झन्डा ठड्याइएको छ भने सिमभन्ज्याङमा पनि बजार परिसर सफाइ गरिदै घर धुरी अनुसार नासपातिको बिरुवा बितरण गरिएको छ। साथै त्यहाँको बस प्रतिक्षालयमा बागवानी फार्मबाट प्राप्त राष्ट्रिय झण्डा फहराईएको छ। बागवानी फार्मबाट खताईएका कर्मचारीहरुलाई अन्तमा एभरेष्ट क्लबले जलपानको व्यवस्था गरेको थियो भने दामन शहरी स्वास्थ्य केन्द्रले स्वास्थ्य सामाग्री सहयोग  गरेको थियो।

 

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...